Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • देशका कीराहरु: वाइडबडी जहाजमा एक अर्ब ४७ करोड, एमडिएमएस खरिदमा करिब ९२ करोड भ्रष्टाचार
देशका कीराहरु: वाइडबडी जहाजमा एक अर्ब ४७ करोड, एमडिएमएस खरिदमा करिब ९२ करोड भ्रष्टाचार ‘मन्त्री र सचिव सहित ३२ जना प्रतिवादी, दूरसञ्चारका ११ र वायुसेवाका सात उच्च अधिकारी निलम्बित'
नेपालकागज
नेपालकागज बुधबार, वैशाख १२, २०८१

तस्बिर - गुगलबाट तानिएको
काठमाडौँ(बागमती प्रदेश ब्युरो) । भ्रष्टाचारीलाई किरा परोस भन्ने नारा चलिरहेको बेला प्राय सबै कर्मचारीको क्याबिन चिर्दा बहिर लेखिएको हुन्थ्यो । "भ्रष्टाचारीलाई प्रवेश निषेध" अख्तियारले मुद्दा  हाल्दा स्वतह: निलम्बनमा परेका अधिकारीहरूसँग हाम्रो पत्रकार ज्युहरू कुनै स्पेसिफिक मिडिया मात्र नभएर प्राय सबै सञ्चारकर्मी जाँदा अत्यन्तै ईमान्दार देखाउने नसके पत्रकारलाई प्रभावित गर्न खोज्ने तिनै ब्यक्तिहरू आज मुख देखाउने लायक रहेका छैनन। नेपाली जनतबको करलाई आफ्नो पैत्रिक सम्पत्ति जसरी चलाउनेका बारेमा विभिन्न मिडियामा स्रोतले जानकारी दिइरहेको थियो ।३ महिना अघिबाट इमान्दार सबै खाले ब्रान्डेड मिडिया तथा पत्रकारज्युहरूले गोप्य अनुसन्धान थालिएको थियो । त्यसपछि समाचार आए । अख्तियार एक्टिभ भयो । अख्तियारले अहिले भिभिआपी प्रशाशक र मन्त्रीलाई समेत प्रतिवादी बनाएर मुद्दा चलाएको छ । यी जनतामारा लुटेराको कहानी  यस्तो छ......

भ्रष्टाचार मुद्दा लागेर दूरसञ्चार प्राधिकरणका ११ र वायुसेवा निगमका सात उच्च अधिकारी निलम्बित भएका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) र वाइडबडी जहाज खरिदमा भ्रष्टाचार गरेको आरोपमा दूरसञ्चार प्राधिकरण र वायुसेवा निगमका ठूलो संख्याका कर्मचारीविरुद्ध एकैपटक मुद्दा चलाउँदा ती संस्था झन्डै रित्तिन पुगेका छन् । 

चैत दोस्रो र तेस्रो साता एमडिएमएस र वाइडबडी भ्रष्टाचारमा गरिएको मुद्दा दायरमा दूरसञ्चारका ११ र निगमका सात बहालवाला कर्मचारी परेका हुन् । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार मुद्दा दायर भएपछि बहालवाला कर्मचारी स्वतः निलम्बित हुने व्यवस्था छ । 

वाइडबडी जहाज खरिदमा एक अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले २२ चैतमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री जीवनबहादुर शाही र सचिव शंकरप्रसाद अधिकारीसहित ३२ जनालाई प्रतिवादी कायम गरेर मुद्दा दायर गरेको थियो । त्यस्तै, एमडिएमएस खरिदमा करिब ९२ करोड भ्रष्टाचार भएको ठहर गर्दै त्यसमा संलग्न दुई पूर्वअध्यक्ष र परामर्शदातासहित २१ जनालाई प्रतिवादी बनाएर १५ चैतमा मुद्दा चलाएको थियो । 

