बैतडी । बैतडीमा जन्ती बस दुर्घटनामा मृतकको संख्या १३ पुगेको छ।बिहीबार राति करिब साढे ७ बजे पुर्चौडी नगरपालिका–७ भौनीबाट बेहुली लिएर घर फर्किंदै गरेको सु. प्र ०२–००१ ख १११९ नम्बरको बस सोही वडाको बढ्गाउँ मोडबाट सडकबाट करिब सय मिटर तल खस्दा ठूलो मानवीय क्षति भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनाको डडेलधुरा अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
दुर्घटनामा ज्यान गुमाउनेहरू सबै बेहुलाको परिवार र नजिकका आफन्त रहेका छन्। मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ४२ वर्षीय नरेशराज जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी, २४ वर्षीय वसन्त जोशी, १७ वर्षीय विसनदत्त जोशी, २८ वर्षीय दीपकराज जोशी र ४६ वर्षीय किसनदत्त जोशी रहेका छन्। त्यस्तै जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय वसन्तराज रतला, केदारस्यूँ गाउँपालिका–७ का २७ वर्षीय केशवराज भट्ट र ६० वर्षीय मोहनदेव भट्ट, पुर्चौडी नगरपालिका–७ की १४ वर्षीया सुशील जोशी तथा ४० वर्षीया पुष्पा अवस्थीको पनि मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका ३४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेमा १४ वर्षीया उर्मिला जोशी, ५२ वर्षीय नन्दलाल कोइराला, ४५ वर्षीय धनपती अवस्थी, ४६ वर्षीया चन्द्रा अवस्थी, ४७ वर्षीया कलबती अवस्थी, १७ वर्षीय पुष्करराज जोशी, प्रतिभा जोशी, ४६ वर्षीय बिजयराज जोशी, १३ वर्षीय प्रेमराज जोशी, १७ वर्षीया छतेश्वरी जोशी, ४० वर्षीय हरि बोहरा, १३ वर्षीय प्रतिक जोशी, १४ वर्षीया रेनुका जोशी, ३७ वर्षीया सरिता अवस्थी, ४६ वर्षीय पदमराज जोशी, २१ वर्षीय दिनेश जोशी, ११ वर्षीय अमृत जोशी, ८ वर्षीय प्रबेश जोशी, १२ वर्षीया मनिषा जोशी, ५५ वर्षीय गेहेन्द्रराज जोशी, ६० वर्षीय शंकरदत्त जोशी, ५८ वर्षीया रगुना अवस्थी, १७ वर्षीया आरति जोशी, ५० वर्षीय कृष्णदत्त जोशी, २२ वर्षीय मनोज जोशी, ३८ वर्षीय बिरबहादुर धामी, ३१ वर्षीया कृष्णा जोशी, १८ वर्षीया जानकी भट्ट, १८ वर्षीया किरण अवस्थी, २० वर्षीय कमलप्रशाद जोशी, १८ वर्षीय उत्सवराज जोशी, ५० वर्षीय नमराज जोशी, १९ वर्षीया हेटेश्वरी कुमारी जोशी र १३ वर्षीय बिपिन जोशी रहेका छन्।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। शोकमा डुबेको गाउँमा अहिले मातम छाएको छ भने घाइतेहरूको उपचारका लागि स्थानीय प्रशासन र सुरक्षाकर्मी परिचालन गरिएको छ।