Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • यस्तो छ लुम्बिनी र गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र पृथ्वीमान गुरुङको राजनीतिक यात्रा
यस्तो छ लुम्बिनी र गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र पृथ्वीमान गुरुङको राजनीतिक यात्रा
नेपालकागज
नेपालकागज बुधबार, साउन १३, २०७८

चितवन । फरक विचारको राजनीति जीवनयात्रामा रहनुभएका अमिक शेरचन र पृथ्वीमान गुरुङ एउटै गाउँवासी हुनुहुन्छ । सरकारले मङ्गलबार उहाँहरु दुवैलाई लुम्बिनी र गण्डकी प्रदेशको प्रमुखमा नियुक्त गरेको हो । शेरचन लुम्बिनी र गुरूङ गण्डकी प्रदेश प्रमुखमा नियुक्त हुनुभएको छ ।  
 
दुवै जना भरतपुर महानगरपालिका–२६ दिव्यनगर गाउँका हुनुहुन्छ । भरतपुर–मेघौली सडकमा पर्ने थकाली चोकमा शेरचनको र धर्मभकारी चोकमा गुरूङको घर पर्दछ । वामपन्थी राजनीतिबाट अघि बढ्नुभएका शेरचन र कांग्रेसको राजनीतिमा अघि बढ्नुभएका गुरुङ दुवैले इमान्दार नेताको छवि बनाउनुभएको छ ।

विसं २०४८ को प्रतिनिधिसभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं ३ बाट दुवै जना उम्मेदवार हुनुहुन्थ्यो । त्यतिबेला शेरचनले जित्नुभयो भने गुरुङ निकटतम प्रतिद्वन्द्वी बन्नुभयो ।
 
को हुनुहुन्छ शेरचन ?
 
इमान्दार, सदाचार र सादगी जीवन जिउने थोरै व्यक्तित्वमध्येमा पर्नुहुन्छ शेरचन  । जीवनको लामो समय भूमिगत र अर्धभूमिगत बिताउनुभएका उहाँ निर्भीक, निडर र इमान्दार  मानिनुहुन्छ ।

विसं २००६ मा म्याग्दी जिल्लाको ओखरबोटखानी–९ मा बडिबहादुर र उमादेवीका पुत्रका रूपमा जन्मनुभएका उहाँ हाल भरतपुर महानगरपालिका–२६ का स्थायी बासिन्दा हुनुहुन्छ  ।

युवावस्थादेखि नै वामपन्थी राजनीतिमा झुकाव राख्दै आउनुभएका शेरचन विसं २०३५ मा निर्मल लामाले नेतृत्व गरेको नेकपा (चौथो महाधिवेशन)को केन्द्रीय सदस्य एवं चितवन जिल्ला सचिव हुनुभएको थियो । तत्कालीन समयमा पञ्चायतविरोधी अभियानमा सक्रिय उहाँले विभिन्न समयमा कारागार जीवन बिताउनुभएको छ ।
 
विसं २०४७ मा तीन पार्टी र त्यसको एक वर्षपछि अरु दुई पार्टी थपिएर बनेको नेकपा (एकता केन्द्र) मा शेरचन केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

शुरुमा नेकपा (मशाल), नेकपा (चौथो महाधिवेशन) र सर्वहारावादी श्रमिक सङ्गठन मिलेर संयोजन समिति बन्यो । पछि त्यसैलाई एकता केन्द्रका रूपमा घोषणा गरिएको वामपन्थी नेता साध्यबहादुर भण्डारीले जानकारी दिनुभयो ।
 
नेता भण्डारीका अनुसार पछि सोही पार्टीको विद्रोही मसाल र रुपचन्द्र विष्टले नेतृत्व गरेको पार्टीसमेत एकता केन्द्रमा समाहित भएको थियो । शेरचन विसं २०४७ मा संयुक्त जनमोर्चाको चितवन जिल्ला अध्यक्ष हुनुभयो ।

त्यसको केन्द्रीय अध्यक्षमा डा बाबुराम भट्टराई हुनुहुन्थ्यो । नेता भण्डारीका अनुसार विसं २०५१ मा संयुक्त जनमोर्चाबाट डा भट्टराई र निरञ्जन वैद्य अलग्गिएर छुट्टाछुट्टै पार्टी खोलेपछि विसं २०५४ को जनकपुर सम्मेलनले शेरचनलाई संयुक्त जनमोर्चाका केन्द्रीय अध्यक्ष बनाएको थियो ।
 
