Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • व्यवसायी र भन्सार कर्मचारीको सेटिङमा भित्राइएको सामान प्रहरीले पक्रेपछि !
व्यवसायी र भन्सार कर्मचारीको सेटिङमा भित्राइएको सामान प्रहरीले पक्रेपछि !
नेपालकागज
नेपालकागज शुक्रबार, असोज २२, २०७८

फाइल तस्विर 

वीरगञ्ज । मुलुककै सबैभन्दा ठूलो भन्सार नाका, वीरगञ्जबाट यर्थाथ भन्सार महसुलभन्दा कम मूल्याङ्कनको प्रज्ञापनपत्र बनाई विभिन्न सामान नेपाल भित्रिने गरेको तथ्य फेला परेको छ ।

व्यवसायी र भन्सार कर्मचारीको सेटिङमा यकिन मूल्यभन्दा कम मूल्याङ्कनको प्रज्ञापनपत्र जारी गरी भित्राइएको बिभिन्न सामान प्रहरीले पक्राउ गरेको छ ।  

पछिल्लोपटक भारतबाट आयात भएको मेशिनरी सामग्रीमा कम मूल्याङ्कनको प्रज्ञानपत्र राखी यस्ता सामग्री नेपाल भित्र्याउन खोजिएको तथ्य फेला परेको छ । चक्लेटजन्य सामग्रीमा वीरगञ्ज भन्सार नाकाबाट सामग्रीको यर्थाथ कम मूल्याकङ्नको प्रज्ञापनपत्र जारी गरी चक्लेट नेपाल भित्राइएको भन्दै प्रहरीले चक्लेट बोकको ट्रक नियन्त्रणमा लिएर कारवाहीका लागी राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ । 

केही दिनअघि भारतबाट जगदम्बा अटो गु्रप प्राइभेट लिमिटेडले भारतको चेन्नइस्थित टिभीएस कम्पनीबाट आयात गर्ने गरेका तीन चक्के टेम्पोको पार्टस् भनेर एकीकृत जाँच चौकी वीरगञ्जबाट भन्सार जाँचपास गराई चेसिस र इञ्जिनसहितका टेम्पोका विविध सामग्री आयात गरेको थियो ।

उक्त सामग्रीलाई भन्सारले तीनचक्के टेम्पोको पार्टस् भनेर लाग्ने भन्सार मूल्यभन्दा कम मूल्याकङ्नको प्रज्ञापनपत्र राखी जाँचपास गराई इञ्जिनसहितका टेम्पोका विविध सामग्री आयात गर्न खोजेको सार्वजनिक भएपछि कार्यालयले यसबारे ढाकछोप गर्न जगदम्बा अटो गु्रपसँग थप रु १३ लाख ८० हजार राजस्व लिएर मात्र सामग्री छाडेको बताइएको छ ।

पहिलो चरणमा सामग्री जाँच गरी कम मूल्याकङ्नमा सामग्री छाड्न खोजेको बाहिर आएपछि पुनः जाँचका नाममा जगदम्बा अटो गु्रपलाई कारबाहीस्वरुप जरिवाना गरिएको विषयले पनि कर्मचारी र व्यापारीबीच मिलोमतो भएको आरोप लागेको छ । उक्त कम्पनीले यसअगावै पनि यसरी कम मूल्याकङ्न गरी सामग्री लगेको हुनसक्ने र पछिल्लो चार वर्षभन्दा अघि यसरी सामग्री लगेको भए केही कारबाही गर्न नसकिने प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले राससलाई जानकारी दिनुभयो । यद्यपि यसबारे पछिल्ला चार वर्षयता जगदम्बा अटो गु्रपले लगेका सामग्रीबारे थप अनुसन्धान गर्न सकिने प्रावधान रहेको प्रमुख भन्सार अधिकृत पौडेलले बताउनुभयो ।

केही दिनअघि उक्त भन्सारबाट मालवाहक ट्रकमा विभिन्न किसिमका चक्लेटसमेत यथार्थ मूल्यभन्दा कम मूल्याकङ्नको प्रज्ञापनपत्र राखी नेपाल भित्रिएको भन्दै प्रहरीको टोलीले एउटा भारतीय ट्रकलाई नियन्त्रणमा लिएर राजस्व विभाग पथलैया पठाएको छ । लाग्ने दरभन्दा कम मूल्याकङ्न गरी भन्सार छली नेपाल भित्र्याइएको करिब रु ७३ लाख बराबरको चक्लेट र भारतीय ट्रक नियन्त्रणमा लिई राजस्व कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

ट्रकमा लोड रहेका सामानको तौल र मोल फरक पारी ब्राण्ड उल्लेख नगरी भन्सार कर्मचारीसँग मिली सुगर ललिपपका नाममा कम मूल्याकङ्नको प्रज्ञापनपत्र बनाई बिनाअनलाइन बिल (भिसीटिएस) खुसी बच्चा नामक भारतीय चक्लेट बरामद गरी राजस्व कार्यालयलाई बुझाइएको प्रमुख प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

उक्त चक्लेटबारे एकीकृत जाँचचौकीका भन्सार अधिकृत (जाँचकी) रमेश सुकमनीले ठूलो ट्रक भएका कारण सबै चक्लेट हेर्न नसकिएको तर यद्यपि सबै नियमानुसार चक्लेटको राजस्व लिइएको बताउनुभयो । प्रहरीले सो क्रममा ट्रक र चालक भारत मध्यप्रदेश ग्वालियर बानमौर थाना वडा नं १४ बस्ने वर्ष ३३ का जबर सिंहलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले सामान तथा ट्रकको रु ७३ लाख मूल्याकङ्न गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाएको जनाएको छ ।

प्रहरीले नियमविपरीत कम मूल्याकङ्नको प्रज्ञापनपत्र बनाई अनलाइन बिलबिना चक्लेट नेपाल भित्रिएको भन्दै पक्राउ गरी आवश्यक कारबाहीका लागि राजस्व कार्यालय पठाएको छ । भन्सारमा कार्यरत कर्मचारीले नियमानुसार मूल्याकङ्न गरिएको दाबी गरेका छन् । यसबारे राजस्व अनुसन्धान कार्यालय पथलैया, बाराका सूचना अधिकारी गौरव पन्थीले उक्त गाडीको अनलाइन बिल नरहेकाले नियमानुसार कारबाही हुने र यसबारे थप अनुसन्धानका लागि भन्सार कार्यालयबाट थप कागजपत्र माग गरिएको जानकारी दिनुभयो ।
 
भन्सार प्रशासक विश्वप्रसाद अर्याल प्रहरीले बरामद गरेको चक्लेटबारे अनलाइन बिल भन्सार कार्यालयअन्तर्गतको जाँचचौकीको काम नभएकाले सोको दोषी स्वयं आयात कम्पनी रहेको र जगदम्बा अटो गु्रपले भित्र्याएका चेसिस र इञ्जिनसहितको टेम्पोका सामग्रीको पुनः मूल्याकङ्न गरी दोषी पाइएकाले कारबाहीस्वरुप जरिवाना गरिएको बताउनुभयो । 


प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १०:४४
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्