Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • म्याद गुुज्रेका सामान बिक्री गरी उपभोक्तालाई ठग्ने छ व्यापारीमाथि कारबाही
म्याद गुुज्रेका सामान बिक्री गरी उपभोक्तालाई ठग्ने छ व्यापारीमाथि कारबाही
नेपालकागज
नेपालकागज शुक्रबार, असोज १५, २०७८

काठमाडौँ । म्याद गुज्रेका तथा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै सिरहा र सप्तरीका आधा दर्जन व्यापारीमाथि कारबाही गरिएको छ । चाडपर्व नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री वितरण गरेको, अनुज्ञापत्र नलिई सञ्चालन भएको पाइएपछि सप्तरीका पाँच र सिरहाका एक व्यापारीमाथि कारबाही गरिएको हो ।

अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रेका सामान बरामद गरिएको र मूल्यसूचीसमेत नराखिएको पाइएपछि सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित अमेश्वर किराना पसल, दीपा किराना पसल र आशाराम पाउरोटी उद्योगमाथि कारबाहीस्वरुप रु १०÷१० हजार जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिनुभयो ।

अमेश्वर किराना पसलबाट म्याद गुज्रेको आटा २० किलो, परमात्मा तेल पाँच लिटर र सोयाविन १८ प्याकेट, दीपा किराना पसलबाट वियर ११ बोतल, रेडबुल १८ क्यान तथा आशाराम पाउरोटी उद्योगबाट लेबल नभएको १५० प्याकेट वनकुकिज पाउरोटी जफत गरी नष्ट गरेको प्रमुख सिंहले बताउनुभयो । त्यस्तै सप्तकोशी–१ स्थित श्रीकृष्ण होटलबाट छ बोतल र गुप्ता किराना पसलबाट सात बोतल म्याद गुज्रेको वियर नियन्त्रणमा लिई नष्ट पारेको जनाइएको छ । 

सप्तरीको खडक नगरपालिका–७ स्थित कल्याणपुर बजारका अनिल ट्रेडर्स एण्ड खरिद बिक्री पसललाई रु पाँच हजार तथा शिव किराना ट्रेडर्सलाई रु २० हजार जरिवानासमेत गरिएको छ । अनिल ट्रेडर्सबाट म्याद गुज्रेका खानेतेल, मसाला, ग्लुकोज, पानमसाला लगायतका सामग्री बरामद गरिएको थियो । यस्तै शिव किराना पसलबाट म्याद गुज्रेका वियर, चिसो पेयपदार्थ, मसाला, ग्लुकोज, भुजियालगायतका सामग्री बरामद गरिएको प्रमुख सिंहले बताउनुभयो ।

अनुगमनका क्रममा बजारका अन्य पसलबाट पनि विभिन्न प्रकारका अखाद्य र म्याद गुज्रेका वस्तु जफत गरी तत्कालै नष्ट गरिएको संयुक्त अनुगमन टोलीका नेतृत्वकर्ता सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले जानकारी दिनुभयो । अनुगमनका क्रममा निर्मल जल उद्योगद्वारा उत्पादित बिनालेवलका २१ थान पानीका जारसमेत नियन्त्रणमा लिई नष्ट गरिएको छ । त्यस्तै सिरहाको लहानस्थित राकेश कोल्ड स्टोरमाथि कारबाहीस्वरुप रु पाँच हजार जरिवाना गरिएको छ । अनुगमनका क्रममा उक्त कोल्डस्टोरबाट वियर, पेय पदार्थ तथा लेबल नभएका पानीका जार फेला परेपछि कारबाही गरिएको प्रमुख सिंहको भनाइ छ ।

लहानस्थित सुरज खाजाघर, अन्सु कोल्ड स्टोरबाट म्याद गुज्रेका खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरेको प्रमुख सिंहले जानकारी दिनुभयो । अनुगमनकै क्रममा अटोरिक्सामा लगिरहेको अवस्थामा लेबल नभएका १८ थान जार पानीसमेत नियन्त्रणमा लिई नष्ट गरेको जनाइएको छ । पसलले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोराना सङ्क्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था साबुनपानी, स्यानिटाइजर, ग्लोब्सलगायतमा अनुगमन केन्द्रित रहेको प्रमुख सिंहले बताउनुभयो ।
 
अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलमा अविलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्यवस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलोपटक चेतावनी दिएको घरेलु तथा साना उद्योग कार्यालय सिरहाका प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी दिनुभयो । अर्कोपटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारबाही गरिने उहाँको भनाइ थियो । 

यसैबीच चाडपर्वलाई लक्षित गरी सिरहा र सप्तरीका होटलको  वर्गीकरण गरेर स्टिकर टाँस्नसमेत सुरु गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले होटलको अनुगमन गरी सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकास्थित सात होटलमा स्तर निर्धारण गरेर स्टिकर टाँस गरेको हो ।

महुलीस्थित पुरानो चौधरी होटल र मनकामना खाजा तथा पेडा भण्डारमा (ग) वर्ग तथा अन्य पाँचवटा होटलमा सामान्य (घ) वर्गको स्टिकर टाँसिएको प्रमुख सिंहले जानकारी दिनुभयो । सप्तरीपछि सिरहाका विभिन्न स्थानमा रहेका होटलमा समेत स्टिकर टाँस गर्ने कार्यक्रम रहेको उहाँको भनाइ छ ।


प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  ०९:३८
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्