Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • बाँकेमा जब प्रहरी आफै लागू औषध कारोबारी बनेर किन्न गयो, यसरी परे कुख्यात कारोबारी प्रहरीको फन्दामा
बाँकेमा जब प्रहरी आफै लागू औषध कारोबारी बनेर किन्न गयो, यसरी परे कुख्यात कारोबारी प्रहरीको फन्दामा
अर्पणा योगी
अर्पणा योगी सोमबार, मंसिर १८, २०८०

बाँके । बाँके प्रहरीलाई एउटा सूचना आउँछ की कुनै व्यक्ति लागू औषध चरेस र अफिम भारतीय बजारमा पठाउनको लागि प्रयास गरिरहेको छ र डिल गर्न विभिन्न व्यक्तिसँग पैसाको बार्गेनिङ भइरहेको छ । 

तब अलर्ट भएको बाँके प्रहरीले एउटा गोप्य अपरेसन थाल्छ र उक्त व्यक्तिको हुलिया, नाम, ठेगाना पत्ता लगाउँछ । तर चरेस र अफिम कहाँ छ र रंगेहात पक्राउ गर्न प्रहरी नै सादा पोसाकमा कारोबारी बनेर विभिन्न माध्यमबाट कुख्यात अपराधी पटक पटक लागू औषध मुद्दामा परेको रेवन्त रानासँग सम्पर्क स्थापित गर्छ । 

त्यसपछि रानाका हरेक क्रियाकलापलाई नजिकबाट नियालिरहेको प्रहरीले २०८० साल मङ्सिर १६ गते राती अन्दाजी ८:४५ बजेको समयमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले घर तथा निजको बा ५ प ८११५ नम्बरको कार चेकजाँच गर्छ । चेक जाँच गर्दा प्रहरी समेत चकित पर्छ । 

चकित पर्नुको कारण के थियो की ठुलो परिमाणको चरेस तौल गर्दा १२ केजी ७ सय ४ ग्राम र लागू औषध अफिम तौल गर्दा २ केजी १ सय १६ ग्राम प्रहरीको नियन्त्रणमा आइपुग्छ । अर्क अचम्म पार्ने कुरो त के थियो भने सो अपराध कर्ममा उनको श्रीमती समेत सामेल थिइन । जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ४० को रेवन्त राना र श्रीमती वर्ष ३३ की कविता थापा प्रहरीको फन्दामा रंगेहात पक्राउ पर्छन् ।

प्रहरी स्रोतका अनुसार भारतीय बजारमा १ केजी चरेसको मूल्य करिब ४० लाख रहेको छ भने एक केजी अफिमको मूल्य भारतीय बजारमा १७ लाख सम्म रहेको छ । यसको हिसाबकिताब गर्दा करिब चरेसको मूल्य ५ करोड ८ लाख र अफिमको मूल्य करिब ३५ लाख ७० हजार पर्न जान्छ । करिब ५ करोड ४३ लाख ७० हजार बराबरको लागू औषध पक्राउ गर्न बाँके प्रहरी सफल भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार निज रेवन्त रानाको मिति २०७१ साल चैत्रको महिना १९ गते जिल्ला प्रहरी कार्यालय बर्दियाबाट लागू औषध ब्राउन सुगर शीर्षकमा मुद्दा चलेको त्यसै गरी २०७२ साल असोज २० गते जिल्ला प्रहरी कार्यालय बाँकेबाट केही सार्वजनिक अपराधमा मुद्दा चलेको र मिति २०७३ साल असार ३ गते ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट लागू औषध चरेस शीर्षकमा मुद्दा चलेको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) नारायण डाँगीले दिएको जानकारी अनुसार निज लागू औषध कारोबारीहरूलाई लागू औषध नियन्त्रण ऐन २०३३ को दफा १४ बमोजिम १५ वर्ष देखि जन्म कैद र रु ५ लाख देखि २५ लाख सम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान रहेको जानकारी दिनुभयो ।


प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १७:४८
#बाँके
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्