Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • २३ करोड ३७ लाख भ्रष्टाचार गर्ने भ्रष्टाचारी जनताको पैसाको लुटेरा सुनिल पौडेल दोषी ठहर
२३ करोड ३७ लाख भ्रष्टाचार गर्ने भ्रष्टाचारी जनताको पैसाको लुटेरा सुनिल पौडेल दोषी ठहर सुनिलविरुद्ध २३ करोड २७ लाख ५८ हजार बिगो निर्धारण विशेषको ठहर
नेपालकागज
नेपालकागज शनिबार, वैशाख ८, २०८१

तस्बिर : नेशनल पेमेन्ट गेटवे प्रकरणमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन उपनिर्देशक भ्रष्टाचारी जनताको पैसाको लुटेरा सुनिल पौडेल 

२३ करोड ३७ लाख भ्रष्टाचार गर्ने भ्रष्टाचारी जनताको पैसाको लुटेरा सुनिल पौडेल दोषी ठहर
सुनिलविरुद्ध २३ करोड २७ लाख ५८ हजार बिगो निर्धारण विशेषको ठहर

काठमाडौँ । तपाइ हामी २० रुपैयाँ १० रुपैयाँ ५०-१००-२००-हजार लिएको त देख्छौँ तर माथिल्लो तहमा बस्ने प्रशासकले कति गम्भीर गल्ती मात्र नभएर अपराध गर्छ त्यस्तालाई देख्दैनौँ । हाम्रो पापी आँखाले रोजगार विहीन, प्रहरी, सशस्त्र सुरक्षा निकायको ग्ल्यामरस छवि  देखेर रिस मान्दै तिनकै पछि कुद्छौँ । यती लाख खायो , यती हजार खायो । हे हामी भेडा जनता वास्तवमा सबैभन्दा धेरै भ्रष्टाचार अन्य निकायमा हुन्छ । तिनै व्यक्तिसँग फोटो खिचाएर फेसबुकमा हाल्न लाज लाग्दैन । तिनकै चाकडीमा रमाउने तंपाइहामीले पनि भ्रष्टाचार गरेका छौँ किनकि भ्रष्टाचार पैसाको मात्रा हुँदैन सबै भन्दा ठुलो भ्रष्टाचार नीतिगत भ्रष्टाचार हो । अर्को तपाइ हाम्रो भ्रष्ट आचार नै आज यो देशमा ईमान्दारलाई फसाइन्छ  भ्रष्टाचारीको कट्टुको तुना समेटा धुन तंपाइहामी तयार हुन्छौँ । सिधा कुरा पाठक वर्ग ज्युहरू म पनि भ्रष्टाचारी हो । तपाइ पनि हो किनकि यस्ता भ्रष्ट नर पिपासु पापीलाई बच्चाउन तपाइ हामी नै लाग्छौँ र जय जयकार गर्छौँ । सुरक्षाकर्मीको २५-३० हजारको तलब एसपी डिआइजीको तलब ७०-८० हजार यिनका समाचार चाँहीँ सबैभन्दा पहिला लेख्ने यिनी औँलाले करोडौँ जनताको पैसा खानेलाई के गर्ने ? ऐले भ्रष्टाचारको केन्द्र प्रशासक भएको विभिन्न अनुसन्धानले देखाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीको ग्ल्यामरस चकाचौँध हतियारबाट हाम्रो मनोविज्ञान आकर्षित हुन्छ र मानवीय स्वभाव अनुसार तिनकै पछि रिस मानेर लाग्छौँ । तसर्थ गोलमाल कहाँ हुन्छ र कसरी हुन्छ भन्नेमा हामी सुसूचित हुनुपर्छ । 
यसरी भयो भ्रष्टाचार काण्ड 


