Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • गोरु काटेर मासु बेच्न नगरकोट लैजाने क्रममा पाँचजना पक्राउ
गोरु काटेर मासु बेच्न नगरकोट लैजाने क्रममा पाँचजना पक्राउ
नेपालकागज
नेपालकागज शुक्रबार, भदौ १८, २०७८

काठमाडौँ । काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिका–३ धोक्साङमा गोरु काटेर मासु नगरकोटमा बेच्न लैजाने क्रममा पाँचजना पक्राउ परेका छन् ।

काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालिकासँग सीमा जोडिएको यो स्थानमा चोरीको मोटरसाइकल प्रयोग भइरहेको सूचनाका आधारमा बुधबार बेलुकी नै महानगरीय प्रहरी प्रभाग साँखुबाट गएको प्रहरीले गोरुको मासु ओसारिरहेको अवस्थामा पाँच जना स्थानीयवासीलाई पक्राउ गरेको हो ।

धोक्साङबाट बा६७प ६६११ नं स्कुटीमा बोराका बोरा मासु लगिरहेका बेला प्रहरीले सोधखोज गरी घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको हो । गोरु काट्ने, मासु ओसार्ने र त्यसमा प्रयोग भएको स्कुटी पनि पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

ठूलाठूला दुई गोरु काटेर मासु नगरकोट लैजाने व्यक्तिसहित त्यस घटनामा संलग्नलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेर आवश्यक अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा प्रितम तामाङ, मानबहादुर तामाङ, सन्तबहादुर तामाङ, रञ्जित थिङ र विजय घिसिङ रहेका छन् ।

घोक्साङका स्थानीयवासी तीनै जनालाई जिल्ला अदालत काठमाडौँमा पेस गरी अनुसन्धानका लागि चार दिनको समय लिइएको महानगरी प्रहरी परिसर काठमाडौँका प्रवक्ता रमेश बस्नेतले राससलाई जानकारी दिनुभयो ।

यसैबीच कागेश्वरी मनोहरा नगरपालिका–८ मा रहेको असहाय गाई बाच्छा संरक्षण स्थलमा आश्रित गोरु काटेर टाउको गाडी मासु बेचेको अवस्थामा भेटिएको छ ।

असहाय गाईबाच्छा संरक्षण अभियानले यस विषयमा अनुसन्धानका लागि नगरपालिका र प्रहरीमा उजुरी गरेको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिनुभयो । 

संविधानमा राष्ट्रिय जनावर भनी सम्मान गरिएका गाईगोरु मासुका लागि काटिने, सडकमा छाडेर घाइते हुने, मारिने घटना बढ्दै जाँदासमेत सरोकार भएका सरकारी निकाय मुकदर्शक बनेको उहाँको भनाइ छ ।

अभियानले पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको करिब एक सय रोपनी क्षेत्रफलमा करिब दुई सय असहाय गाईबाच्छा संरक्षण गर्दै आएको छ ।

स्वयंसेवी रुपमा चलेको अभियानमा दाताले जन्मदिनलगायत विभिन्न अवसरमा सहयोग गर्दै आएका छन् ।


प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  १७:०१
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्