काठमाडौं । नेपाल प्रहरीले लागुऔषधविरुद्ध गरेको देशब्यापी कारबाहीमा १७ जना विभिन्न किसिमका लागुऔषधसहित पक्राउ परेका छन्।
प्रहरीको कारबाहीमा नवलपरासी पश्चिमको सुनवल नगरपालिका–२ मुखिया टोलबाट १८ किलो ६ सय ८८ ग्राम गाँजासहित ६० वर्षीया बेली बनिया पक्राउ परेकी छन्। इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको टोलीले घर तलासीका क्रममा उक्त गाँजा बरामद गरेको हो।
ललितपुरको गोदावरी नगरपालिका–५ लेलेबाट ३० किलोग्राम गाँजासहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा किरण कुमार परियार, निर्मल घलान र राज कुमार सुन्दास रहेका छन्। प्रहरी वृत्त चापागाउँको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
सुनसरीको इनरूवा नगरपालिका–४ बसचोकबाट १ ग्राम ९ सय ७० मिलिग्राम ब्राउन सुगरसहित इटहरी उपमहानगरपालिका–१६ बस्ने २४ वर्षीय सुशान ठाकुर पक्राउ परेका छन्।
बाँकेको कोहलपुर नगरपालिका–६ रझेनाबाट ट्रामाडोल १ सय ८८ ट्याब्लेट र नाइट्राजेपाम १ सय ७८ ट्याब्लेटसहित २४ वर्षीय पवन कुमार केसी पक्राउ परेका छन्।
त्यसैगरी नेपालगन्ज उपमहानगरपालिका–१५ बाट ट्रामाडोल २० ट्याब्लेट र नाइट्राजेपाम ५० ट्याब्लेटसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–५ का २६ वर्षीय समिर घर्ति र २६ वर्षीय रमेश गन्दर्भ रहेका छन्।
सिराहाको सुखीपुर नगरपालिका–८ महदेवाबाट ९ सय ९० मिलिग्राम ब्राउन सुगरसहित २३ वर्षीय सुशिल कुमार चौधरी पक्राउ परेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका–३ बाट १ सय ३० मिलिग्राम ब्राउन सुगर र स्पास्मो ६ ट्याब्लेटसहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २१ वर्षीय अविशेक शर्मा, २० वर्षीय देव शर्मा र २७ वर्षीय सन्जिव रिजाल रहेका छन्।
नवलपरासी पूर्वको कावासोती नगरपालिका–१ कोईलापानीबाट ट्रामाडोल ६३ ट्याब्लेट र एनारगन ६६ ट्याब्लेटसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २४ वर्षीय सुनिल विक र २३ वर्षीय अनिल सुनार रहेका छन्।
सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट ४७ ग्राम खैरो हेरोइनसहित ३ जना शनिबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदित नारायण राय अमात, पदम बहादुर जोगी र निकास आले रहेका छन्।
यस सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।