एकता केन्द्र र संयुक्त जनमोर्चाका तर्फबाट विसं २०४८ को निर्वाचनमा उम्मेदवार बन्नुभएका शेरचन चितवन क्षेत्र नं ३ बाट निर्वाचित हुनुभयो । विसं २०५९ मा संयुक्त जनमोर्चा र राष्ट्रिय जनमोर्चा मिलेर बनेको जनमोर्चा नेपालको अध्यक्ष पनि शेरचन नै हुनुभयो । विसं २०६३ मा सो पार्टी  विघटन भएको घोषणा गरी तत्कालीन नेकपा (माओवादी)मा समाहित भएको थियो  ।

उक्त पार्टीमा शेरचन स्थायी समिति सदस्य बन्नुभएको थियो । यससँगै उहाँले पार्टीको अनुशासन कमिटीको अध्यक्षको भूमिका पनि निर्वाह गर्नुभयो । शेरचन विसं २०६३ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीसमेत बन्नुभएको थियो ।
 
विसं २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा उहाँ चितवन क्षेत्र नं ५ बाट विजयी हुनुभयो । राज्य विद्रोहको मुद्दा लागेर पटकपटक हिरासतमा रहँदा त्यहीँ प्रहरीलाई समेत कुटपिट गर्नुभएका शेरचन कम्युनिष्ट नेताहरुमध्येका साहसी नेता भएको उहाँसँग निकट रहेर राजनीति गर्नुभएका माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले राससलाई बताउनुभयो ।

शेरचन नेकपा (एमाले) र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आमन्त्रित सदस्य हुनुहुन्थ्यो । यसअघि उहाँ गण्डकी प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो । केपी शर्मा ओली नेतृत्वको सरकारले उहाँको ठाउँमा चितवनकै सीता पौडेललाई नियुक्त गरेको थियो ।
 
को हुनुहुन्छ गुरुङ ?

विसं २००६ माघ २५ गते कास्कीको घलेल गाउँमा जन्मिनुभएका गुरुङले प्राथमिक शिक्षा त्यहीँको घलेल गाउँमा अध्ययन गर्नुभयो । विसं २०१८ मा चितवन झर्नुभएका गुरुङले विसं २०२४ मा जुद्धोजय हाइस्कूल काठमाडौँबाट एसएलसी उत्तीर्ण गर्नुभयो । उहाँले अमृत साइन्स कलेजबाट आइएस्सी, त्रिचन्द्र कलेजबाट बिएस्सी र त्रिभुवन विश्वविद्यालयबाट एमएस्सी उत्तीर्ण गर्नुभयो ।
 
विसं २०३४ मा पृथ्वीनारायण क्याम्पसमा प्राध्यापकमा नियुक्त हुनुभएका उहाँ त्यसको एक वर्षपछि राजनीतिक मुद्दा लागेर बर्खास्तमा पर्नुभयो । विसं २०३६ को जनमतसङ्ग्रहमा कास्कीको निर्वाचनमा सक्रियरूपमा लाग्नुभएका गुरुङ त्यसपछिका केही वर्ष काठमाडौँमा गैरसरकारी संस्थामा काम गर्नुभयो ।
 
विसं २०४२ मा चितवन फर्किनुभएका उहाँ नेपाली कांग्रेस चितवनको सहसचिवमा नियुक्त हुनुभयो । विसं २०४६ को जनआन्दोलनमा सङ्घर्ष समितिका पाँच सदस्यमध्ये एक गुरुङ विसं २०४८ मा चितवन क्षेत्र नं ३ बाट शेरचनसँगै चुनावी प्रतिस्पर्धा गर्नुभयो । निर्वाचनमा पराजयपछि विसं २०४९ मा उहाँ सुकुम्बासी आयोगको केन्द्रीय सदस्य हुनुभयो । त्यतिबेला उहाँ नवलपरासीको इन्चार्ज हुनुहुन्थ्यो ।

नेपाली कांग्रेसको विभाजनसँगै विसं २०६१ मा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्त्रिक) चितवनको सभापति बन्नुभयो । पार्टी एकता भएपछि सहसभापति बन्नुभएका गुरुङ त्यसयता कांग्रेस चितवनको सल्लाहकारका रूपमा क्रियाशील हुनुहुन्छ ।

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ गुरुङ विद्वान र इमान्दार नेता भएको बताउनुहुन्छ । कांग्रेसलाई सशक्त बनाउन उहाँ आफ्नो जीवनभर लागिपरेको श्रेष्ठको भनाइ छ ।

अन्य प्रशस्त अवसर भएर पनि सबै त्यागेर पूर्णकालीनरूपमा कांग्रेसमा प्रतिबद्ध हुनुभएका गुरुङमाथि सरकारले न्याय गरेको श्रेष्ठले बताउनुभयो ।


प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  ०९:४४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्