Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • महानायक राजेश हमालका फ्यानसँग सलोन बस्नेतले मागे माफी
महानायक राजेश हमालका फ्यानसँग सलोन बस्नेतले मागे माफी
नेपालकागज
नेपालकागज आइतबार, असोज २४, २०७८

काठमाडौं - बेलाबखतमा राजेश हमाललाई लिएर विवाद बढ्ने गरेका छन् । 'महानायक' उनलाई मान्ने कि नमान्ने भन्ने विषयमा विवाद हुने गरेको छ ।

गत वर्ष निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले राजेशको विषयमा टिप्पणी गरेपछि उनले माफी नै माग्नु पर्‍याे । हमालका फ्यानले उनलाई सामाजिक सञ्जालमार्फत धम्की दिन थालेपछि दीपाश्रीसँग अन्य विकल्प नै रहेन । यस्तै भएको छ पछिल्लो समय पनि अभिनेता सलोन बस्नेतलाई ।

बालकलाकार हुँदै आफ्नो फिल्मी यात्रामा रहेका सलोनले आइतबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै राजेश हमालका फ्यानसँग माफी मागेका छन् । उनले हमाललाई महानायक नमान्नु सचेत मनको निर्णय नभएको भन्दै आफूलाई माफी दिन दर्शकसँग आग्रह गरेका छन् । 

केही समययता उनको फिल्मलाई दर्शकहरूले बहिष्कार गर्ने घोषणा गर्दै आएका छन् । फलत: उनको फिल्मको सार्वजनिक गीत र ट्रेलरमा नकारात्मक कमेन्ट धेरै छन् भने लाइकको तुलनामा डिसलाइक बढी । किनकि केही दिनअघि सलोनले आफूले खेलेको फिल्म ‘डाँडाको वरपीपल’को ट्रेलर सार्वजनिक कार्यक्रममा महानायकको परिभाषा थाहा नभएको प्रतिक्रिया दिएका थिए । योभन्दा अघि भने यही फिल्मको गीत सार्वजनिक कार्यक्रममा अभिनेता भुवन केसी र शिव श्रेष्ठले एक अर्कालाई महानायक र गौरी मल्ललाई महानायिका भनेपछि राजेश हमालका फ्यान भड्किएका थिए ।

सलोनले राजेश हमालका फ्यानबाट निरन्तर साइबर बुलिङ भएको भन्दै माफी माग्ने निर्णय गरेको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

यस्ताे छ सलाेनकाे भनाइ

माफ गरिदिनुस् नेपाली जनता, समय विडम्बनाको थियो । म अल्मलिएका थिएँ र बुझ्न सकिनँ । मेरो हुर्काइ यही ठाउँमा भयो । म तिनै इतिहासका मायामा बढ्दै गएँ । म बुझ्न सक्ने हुनुभन्दा अगाडि नै एक महान व्यक्तिले ‘नेपालीबाबु’ नामक सिनेमामार्फत सिनेमा संसार बुझाइ दिनुभयो । ‘कर्म’ नामक सिनेमामा काम गर्दा आफ्नो बुवा हुँदाहुँदै अर्का महान हस्तीका लागि आफ्नो शिर मुन्डन गरे र उनैले सिनेमाका लागि गरिने त्याग र यसको महत्व बुझाए ।

जीवनमा सबैभन्दा बढी सिनेमा (कर्णवीर, ठूले, आशीर्वाद, हामी तीन भाइ, अनमोल आदि), सिनेमा जगतकै सबैभन्दा सफल अग्रज व्यक्तिसँग काम गर्ने मौका पाएँ र उहाँबाट सच्चा नायकका सिप सिक्न पाएँ । मेरो पिँढीको सबैभन्दा भाग्यमानी कलाकार लाग्थ्यो आफू । मलाई थाहा थिएन, दिन यस्तो आउला जब मैले उहाँहरूमा फरक छुट्याउनु पर्नेछ भनेर ।

मैले सोच्न सकिनँ, सायद यही हडबडाहटमा बोल्न पनि जानिन । मेरो अहं, मेरो गर्व, मेरो धर्म, मेरो कर्म सबै जहाँ सिकें त्यो मुहारलाई  १, २ र ३ गरेर छुट्याउनु मेरो हैसियतभन्दा धेरै माथिको कुरा लाग्यो । शब्द छनोट गलत भयो मेरो तर मनबाट गलत सोचेको छैन । सबैसँग माफी माग्न चाहन्छु मेरो शब्दले असर पर्न गएकोमा । मैले आजसम्म जीवनमा सिनेमाबाहेक केही सोच्न वा गर्न सकेको छैन । मेरो सत्य यही हो, मलाई गलत नबनाइदिनु ।


प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  १३:४९
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्