Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • मेरो विद्यार्थी जीवन : समस्यासंग जुध्दै, ढल्दै, उठ्दै फेरि हिँड्दै छु, गन्तव्यतिर लम्कँदै छु 
मेरो विद्यार्थी जीवन : समस्यासंग जुध्दै, ढल्दै, उठ्दै फेरि हिँड्दै छु, गन्तव्यतिर लम्कँदै छु  (बिचार)
हरि गुरुङ
हरि गुरुङ सोमबार, असोज ४, २०७८

रमेश प्याकुरे
मेरो विद्यार्थी जीवन भनेको विभिन्न समस्याहरुले अल्झिएको र बल्झिएको अवस्था हो । मैले मेरो विद्यार्थी जीवनमा अनेक चुनौतीहरुलाई सामना गरेँ । मैले मेरो विद्यार्थी जिवनमा भोगेका वास्तविक समस्याहरुलाई यहाँ व्यक्त गर्दै छु । 

मेरो जन्म विकट जिल्ला कालिकोटको पनि अति विकट तत्कालिन धौलागोह गा•वि•स• र हालको पालाँता गाउँ पालिकामा भएको हो । यस क्षेत्रको शिक्षाको स्तरलाई हेर्दा खासै गुणस्तरीय थिएन । म एक गरिव परिवारमा जन्मिएको हुँँ । मेरो विद्यार्थी जिवनको सुरुवात त्यसै क्षेत्र नजिकैको एक सामुदायिक विद्यालयबाट भएको हो । मेरो आमा बुवाले मलाई सकि नसकी पनि विद्यालय पठाउनु भयो । त्यस बेला यहाँको सामुदायमा धेरै शिक्षित मानिसहरु थिएनन् । सबैले आफ्नो जिविकोपार्जनका लागी काम गर्नु पर्थ्यो । 

विकट जिल्ला कालिकोट को पनि धौलागोह गा.वि.स. हालको पलाँता गाउँ पालिका को वडा नं.२ बान्जडा मा रहेको त्यही सामुदायिक विद्यालयबाट मैले कक्षा १- देखि ५ सम्मको विद्यार्थी जीवनलाई जसोतसो बितायँ । ५ कक्षा पास गरि सकेपछि नजिकैको अर्को गाउँको श्री सरस्वती माध्यमिक विद्यालय राडुनेटामा कक्षा ६ देखी १० सम्मको विद्यार्थी जीवनलाई संघर्षका साथ बितायँ । 

पढाइमा पनि धेरै राम्रो जान्ने विद्यार्थी पनि हैन म, सामान्य पास मात्र हुन्थे । सायद यो क्षेत्र विकट भएरै होला यहाँको शैक्षिक क्षत्र गुणस्तरीय थिएन ।  तर पहिलेको तुलनामा भन्दा अहिले शिक्षा लगायतका अन्य पुर्वाधारमा एकदम बिकास हुँदै आएको छ । जब मैले १० कक्षा SEE पास गरे त्यसपछि उमेर पनि अलि बढेकै कारण होला साथीहरूको कुरालाई मानेर पैसा कमाउन भनेर भारतको देहरादुन गए ।

मेरो बुवा पनि यस्तै काम गर्नको लागी छिमेकी मुलुक भारत जानुहुन्थ्यो । मेरो बुवा मात्रै नभएर खास गरि कर्णाली प्रदेशका सबै जिल्लाका मानिसहरुको आर्थिक अवस्था कमजोर भएको हुनाले पनि भारतका गल्ली गल्लीमा अहिले पनि भौतारिएका छन । काम गर्नका लागी जाने गर्थे त्यही कमाएको पैसाले घर खर्च चलाउने गर्थें । यो प्रक्रिया अहिले पनि चलिरहेको छ । यसको प्रमुख कारण पारिवारिक अवस्था लगायतका अन्य धेरै कारणहरु छ्न ।

