काठमाडौं । चितवनको टिकौली जंगलमा एउटा ट्रक र दुईवटा बस एकआपसमा ठोक्किँदा ३३ जना घाइते भएका छन् । जिल्लाको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा भएको दुर्घटनामा ३३ घाइतेमध्ये ८ जनाको अवस्था मध्यम खालको रहेको प्रहरीले जानकारी दिएको छ।
चितवन प्रहरीका अनुसार आज बिहाम करिब पौने २ बजे इँट्टा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस ठोक्किएको र सोही बसमा जनकपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बा प्र०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुबाहक बस समेत ठोक्किएको हो।
दुर्घटना लगत्तै भरतपु्रस्थित  सशस्त्र प्रहरी नं. १७ गण आँपटारीबाट खटिएको टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । सशस्त्र प्रहरीका अनुसार दुर्घटनाका घाइतेहरुमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको छ
चितवन प्रहरीले बाप्र०३–००१ख ३९०२ नम्बरको रुद्राक्ष बसका चालक धनुषा जिल्ला शहीद नगरपालिका–४ बस्ने ४३ वर्षीय कृष्ण मण्डललाई नियन्त्रणमा लिएको छ ।
यी हुन् चितवन मेडिकल कलेजमा उपचार भइरहेका घाइते-
१- उदयपुरको त्रियुगा नगरपालिका– १० बस्ने २० वर्षीय सार्थक बाबु श्रेष्ठ ।
२- धनुषाको जनकपुर उपमहानगरपालिका– १७ बस्ने ३९ वर्षीय सदाकत मिया ।
३- सोही ठाउँ बस्ने ५२ वर्षीय नरेन्द्र शाह ।
४- धनुषाको जनकपुर उपमहानगरपालिका– ७ बस्ने १७ वर्षीय समिर अन्सारी ।
५-  धनुषाको जनकपुर उपमहानगरपालिका– १ बस्ने ४६ वर्षीय बसन्त झा ।
६-  धनुषाको जनकपर उपमहानगरपालिका– ४ वस्ने ४९ वर्षीय मुकेशलाल कर्ण ।
७- सोही ठाउँ बस्ने ३४ वर्षीया अन्जु कर्ण ।
८- सोही ठाउँ बस्ने आरुष कर्ण ।
९- धनुषाको लक्ष्मीनिया गाउँपालिका– ४ बस्ने १९ वर्षीया विद्या चौधरी ।
१०- रौतहटको राजदेवी नगरपालिका– १ बस्ने २० वर्षीय अनिकेत कुमार साह ।
११-रौतहटको बृन्दावन नगरपालिका– ३ बस्ने ११ वर्षीय आरभ मिश्र ।
१२- रौतहटको राजदेवी नगरपालिका– १ बस्ने कुष्ण कमार साह ।
१३- रौतहटको गौर नगरपालिका–५ बस्ने ४१ वर्षीय मुकेश कुमार केसरी ।
१४- महोत्तरीको पिपरा गाउँपालिका– १ बस्ने गितादेवी यादव ।
१५- महोत्तरीको पिपरा गाउँपालिका–१ बस्ने ३७  वर्षीय राम श्रेष्ठ ।
नेशनल सिटी अस्पताल भरतपुरमा लगिएका घाइतेहरु
१- धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने २८ वर्षीय आलोक कुमार राउत ।
२- धनुषाको जलेश्वर नगरपालिका–५ बस्ने २० वर्षीय आदित्य कुमार सिंह ।
३- सोही ठाउँ बस्ने ४३ वर्षीया रेखा सिंह ।
४- सोही ठाउँ बस्ने २१ वर्षीया अञ्जली सिंह ।
५- रौतहटको राजदेवी नगरपालिका–२ बस्ने २१ वर्षीय मोनु कुमार महतो ।
६- रौतहटको गौर नगरपालिका–९ बस्ने ६६ वर्षीया गम्भिरादेवी ठाकुर ।
७- रौतहटको गरुडा नगरपालिका–७ बस्ने ५० वर्षीय विजय साह ।
८- सोही ठाउँ बस्ने ४० वर्षीय उर्मिला कुमारी साह ।
९- रौतहटको बृन्दावन नगरपालिका–३ बस्ने ६२ वर्षीया सुनितादेवी मिश्रा ।
१०- भारत मोतिहारी बस्ने ३२ वर्षीय सुनिल प्रसाद ।
११- भारत मोतिहारी बस्ने २५ वर्षीया सुभद्रा कुमारी चौधरी ।
१२- भारत मोतिहारी बस्ने ७ वर्षीया पृया जैशवाल ।
१३- भारत मोतिहारी बस्ने ४ वर्षीया कृती जैशवाल ।
भरतपुर सरकारी अस्पतालमा लगिएका  घाइतेहरु
१- धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ बस्ने १९ वर्षीया दिव्या चौधरी ।
२- रौतहटको दुर्गाभगवती गाउँपालिका–२ बस्ने ३० वर्षीय राजकिशोर दास ।
३- रौतहटको माधवनारायण नगरपालिका–५ बस्ने १९ वर्षीय रोशी कुमार साह ।
४- सोही ठाउँ बस्ने २५ वर्षीय राजु दास ।
५- भारत मोतिहारी बस्ने २२ वर्षीय महमद साहेब।