Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • गुह्येश्वरीमा भक्तजन बढे, बलि दिने घटे : देशभरका शक्ति पीठमा शक्ति स्वरुपा भगवतीको आरधना गर्नेको घुइँचो
गुह्येश्वरीमा भक्तजन बढे, बलि दिने घटे : देशभरका शक्ति पीठमा शक्ति स्वरुपा भगवतीको आरधना गर्नेको घुइँचो
नेपालकागज
नेपालकागज बुधबार, असोज २७, २०७८

तस्वीर : प्रसिद्ध निङलाशैनी भगवती मन्दिरमा बुधबार लागेको जात्रामा सहभागीहरू । सुदूरपश्चिम प्रदेशकै बढी पशुबली हुने प्रसिद्ध निङलाशैनी भगवती मन्दिर । 

काठमाडौँ । शक्तिका लागि भगवतीको आशीर्वाद लिने पर्व नवरात्रको आठौँ दिन पनि काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ ।

आश्विन शुक्ल पक्ष शक्तिस्वरुपा दुर्गा भवानीको विशेष आराधना गर्ने पर्वका रुपमा चिनिन्छ । वर्षमा चारवटा नवरात्र पर्ने भए पनि शरद ऋतुअन्तर्गत आश्विन शुक्ल पक्षमा पर्ने नवरात्र विशेष रुपमा मनाइन्छ । 

बडादसैँसमेत भनिने शारदीय नवरात्र देशभर भव्य रुपमा मनाइन्छ । देवीको पूजा, पाठ एवं दर्शन गर्न भक्तजन मन्दिर जाने गर्छन् । 

शक्तिपीठमा पनि पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरको विशेष महत्व रहेको विभिन्न पुराणमा उल्लेख गरिएको छ । यही महत्वका कारण आश्विन शुक्ल प्रतिपदादेखि नै यस मन्दिरमा भक्तजनको घुइँचो छ । 

गत वर्ष कोरोनाका कारण सबैजसो शक्तिपीठ बन्द गरिएको थियो । मन्दिर परिसर पुग्ने भक्तजनले पनि बाहिरबाटै दर्शन गरेर फर्किएका थिए । यस वर्ष कोरोना जोखिम कम भएकाले भक्तजन मन्दिरमा लाम लागी पूजाआराधना गरिरहेका छन् ।

गुह्येश्वरी शक्तिपीठका बारेमा पशुपति पुराणमा भनिएको छ –

पशुपतिसमं लिङ्गं वाग्वत्या च समा नदी ।

गुह्येश्वरीसमं पीठं नास्ति ब्रह्माण्डमण्डले ।।

अर्थात् पशुपतिको समान लिङ्ग, वाग्मतीको समान नदी र गुह्येश्वरीको समान पीठ ब्रह्माण्डमा अरू छैनन् । स्कन्द पुराण नेपाल माहात्म्यको हिमवत्खण्डमा पनि गुह्येश्वरी पीठको महत्वका बारेमा प्रकाश पारिएको छ । गुह्येश्वरी मन्दिरमा विगत वर्षहरुमा भन्दा यस वर्ष पूजा आराधनाका लागि आउने भक्तजनको सङ्ख्या बढेको छ । 

गुह्येश्वरीमा भक्तजन बढे, बलि दिने घटे

गुठी संस्थानअन्तर्गतको गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुमित खड्गी मन्दिर पूजा, आराधना र दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढे पनि बलिसहित पूजा गर्ने भने घटेको बताउनुहुन्छ । गत वर्ष कोरोना महामारीका बेलाभन्दा पनि यस वर्ष बलि दिनेको सङ्ख्या घटेको उहाँले जानकारी दिनुभयो । 

गुह्येश्वरी मन्दिरमा प्राचीनकालदेखि महाअष्टमीका दिन राष्ट्राध्यक्षले पूजाआराधना गर्ने परम्परा छ । विश्वमै प्रसिद्ध शक्तिपीठ भएकाले यो परम्परा बसेको हो । आज दिउँसो ४ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्नुुहुने कार्यक्रम रहेको समितिले जनाएको छ ।

यसैगरी पशुपति क्षेत्रका वनदेवी, वत्सलेश्वरी, बज्रश्वरी, नवदुर्गाको मूर्ति रहेको क्षेत्र, जयवागेश्वरीलगायत देवी मन्दिरमा पनि भक्तजनको भीड छ । 

महासरस्वतीका रुपमासमेत पूजाआराधना गरिने जयवागेश्वरी पुनःनिर्माण भइरहे पनि नवरात्रमा पूजा, आराधना र दर्शन गर्न मिल्ने गरी ढोका खुला गरिएको जयवगोश्वरी मन्दिर पुनःनिर्माण समितिको सदस्यसमेत रहनुभएका काठमाडौँ महानगरपालिका–८ का वडा सदस्य विवेक सङ्गतले राससलाई जानकारी दिनुभयो । 

यसैगरी मैतीदेवी, नक्साल भगवती, कालिकास्थान, भद्रकाली, हनुमानढोका दरबार क्षेत्रका शक्तिपीठ, कङ्केश्वरी, बिजेश्वरी, शोभाभगवती, रक्तकाली, श्वेतकाली, दक्षिणकालीलगायत देवी मन्दिरमा पनि पूजा, आराधना र दर्शन गर्ने भक्तजनको घुइँचो छ । कोरोनाको जोखिमका कारण लामो समय घरभन्दा बाहिर ननिस्किएका मानिस पनि उकुसमुकुस भएर शक्तिपीठ पुगेका छन् । 

काठमाडौँ उपत्यकाका बज्रबाराही, बज्रयोगिनी, सुन्दरीमाई, चामुण्डादेवी, इन्द्रायणीलगायत मन्दिरमा पनि पूजाआराधना र दर्शनका लागि पुग्ने भक्तजन धेरै छन् । नवदुर्गाको विशेष पूजा गरिने नवरात्रमा शक्तिपीठमा गई पूजाआराधना र दर्शन गरेमा मनाकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । 

यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठहरुमा पनि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुँइचो लागेको छ । 

यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष रुपमा पूजाआराधना गरिन्छ । नवरात्रमा बलका लागि महाकाली, धनका लागि महालक्ष्मी र विद्याका लागि महासरस्वतीको पूजाआराधना गरिन्छ । 

यसका साथै सुख, शान्तिका लागि पनि भगवतीसँग प्रार्थना गरिन्छ । महाअष्टमी पर्व विशेष रुपमा शक्ति स्वरुपा भगवतीको प्रार्थना गर्ने दिनका रुपमा लिइन्छ । यस दिन कतिले बलिसहित पूजा गर्छन् भने कतिले सात्विक रुपमा देवीको पूजाआराधना गर्छन् ।


प्रकाशित मिति: बुधबार, असोज २७, २०७८  १६:०८
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्