एमडिएमएस खरिद प्रक्रियामा संलग्न भई अनियमितता गरेको आरोपमा अख्तियारले दूरसञ्चार प्राधिकरणका तीन महाशाखा प्रमुखविरुद्ध मुद्दा दायर गरेको थियो । प्राधिकरणमा सातवटा महाशाखा रहेकामा तीन महाशाखाका प्रमुख नै निलम्बित भएका छन् । निलम्बित हुनेमा स्तरीकरण महाशाखाका निर्देशक मीनप्रसाद अर्याल, प्रशासन महाशाखाका निर्देशक दीपेश आचार्य र पूर्वाधार महाशाखाका निर्देशक सुरेन्द्रलाल हाडा छन् । स्तरीकरण महाशाखाले दूरसञ्चार एवं सूचना प्रविधि सम्बन्धमा अपनाउनुपर्ने नीति, कार्यक्रम तथा सुधारका पक्षहरूमा सुझाव पेस गर्ने, दूरसञ्चार सेवासम्बन्धी उपकरणको आयातलाई व्यवस्थित तथा पूर्वाधारको स्तर निर्धारण गर्न मापदण्ड तोक्ने र त्यसको कार्यान्वयन गराउने, सेवा प्रदायकहरूलाई दिने सेवाको मापदण्ड तोक्न पेस गर्ने र कार्यान्वयनको अनुगमन गर्नेलगायतका काम गर्छ । 

त्यस्तै, प्रशासन महाशाखाले कार्यालयको जनशक्ति तथा आन्तरिक व्यवस्थापन, आम्दानी र खर्चको लेखांकन, प्राधिकरणको वार्षिक कार्यक्रमअनुसारका कार्यहरूको आवधिक प्रगति विवरण तयार गर्नेलगायतका काम गर्छ भने पूर्वाधार महाशाखाले सेवा प्रदायकहरूले स्थापना गरेका दूरसञ्चार प्रणालीको आधारभूत पूर्वाधारहरूको आवधिक लगत राख्ने, पूर्वाधार विकासका लागि कार्य गराउने, सेवा सञ्चालकहरूले अनुमतिपत्रमा उल्लेख गरेअनुसार सेवा सञ्चालन गरे÷नगरेको सुपरिवेक्षण गर्ने, सूचना प्रविधिको पहुँच विस्तारका लागि गर्नुपर्ने कार्य पहिचान गर्नेलगायतका काम गर्छ । 

अख्तियारले निर्देशकभन्दा मुनिका अन्य कर्मचारीलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । त्यसमा ग्रामीण दूरसञ्चार विकास शाखाका उपनिर्देशक विनोदचन्द्र श्रेष्ठ, योजना तथा व्यवस्थापन सूचना प्रणाली शाखाका उपनिर्देशक रेवतीराम पन्थ, अनुमतिपत्र व्यवस्थापन शाखाका उपनिर्देशकहरू सन्दीप अधिकारी र सूर्यप्रसाद लामिछाने, फ्रिक्वेन्सी, सेवा गुणस्तर तथा सेवा प्रवाह अनुगमन शाखाका उपनिर्देशक अच्युतानन्द मिश्र, आर्थिक प्रशासन शाखाका सहायक निर्देशक विजयकुमार राय यादव, फ्रिक्वेन्सी वितरण तथा व्यवस्थापन शाखाका सहायक निर्देशकहरू प्रतीक्षा पौडेल र निराजन कोइरालाविरुद्ध मुद्दा दायर भएको हो । 

प्राधिकरणका बोर्डसदस्य नवराज अधिकारी ठूलो संख्यामा कर्मचारी निलम्बनमा पर्दा नियमित काममा स्वाभाविक रूपमा असर पर्ने बताउँछन् ।

वायुसेवा निगममा पनि उस्तै अवस्था छ । अख्तियारले प्रतिवादी बनाएकामा निगमका नायब महाप्रबन्धक जनकराज कालाखेती, निर्देशकहरू उपेन्द्र पौडेल, उमेश पौडेल र श्रवण रिजाल छन् । रिजाल वरिष्ठ क्याप्टेनसमेत हुन् । त्यस्तै, अर्का दुई निमित्त निर्देशकहरू सुवास रिजाल र रवीन्द्रकुमार शेरचन पनि प्रतिवादी छन् । उनीहरू दुवै निमित्त निर्देशकको समेत भूमिकामा थिए । उपनिर्देशक बृहत्मान तुलाधरविरुद्ध पनि मुद्दा लागेको छ । नायब महाप्रबन्धकदेखि निर्देशक, पाइलटसम्म निलम्बनमा पर्दा निगममा पनि नियमित काममा असर परेको छ । 


प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ११:०१
#अपराध #बर्दिया #बिचार #बाँके
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्