Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • आमाको मृत्यु र बुवाले अर्को बिहे गरेपछि बिचल्लीमा परेका बालबालिकाको पढाइ खर्च व्यापारी मुरारकाले बेहोर्ने 
आमाको मृत्यु र बुवाले अर्को बिहे गरेपछि बिचल्लीमा परेका बालबालिकाको पढाइ खर्च व्यापारी मुरारकाले बेहोर्ने 
नेपालकागज
नेपालकागज बुधबार, जेठ २६, २०७८

आमाको मृत्यु र बुवाले अर्को बिहे गरेपछि बिचल्लीमा परेका बालबालिकाको पढाइ खर्च व्यापारी मुरारकाले बेहोर्ने 

बाजुरा । बडिमालिका नगरपालिका–२ माझीगाउँमा आमाको मृत्यु र बुवाले अर्को बिहे गरेर भारत गएपछि नाबालक चार भाइबहिनी दयनिय अवस्थामा अलपत्र परेको समाचार नेपाल कागज लगायतका संचारमाध्यममा आएपछि व्यापारी तथा समाजसेवी सुशान्त मुरारकाले पढाई खर्च व्यहोर्ने जिम्मा लिनुभएको छ । 

नाबालक चार दलित भाइबहिनी बुढा बाजे अर्जुन दमाई र बज्यै बिस्नाको संरक्षणमा रहेको र बाजे-बज्यैको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले नाबालक नाति नातिनी पाल्न निकै समस्या भएको भन्ने समाचार संप्रेषण भएपछि उनिहरुको उद्धारकालागी मुरारकाले पहल गर्नुभएको थियो । 

प्रेस युनियनका उप-महासचिव प्रेम केसी, पत्रकार महासंघ बर्दियाका जिल्ला अध्यक्ष यादव आचार्य, नेपाल कागजका बर्दिया जिल्ला संवाददाता हरी गुरुङ, प्रेस युनियन जिल्ला शाखा बाजुराका अध्यक्ष प्रेमबहादुर रौलेको समन्वयमा वालवालिकाको नाममा वज्यै विस्ना दमाइ संरक्षक रहनेगरी खाता खोलेपछि मुरारकाले हाल निषेधाज्ञाको अवधिमा खानलाउन समस्या नपरोस भनेर छुट्टै ५१ हजार रुपैँया उक्त बैंक खातामा जम्मा गरिदिनुभएको छ । 

"नाबालक चार भाइबहिनी दयनिय अवस्थामा अलपत्र परेको समाचार पढेपछि अत्यन्तै दु:ख लागेर आयो, उनिहरुको भविष्य सुरु नहुँदै समाप्त हुन दिनुहुन्न भन्ने सोँचले मलाई झक्झक्याइ रह्यो ।" मुरारकाले भन्नुभयो, "मेरो सानो सहयोगले नानीवावुहरुको जिन्दगी बन्छ भने मैले किन नगर्ने? हामी नेपालीले आवश्यक परेको समयमा एक-अर्कालाई सहयोग नगरे कहिले गर्ने?"

मुरारकाले लामो समय देखी आफुले आर्जन गरेको तलवबाट केही रकम जम्मा गरेर स्वास्थ्य र शिक्षाको क्षेत्रमा विपन्न तथा समस्यामा परेकालाई सहयोग गर्दै आउनुभएको छ । 

मुरारकाले आफ्नो व्यवसायबाट आएको केही रकम छुट्याएर सामाजिक सेवामा खर्च गर्ने गरी कोष निर्माण गर्नुभएको छ । उहाँले उक्त कोषबाट विचल्लीमा परेका बालबालिकालाई हरेक वर्ष बैंक मार्फत आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।  

मुरारकाले बालबालिकालाई नेपालगंजको एक विद्यालयमा पढाउनका लागि पहल भइरहेको र पढाइ खर्च र खान बस्नको समेत व्यवस्था आफैले गर्ने गरी बालबालिकालाई लैजाने बताउनुभयो । 

विचल्लीमा परेका बालबालिकाहरुलाई दाताले शिक्षा दिक्षा दिनका लागि सहयोग गरेकोमा खुुसी व्यक्त गर्दै बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले धन्यवाद दिनुभएको छ ।  

त्यस्तै बडिमालिका नगरपालिका–२ माझीगाउँका वडाध्यक्ष डम्बर महतका अनुसार व्यवसायी तथा समाजसेवी मुरारकाले गरेको सहयोग प्राप्त भएको छ । 

वडाध्यक्ष महतले नाबालक चार दलित भाइबहिनी मात्र नभएर खान-लाउन समस्यामा परेका बाजे अर्जुन दमाई र बज्यै बिस्ना दमाइलाई ५१ हजार पठाएर सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो," मनकारी मुरारकाले बालबालिकालाई शिक्षा-दिक्षाकोलागी सहयोग गरेकोमा धन्यवाद दिन्छु, त्यती मात्र नभएर बालबालिका र बाजे-बज्यैलाई खनालउन समस्या नहोस् भनेर छुट्टै आर्थिक सहयोग गरेकोमा खुशी छु ।"

व्यापारी मुरारका लामो समयदेखी समाजसेवामा आवद्ध हुनुहुन्छ । यस् अघि उहाँले कोरोना संक्रमणका कारण फैलिएको ब्ल्याक फंगसका विरामिहरुलाईपनी सहयोग गर्नुभएको थियो ।


प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १२:३२
#बाँके
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्