Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • २१ वर्षीया शिक्षा राई मृत फेला परेको घटनामा प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेको आरोप 
२१ वर्षीया शिक्षा राई मृत फेला परेको घटनामा प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेको आरोप 
नेपालकागज
नेपालकागज आइतबार, भदौ १३, २०७८

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित तल्लो चिचिङ्गाकी २१ वर्षीया शिक्षा राई घरैमा मृत फेला परेको घटनामा प्रहरीले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी लिन अस्वीकार गरेको गुनासो बढेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी उनले वर्ष दिनअघि चिचिङ्गाका मनकुमार राईसँग प्रेम विवाह गरेकी थिइन् ।

उनको मृत्यु अस्वभाविक भएको भन्दै माइती पक्षले जिल्ला प्रहरी कार्यालयमा ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिँदा लिन अस्वीकार गरेको पीडित पक्षले आरोप लगाएका छन । 

शिक्षा भदौ ७ गते राति आफ्नै घरमा मृत फेला परेकी थिइन् । सुरुमा कटहरको रुखमा झुण्डिएको भनेर घरपट्टिबाट खबर आएकाले घटनास्थल पुग्दा घरको बरण्डाको कोठमा झुण्डिएको भनिएको, प्रहरी नपुग्दै डोरीबाट शव निकालेर राखिएको, माइती पक्ष नपुग्दै मुचुल्का उठाइएको, मृतकले करिब सात फिट अग्लो बरण्डामा आफैँ डोरी झुण्ड्याउन नभेट्ने तथा डोरी झुण्ड्याउन केही पनि सामान प्रयोग नगरेको पाइएको, डोरीको पासो पनि सुर्के लाग्ने अवस्थामा नभएको, मृतकको नाक र मुखमा रगत बगिरहेको, दाहिने कोखा र देब्रे हातमा निलडामका साथै कोतारिएको देखिएकाले आत्महत्या नभई हत्या भएको पीडित पक्षको जिकिर छ ।

भोलिपल्ट जिल्ला अस्पतालमा शव परीक्षण पछि ९ गते मृतकका काका ज्ञानबहादुर राईले ज्वाइँ मनकुमारविरुद्ध जाहेरी दिँदा दुईपटकसम्म अस्विकार गरेको र तेस्रोपटक आत्महत्या दुरुत्साहनसम्बन्धी उजुरी दिएर फर्कनुपरेको ठूलोबाबु बयानसिं राईले बताउनुभयो । उजुरी परेसँगै आरोपीलाई प्रहरीले भदौ ९ गते पक्राउ गरेको जनाइएको छ ।

आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा उजुरी दिएर फर्किएका माइतीपक्ष मृतकको शारीरिक अवस्था र घटना प्रकृतिका आधारमा पुनः भदौ १० गते ठूलीआमा पार्वती राईको नामबाट ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिन लाग्दा प्रहरीले नै जाहेरी लिन नसकिने भन्दै फर्काएको काका ज्ञानबहादुरले बताउनुभयो ।

सो घटनामा शनिबार हलेसी न्यूज नेटवर्कको कार्यालयमा पुगेका पीडित पक्षले प्रहरीबाटै घटनामा सम्लग्न दोषीलाई  बचाउ गर्न खोजेको आरोप लगाएका थिए । “मृतकको तस्वीर हामीसँग पनि छ । तस्वीर हेर्दा पनि शिक्षाको आत्महत्या होइन, कर्तव्य गरी हत्या गरेको हाम्रो ठहर छ,” काका ज्ञानबहादुरले भन्नुभयो, “तर प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षकले नै किन किटानी जाहेरी लिन मान्नु भएन ? किन हामीलाई आत्महत्या दुरुत्साहनमा जाहेरी दिन बाध्य पारियो ? यसले हामीमा शङ्का उत्पन्न गराएको छ ।”

छिमेकीका  अनुसार घटनाका दिन पर्म (छिमेकमा आलोपालो गरिने काम) गएकी शिक्षालाई आफन्तले साँझ ८ः३० बजे उनको घर पु¥याएर छाडेको करिब ४५ मिनेटपछि नै झुण्डिएर आत्महत्या गरेको खबर गाउँमा फैलिएको बताइएको छ । जाहेरीमा झमेला भएकै कारण उनको भदौ १० गते मात्र शव परीक्षण गरिएको थियो ।

श्रीमान्ले कुटपिट गरिरहने र परिवारबाट पनि मानसिक तनाव दिने गरेको भन्दै शिक्षाले माइतीपक्षका साथीभाइलाई फेसबुक मेसेञ्जरबाट गुनासो पोख्ने गरेको बताइएको छ । प्रहरीले किटानी जाहेरी लिन नमानेले  मृतकका आफन्तको आग्रहमा पूर्व जिविस सभापति विष्णुकुमार राई र बाम्राङका वडाध्यक्ष ललितकुमार राईसमेत जिल्ला प्रहरी कार्यालय जानकारी लिन पुगेका थिए  ।

प्रहरी नायब उपरीक्षक उमेश लम्सालले भने शिक्षाका श्रीमान्विरुद्ध ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी नै नआएको र आएमा दर्ता हुने बताउनुभएको छ । “उहाँहरुले आत्महत्या दुरुत्साहनमा जाहेरी दिनुभएको छ । यो पनि किटानी जाहेरी नै हो । शव परीक्षण रिपोर्ट आउँछ, त्यो बेलासम्म पर्खेर अन्य प्रक्रिया अघि बढाऔँ भन्ने सल्लाह भएको छ”, उहाँले भन्नुभयो, “किटानी जाहेरी आएमा दर्ता नगर्ने भन्ने कुरै हुन्न, दर्ता गरेर पठाइदिन्छौँ । आफ्नो क्षेत्राधिकारभित्रको जाहेरीलाई दर्ता गर्नुपर्छ, मिल्दैन भने मिल्दैन भनेर फिर्ता गर्नुपर्छ ।”

शव परीक्षणपछि पनि  प्रहरीले आफूहरुलाई फसाउन खोजेको मृतककी आफन्त मीनुकला राईको आरोप थियो। “हाम्रो संस्कारअनुसार पराइघर गएका छोरीचेलीको माइतीमै मृत्युमा पनि घरपट्टिकाले संस्कार गर्नुुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “आफ्नै घरमा शङ्कास्पद मृत्यु भएकी शिक्षाको शव हामीलाई बुझाउन प्रहरीले नै दबाब दिएकामा  संस्कारविपरीत गर्न सकिन्न भनेपछि उतै पठाइयो ।”

घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षक सागर साह नेतृत्वको टोली भदौ ८ गते घटनास्थल पुगेकामा पीडक पक्षले आर्थिक प्रलोभनमा पारेर कर्तव्य ज्यानसम्बन्धीको घटना मिलाउन खोजेको आफन्तको आरोप छ ।


प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  १२:४७
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्