Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • एसियाकै ठूलो त्रिशूली रहेको पाल्पा भैरवको मन्दिरमा दर्शनार्थी बढे : भाकल पूरा हुने जनविश्वास 
एसियाकै ठूलो त्रिशूली रहेको पाल्पा भैरवको मन्दिरमा दर्शनार्थी बढे : भाकल पूरा हुने जनविश्वास 
नेपालकागज
नेपालकागज बिहीबार, असोज २८, २०७८

फाइल तस्वीर : पाल्पा भैरवबाबाको मन्दिर 

काठमाडौँ । पाल्पाका भैरवबाबाको दर्शन गर्न नेपालका मात्र नभई भारतका दर्शनार्थी पनि आउने गर्छन् । आफूले गरेका भाकल पूरा हुने जनविश्वास रहेकाले एसियाकै ठूलो त्रिशूली रहेको यस मन्दिरमा धेरै दर्शनार्थी आउने गर्दछन् ।

कोरोनाले सुनसानजस्तै बनेको पाल्पाको प्रसिद्ध भैरवस्थान मन्दिरमा नवरात्र सुरु भएपछि दर्शन गर्नेको चहलपहल देखिन्छ । यहाँ विशेष गरी नवरात्रको सप्तमीदेखि मन्दिरमा दर्शनार्थीको उपस्थिति बाक्लिँदैछ ।

महाअस्टमीको दिनमात्रै झण्डै एक हजार ५०० दर्शनार्थीको उपस्थिति रहेको मन्दिर व्यवस्थापन समितिका सचिव नवराज ज्ञवाली बताउनुहुन्छ । उहाँका अनुसार अघिल्ला वर्षको तथ्याङ्क त यो उपस्थिति पनि कम हो, तर पछिल्लो समयमा यहाँ कोरोना महामारीका कारण नआएका दर्शनार्थी आउन थालेका हुन् ।

“नवरात्रका समयमा मन्दिर परिसरमा दर्शनार्थीको ठूलै घुइँचो लाग्थ्यो, कोरोनाको असरले गतवर्ष र यो वर्ष भने बिगतको अवस्थालाई हेर्दा दर्शनार्थीको उपस्थिती न्युन भएपनि अहिले पुनः मन्दिरमा विस्तारै चहलपहल बढ्दै जानु सुखद पक्ष मान्नु नै पर्छ”, उहाँले भन्नुभयो ।

यहाँ महामारी सुरु हुनुअघि नवरात्रको समयमा पूजाआजा गर्ने, अवलोकन गर्नेको संख्या एक लाखको हाराहारीमा हुन्थ्यो । दसँै पर्वमा हुने भीडभाडलाई दृष्टिगत गर्दै मन्दिर व्यवस्थापन समिति, कर्मचारी र ठूलो सङ्ख्यामा स्वयंसेवक परिचालन गरिन्थ्यो । यहाँ दशैँमा हाँस, कुखुरा, बोका, पाडाको बलि दिइन्छ भने रोट बनाएर भगवान्लाई चढाउने चलन छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्रले प्रसिद्ध भैरवस्थान मन्दिरको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास र यहाँको रमणीय वातावरण अवलोकन गरेर फर्कंदा निकै आनन्द लाग्ने गरेको बताउनुहुन्छ, दर्शनार्थी सुदीप खनाल । “नवरात्रको समय भएकाले पनि मन्दिरमा दर्शनार्थीको उपस्थिति बाक्लै थियो, करिब तीन घण्टा लाइनमा बसेर पूजाआजा गरी फर्कियौँ, दसैँको बेला शक्तिपीठको दर्शन गर्ने इच्छाले भैरवबाबाको दर्शन गरेपछि मन आनन्दित भएको छ”, उहाँले भन्नुभयो ।

यस मन्दिरमा वार्षिक ३० देखि ३२ लाख दर्शनार्थी भित्रिने गरेको तथ्याङ्क छ । भारतको उत्तर र दक्षिण क्षेत्रबाट ठूलो सङ्ख्यामा पूजाआजाका निम्ति आउने गरेका छन् । यस्तै तेस्रो मुलुकका नागरिक पनि यहाँको पर्यटकीय वातावरणसँग रमाउँदै घुमफिरका निम्ति भित्रिने गर्दछन् ।

