Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • कर्णालीको ठूलो समस्या लागुऔषध र मदिरा : प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐर 
कर्णालीको ठूलो समस्या लागुऔषध र मदिरा : प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐर 
नेपालकागज
नेपालकागज मंगलबार, भदौ १, २०७८

कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजिपी) गणेशबहादुर ऐरले कर्णालीको ठूलो समस्या लागुऔषध र मदिरा भएको बताउनुभएको छ ।

भारतसँग सीमा नजोडिए पनि कर्णालीमा लागुऔषध समस्या अधिकतम देखिएको प्रहरी नायब महानिरीक्षक ऐरले जनाउनुभयो । यो दुव्र्यसनीले यहाँको सामाजिक, सांस्कृतिक तथा आर्थिक विकासमा ठूलो असर पारेको बताउँदै उहाँले लागुऔषध ओसारपसार, कारोबार तथा प्रयोगको नियन्त्रण एवं न्यूनीकरणमा विशेष जोड दिने योजनाका साथ अघि बढिएको बताउनुभयो ।

“कर्णाली नेपालकै ठूलो भूभाग ओगटेको प्रदेश हो, यद्यपि प्रदेशको आवश्यकतानुसार यहाँ प्रहरी जनशक्तिको अभाव छ”, प्रहरी नायब महानिरीक्षक ऐरले भन्नुभयो, “सानो एकाइमा प्रहरी उपलब्ध भए पनि यहाँका नागरिकले बास, जग्गालगायत विभिन्न क्षेत्रमा सहयोग गरेर प्रहरीमैत्री व्यवहार देखाएको पाएको छु । कर्णालीवासीप्रति कृतज्ञता प्रकट गर्दछु ।”

पछिल्लो समयमा सामाजिक अपराधका घटना बढ्नुमा लागुऔषध, मदिरा र गाँजा प्रमुख रहेको उहाँले बताउनुभयो । लागुऔषध तथा मदिराले समाजमा पार्ने प्रभावका विषयमा कोरोना महामारीले नागरिकसमक्ष जाने वातावरण नभए पनि पर्चा, पुस्तिका र विभिन्न सञ्चारका सामग्रीको माध्यमबाट सचेतनामूलक कार्यक्रम अगाडि बढाइने उहाँको भनाइ थियो ।

कर्णालीमा विद्यमान कुप्रथा र पुरातनवादी सोच परिवर्तनका लागि प्रहरी एक्लैले केही गर्न नसक्ने जनाउँदै प्रहरी नायब महानिरीक्षक ऐरले भन्नुभयो, “समाज परिवर्तनका लागि पहिला म आफ्नै प्रहरीलाई अनुशासित बनाउँछु । दोस्रो जनतालाई मालिक बनाएर प्रहरी जनताको सेवक हो भन्ने अनुभूति दिलाउने गरी काम गर्छु ।” यसमा राजनीतिक दल, अधिकारवादी, नागरिक समाजलगायत सरोकारवालाले आ–आफ्नो तहबाट सहयोग पु¥याउन उहाँले आग्रह गर्नुभएको छ ।
 


प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  ०८:५४
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्