बर्दिया । नेपाली कांग्रेसका युवा नेता तथा महाधिवेशन प्रतिनिधि विनय रावलले आइसियुमा राखेर उपचाररत हरि श्रेष्ठलाई आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ ।
करिब एक महिना अघि गाडीको ठक्करबाट गम्भीर घाइते हुनुभएका ठाकुरबाबा नगरपालिका वडा नम्बर १ निवासी श्रेष्ठलाई नेता रावलले १५ हजार आर्थिक सहयोग गर्नुभएको हो ।
त्यस्तै नेता रावलले स्तन क्यान्सरबाट पीडित ६५ वर्षीया मनमति सुनारलाई आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ । रावलले ठाकुरबाबा नगरपालिका वडा नम्बर २ निवासी सुनारलाई उपचारका लागी १० हजार सहयोग गर्नुभएको हो ।
त्यस्तै युवा नेता रावलले मुटुको रोगबाट पीडित ३५ वर्षीया फुलवस्नि थारूलाई आर्थिक सहयोग गर्नुभएको छ ।
ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ निवासी थारूलाई उपचारका लागि समाजसेवी रावलले ७ हजार आर्थिक सहयोग गर्नुभएको उहाँको स्वकीय सचिवालयले जानकारी दिएको छ ।
आगामी दिनमा पनि बर्दियाका विपन्न वर्गका पीडित बिरामीहरुलाई सक्दो सहयोग गर्दै जाने नेता रावलले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
उहाँले प्रतिक्रिया दिँदै भन्नुभयो, "बर्दियालीहरुको साथमा साथ, काँधमा काँध मेरो उदेश्य मात्र नभएर गन्तब्य पनि हो । म बर्दियाको छोरा हुँ । त्यहाँका दिदिबहिनी, दाजुभाइ तथा आमाबुबाहरुको समस्यामा आजीवन साथमा रहनेछु ।"
प्रकाशित मिति: बुधबार, असार ८, २०७९, ११:२९:००