म विद्यार्थी भएकोले समिक्षा गरेर भन्नुपर्दा वर्तमान शिक्षा प्रणालीलाई हेर्नुपदा राजनीतिक अखडाको रुपमा संन्चालन भइरहेको छ । यहाँ किसान मजदुर गरिब द्वन्द्व पीडित अन्य मुलुकमा गएका आमा बुबाका छोराछोरीको विद्यार्थी जीवन पिडा दायक छ । आर्थिक अवस्था कमजोर भएका सोझा साझा जनताका छोराछोरीलाई पछाडि पारिएको छ । कर्णाली प्रदेशका अधिकांश शिक्षक राजनीतिमा आबद्ध छन । तिनै शिक्षक र नेताका छोराछोरीले मात्र अगाडि बढ्ने अवसर पाएका छन ।  

पारिवारिक समस्या आर्थिक अभावले गर्दा विचमा १ बर्ष सम्म मेरो पढाईमा बाधा आएकोले मैले पढाई छोडेर त्यसको १ बर्ष पछि कक्षा ११ को लागी फारम भरे तर आर्थिक अवस्था कमजोर भएकोले म काम गरेर पैसा कमाउनका लागी भारतको नयाँ दिल्ली गए र त्यहा पनि अरुको दबाब सहेर थोरै पैसा कमाएर घर फर्किएँ । त्यसपछि केही नपढेका कारण तयारी नै नगरेर कक्षा ११ को परिक्षा दिए र पास पनि भए ।

यस पछि  कक्षा १२ मा पढ्दाको समय सम्ममा पनि मेरो पारिवारिक आर्थिक हैसियत अती विपन्न थियो । मेरो आमा बुवा किसान पेसामा आबद्ध हुनुहुन्छ । बर्खाको सिजनमा आफ्नै खेत बारीमा काम गर्नु हुन्थ्यो । हिउँदोको सिजनमा मेरो बुवा मात्रै नभएर कर्णाली प्रदेशका सबै बुबा दाजुहरु पैसा कमाउनको लागी छिमेकी मुलुक भारत जानुहुन्थ्यो । त्यहाबाट दु:ख गरेर कमाएर ल्याएको पैसाले घर परिवारलाई लाउन खान पुर्याउनु हुन्थ्यो ।

मेरो मात्रै नभएर यहाँका धेरै जसो मानिसहरूको आर्थिक अवस्था कम्जोर थियो । पहिलेको तुलनामा हेर्ने हो भने अहिले विकसित हुदै गएको छ । वि•स• २०७२ मा म लगायत मेरो परिवार कालिकोटबाट बसाइँसराइ गरि बर्दिया जिल्लाको मधुवन नगरपालिकाको वडा. १ सुर्यपटुवामा आयौं ।  बुवाले भारतबाट कमाएर ल्याएको पैसाले थोरै जमिन किन्नु भयो ।

कालिकोटबाट आईसके पछि यहाँ बस्ने आफ्नो घर नै थिएन । त्यसैले एकजना आफन्तको घरमा बस्थ्यौ र घर बनाउन सुरु गर्यौ । अहिले त्यही घरमा मेरो सानो परिवार बसिरहेका छ । पहिलाको पारिवारिक अवस्था र अहिलेको पारिवारिक अवस्थालाई तुलना गर्ने हो भने अहिले धेरै त छैन तैपनि राम्रै छ । खान बस्न पुगिरहेको छ । बुवा भारतमा नै गएर काम गरेर घर खर्च चलाउने र हामिहरुलाई विद्यालयको खर्च जुटाउने गर्नु हुन्छ ।

मेरो विद्यार्थी जीवन अनेकौँ अनेक समस्या र दु:खले भरिएको थियो । विद्यार्थी जिवनमा विभिन्न चुनौती र समस्याहरु आउँदा रहेछन् । हरेक समस्याले गरीब र विपन्नलाई नै जेल्दो रहेछ । ती समस्याबाट मुक्त हुनका लागी धेरै ठुलो संघर्ष गर्नु पर्दो रहेछ । आजपर्यन्त ति समस्यासंग जुध्दै, ढल्दै, उठ्दै फेरि हिँड्दै छु, गन्तव्यतिर लम्कँदै छु  ।

लेखक रमेश प्याकुरेल जनपत्रकार संगठन नेपाल बर्दियाका जिल्ला संयोजक हुनुहुन्छ 


प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  १६:२७
#बिचार
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्