नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका–४ स्थित खजुरा मिनिपार्क एण्ड रिसोर्ट प्रा.लि.बाट जुवातास खेल्दै गरेका १३ जनालाई धनौली प्रहरीले पक्राउ गरेको छ।
जेठ २ गते राति करिब साढे १ बजेको समयमा कोठा नम्बर १०५ मा हारजित हुने गरी जुवा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धनौली बाँकेबाट प्रहरी निरीक्षक नवीन चापागाईंको नेतृत्वमा खटिएको टोलीले छापा मार्दा उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
प्रहरीले जुवाखालबाट नगद रु. १,२८,३१० (एक लाख अठ्ठाइस हजार तीन सय दश) बरामद गरेको जनाएको छ। साथै, खोलिएको तासको गड्डी २ थान र नखोलिएको तास ३ थान समेत नियन्त्रणमा लिइएको बाँके प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० बस्ने ६० वर्षीय प्रमोद के.सी., खजुरा गाउँपालिका–८ बस्ने ३३ वर्षीय एकराम हुसेन, खजुरा गाउँपालिका–३ बस्ने ४२ वर्षीय दिपक कडेल, खजुरा गाउँपालिका–८ बस्ने २७ वर्षीय अब्दुल मिया, खजुरा गाउँपालिका–८ बस्ने ३० वर्षीय सफिक खाँ, बैजनाथ गाउँपालिका–५ बस्ने ३० वर्षीय नबि हुसेन, सोही स्थान बस्ने ३८ वर्षीय जमालुदिन, जानकी गाउँपालिका–३ बस्ने अन्दाजी ३६ वर्षीय साकिर अली बागवान, बर्दिया बारबर्दिया नगरपालिका–७ बस्ने ३५ वर्षीय दुर्गा बोहरा, बारबर्दिया नगरपालिका–६ बस्ने अन्दाजी ३३ वर्षीय छबिलाल गिरी, सोही स्थान बस्ने २७ वर्षीय सुजन पुरी, बारबर्दिया नगरपालिका–७ बस्ने ३० वर्षीय नबिन शाही र बारबर्दिया नगरपालिका–५ बस्ने ४६ वर्षीय प्रेम गिरी रहेका छन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ।