Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • आमा प्रतिको घात
आमा प्रतिको घात (लघु कथा)
नेपालकागज
नेपालकागज शनिबार, असोज १६, २०७८

आउँदै गरेको बडा दशैँले मलाई फेरी मेरो जन्म घर पुग्ने अवसर मिल्यो । लामो समय पछिको आगमनले होला घर वरपर गमलामा रहेका फुल अनि घर अगाडिको बगैचा असरल्ल रहेको छ । झारपातले सुन्दर बगैचामा रहेका लालुपाते सयपत्री र गुलावाको सुन्दरतालाई मात्र होइन घरको प्रवेशद्वार मुल ढोकालाई नै कुरूप बनाई दिएको छ ।

खिया लागेको ताल्चालाई खोलेर गृह प्रवेश गरि सबै घर भित्र अनि बाहिर मन लगाएर सफा गर्दैछु । घरकै उत्तर तर्फ रहेको अम्बाको रुखमा ढुकुरले गुड लगाएको रछ । बिहानै ढुकुरको मिठो गुन्जनका साथ घर संगैको पारिजातको सुगन्धले मनै प्रफुल्ल रहन्छ । लामो समय पछि घरको दक्षिण तर्फको ढोका खोलि बार्दलीमा जान्छु । गत बर्ष डोरीमा गुथी दक्षिण दलानमा सुकाएको फर्सी लामो समयसम्मको एकान्तका कारण होला मुसाले टुक्रा टुक्रा पारि सकेको रछ । बिच्च आँगनमा रहेको मकैको सुली भने धन्न खाइ भ्याएको रनछ । 

बार्दलीबाट यसो चियाउछु पुर्व तर्फको खोला सुस्त गतिमा बगिरहेको छ | बिगतमा बसाहा रुपमा बग्ने उक्त खोलामा साथीहरु कमल,हरि,दिपक लगायत संग पौडी खेल्नुको मजा आहा.....। तर आज उक्त खोलाले रुप र आकार समेत सानो बनाएको रछ । चारै तिर रुख र झांग अनि पानीको वहाव समेत शान्त अनि कमजोर रहेको छ । ओल्लो-पल्लो छिमेकीहरुको दैनिन्दीय भने उस्तै नै छ । बिहानै चार बजे नै टोल गुन्जायमान भएको छ । मिठो स्वरका साथ आफनै स्वर र लयमा गीत गाउँदै मेलो धन्दामा उत्साहित देखिन्छ । आफ्नै आनन्द, आफ्नै परिवेश र आफ्नै संसार छ ।

दक्षिण बार्दली संगैको सानो आँखी झ्यालमा टम्म माकुराको जालोमा सफा गर्दै गरेका मेरा हात टक्क रुक्न पुग्छ । माउ माकुरोले अँगालोमा राखेका अनगिन्ती बच्चा देख्ना साथ मलाई प्रकृतिको माया लागेर आयो, सम्पूर्ण जीव जिवात्मा प्रतिको प्रेम जागेर आयो । मैले उक्त ओथारोमा रहेको माकुरालाई कत्ति पनि असर नहुने गरि सरसफाईको मेरो कर्मलाई छोडिदिए । प्रत्येक दिन जसो मेरा आँखा ठोक्किने मेरो सयन कक्षको अगाडिका माकुराका उक्त गति बिधि मैले नचाहादा समेत मेरो नजरमा दिनहु परि नै रहेको छ ।

आज हप्ता पार गरयो  क्यारे बच्चाहरु दिन प्रतिदिन बढ्दो छन । आमाले ठुलो संख्याका आफ्ना सन्ततिलाई आफैले बनाएको जालोमा पर्ने किरा फट्यांग्रालाई टुक्रा टुक्रा पारि बाडी चुडी बच्चाको भरण पोषण गरेकै छि । दिनानुदिन ठुलो संख्याका बच्चालाई अब जालमा आउने चाहाराले भोक मेटाउन गाह्रो छ । बच्चाको आवश्यकतालाई आमाले पुरा गर्ने चाहामा हुन्छे तर आवश्यकता अलि बढी नै होकि काखमा रहेका ती बच्चाको झुण्डले बिस्तारै आमाको कोमल अंग चुस्न थाल्छन । मातृवात्सल्यमा आनन्दित आमालाई कल्पना नै हुँदैन क्यारे आफ्ना सन्ततीले आफ्नै जीवन समाप्त गर्ने  बारे केहि समयको अन्तरमा भोक कै लागि  सन्ततिले आमाको ईहलीला समाप्त गरि दिन्छन । 

आज देख्दैछु आमाको लामा लामा खुट्टा र अस्तिपंजर मात्र बाँकी छ । म सोच्न सकिरहेको छैन वच्चाको भरण पोषणका लागि लाखौँ दुख, संघर्ष र बलिदानी गर्ने आमाको त्यो समर्पणलाई कसरी आफनै सन्तानहरुले बिर्सेका होलान । सोच्न सकिरहेको छैन आमाको बलिदानीमा सन्ततिहरुको त्यो घात ।

लेखक - गङ्गालाल योगी (योगी प्रभात)
लेखक ईलाका प्रशासन कार्यालय गोटिखेल ललितपुरमा कार्यालय प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । 


प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १०:४४
#बिचार
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्