पाल्पा सदरमुकाम तानसेनदेखि करिब साढे नौ किलोमिटर पश्चिममा अवस्थित यस भैरवस्थान मन्दिर समुद्री सतहबाट एक हजार ४७० मिटरको उचाइमा पर्छ । यहाँबाट गौरीशङ्कर, माछापुच्छ«े, धौलागिरि, नीलगिरिलगायतका हिमशृङ्खलाको दृश्यावलोकन गर्न पाइन्छ । शक्ति सम्पन्न पीठ भएकाले पनि यहाँ ठूलो सङ्ख्यामा दर्शनार्थी भित्रिन्छन् ।

रोटको व्यापारमा कमी

नवरात्रका बेला दिनमा ५०० सम्म रोट बिक्री गर्ने विमला प्रधान अहिले मुस्किलले बढीमा २०० सम्म मात्रै बिक्री भएको बताउनुहुन्छ । “दसैँका बेला दैनिक तीनदेखि चार जनासम्म कामदार बन्दोबस्त गरी बिहानदेखि साँझसम्म रोट पकाउनुपथ्र्यो, अहिले पूजाआजा गर्ने दर्शनार्थी कम भित्रिएसँगै रोटको व्यापार घटेको छ”, प्रधानले गुनासो पोख्नुभयो ।

उहाँले दसैँका बेला मात्रै रोट बिक्रीबाट रु तीन लाखसम्म पनि कमाइ गरेको अनुभव सुनाउनुभयो तर ती दिन सम्झँदा उहाँलाई अहिले व्यापार लिनु न छोड्नुजस्तै लाग्ने गरेको छ । यहाँ डेढ दशकदेखि रोटको व्यापार गर्दै आउनुभएकी प्रधानले शनिबार मात्रै १५० देखि २०० वटासम्म रोटको व्यापार गर्ने गरेकोमा कोरोनाको असरले मुस्किलले ४० देखि ५० वटाको मात्र व्यापार हुने गरेको बताउनुहुन्छ । रोटबाटै दैनिक रु ५० हजारसम्म कमाइ गर्ने प्रधानले अहिले व्यापार निकै कम रहेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “पहिला रोट बिक्री गरेर दिनमै ५० हजारसम्म कमाइ गरियो, रोट बनाउन बिहानैदेखि साँझसम्म भ्याइनभ्याइ हुन्थ्यो, अहिले शनिबारका दिन ५० वटासम्म र अन्य दिन १५ देखि २० वटासम्म मात्र रोट बिक्री हुन्छ ।” यहाँ एक÷एक माना जोडीको रु ३०० र एक पाथीको रु दुई हजार ४०० मा रोट बिक्री हुने गरेको छ । मन्दिर परिसरमा करिब एक दर्जन रोट व्यापारी छन् ।

पाल्पाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय भैरवस्थान मन्दिरमा कोरोनाको कहरका कारण पूजाआजा गर्न आउने दर्शनार्थीको सङ्ख्या कम हँुदै गएपछि रोट व्यवसायी चिन्तित बनेका हुन् । रोट भैरवको प्रसादका रुपमा मन्दिरमा चढाउने गरिन्छ । भैरव मन्दिरमा आउने दर्शनार्थीले आफ्नो भाकलअनुसार रोट चढाउने परम्परा रहेको छ ।

चामलको पिठो, चिनी, नरिवल, बदाम, काजुजस्ता बस्तु मिसाएर रोट घ्यूमा पकाउने गरिन्छ । यहाँ महाँकाल भैरव रहेको कोठामा सयौँ बर्षदेखि अखण्ड ज्योति बलिरहेको पुजारी बताउँछन् । मन्दिरको छानामा स्वर्ण जलप लगाइएको गजुर रहेको छ ।

भैरवबाबासँग भाकल गरेमा मनोकामना पुरा हुने विश्वासले पाल्पासहित गुल्मी, अर्घाखाँची, प्यूठान, बागलुङलगायतका जिल्लाबाट भक्तजन आएर रोट चढाउने र बलि दिने गर्दछन् ।

पाल्पाका तत्कालीन सेनवंशी राजा मणीमुकुन्द सेनले १६ औँ शताब्दीमा भैरवबाबा उत्पत्ति भएको ठाउँमा यो मन्दिर निर्माण गरेका थिए । मन्दिरसँगै रहेका पौवाबाट मणीमुकुन्द सेनले नियमित भैरवको आराधना गर्ने गर्दथे । मन्दिर दुई तलाको छ । माथिल्लो भागमा बटुक भैरवको मूर्ति छ भने तल्लो भागमा काल भैरवको मूर्ति रहेको छ ।
 


प्रकाशित मिति: बिहीबार, असोज २८, २०७८  ०९:४९
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्