सुनील पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रको उपनिर्देशक पदमा कार्यरत छँदा नेसनल पेमेन्ट गेटवेको परामर्श सफ्टवेयर खरिदका लागि आफ्नो नेतृत्वमा प्राविधिक सम्भाव्यता अध्ययन गराए ।
- परामर्श सेवा खरिदका लागि पौडेलले केन्द्रका तर्फबाट सिएमए स्मल सिस्टमएबीसँग परामर्श सेवा खरिदको सम्झौता गरे ।
- तत्पश्चात् परामर्श सेवा गरी प्रतिवादी (पौडेल)ले संस्थाको प्रमुखको हैसियतमा भुक्तानी दिने आदेश गरी २३ करोड २७ लाख ५८ हजार ७७ भुक्तानी गरेको देखिन्छ । 
- रकम भुक्तानी गरी खरिद गरिएको सफ्टवेयर सञ्चालनमा ल्याउनुपर्ने जिम्मेवारी संस्थाको प्रमुख (कार्यकारी निर्देशक)का रूपमा पौडेलको रहेकोमा हालसम्म पनि सञ्चालनमा आएको देखिएन ।

नेसनल पेमेन्ट गेटवे खरिदमा भएको २३ करोड ३७ लाख भ्रष्टाचार मुद्दामा एकजना मात्र दोषी ठहर भएका छन् । आठजनाले भने सफाइ पाएका छन् ।


विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको शुक्रबारको इजलासले एक साता लामो सुनुवाइपछि सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेललाई दोषी ठहर गरेको हो । उनी नेपाल टेलिकमका प्रबन्ध निर्देशक छँदा अख्तियारले मुद्दा चलाएको थियो ।

२५ वैशाखमा सजाय सुनाइने
सुनील पौडेल दोषी ठहर भए पनि विशेष अदालतले सजाय निर्धारण गरेको छैन । २५ वैशाखमा सजाय निर्धारण हुने विशेष अदालतका अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए । अख्तियारले १० वर्ष जेल सजाय मागदाबी गरेको थियो । अख्तियारले अन्य भ्रष्टाचार मुद्दामा पनि जोडिएका पौडेललाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । 


हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको यो मुद्दामा पौडेल एक्लैको संलग्नता रहेको ठहर विशेषको छ । ‘यसमा खरिद प्रक्रिया प्रारम्भ गर्दाको अवस्थामा प्रतिवादी सुनील पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रको उपनिर्देशक पदमा कार्यरत रहेको देखिन्छ । निजको नेतृत्वमा एनपिजी (नेसनल पेमेन्ट गेटवे)को परामर्श सफ्टवेयर खरिदका लागि प्राविधिक सम्भाव्यता अध्ययन गरी पेस भएको प्रतिवेदनका आधारमा उक्त एनआइटिसीका तत्कालीन कार्यकारी निर्देशकबाट सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ७० (२) को आधारमा तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवसमक्ष आशयपत्र स्वीकृतिका लागि पेस गरी स्वीकृत भएको देखिन्छ,’ विशेषले राय किताबमा उल्लेख गरेको छ । 

परामर्श सेवा खरिदका लागि पौडेलले केन्द्रका तर्फबाट सिएमए स्मल सिस्टमएबीसँग परामर्श सेवा खरिदको सम्झौता गरेका थिए । विशेषले फैसलामा थप भनेको छ, ‘तत्पश्चात् परामर्श सेवा गरी प्रतिवादीले संस्थाको प्रमुखको हैसियतमा भुक्तानी दिने आदेश गरी २३ करोड २७ लाख ५८ हजार ७७ भुक्तानी गरेको देखिन्छ । उक्त रकम भुक्तानी गरी खरिद गरिएको सफ्टवेयर सञ्चालनमा ल्याउनुपर्ने जिम्मेवारी संस्था प्रमुख (कार्यकारी निर्देशक)को रूपमा निज प्रतिवादीको रहेकोमा हालसम्म पनि सञ्चालनमा आएको देखिएन ।’

अख्तियारले मुद्दा चलाउँदा पौडेलसँग २३ करोड २७ लाख ५८ हजार बिगो दाबी गरेको थियो । विशेषले पनि सोही रकम बिगो निर्धारण गरेको छ । ‘... निज प्रतिवादीले कार्यकारी प्रमुखको हैसियतमा आफ्नो ओहोदाको कर्तव्य पालन गर्दा लापरबाही गरी रु. २३ करोड २७ लाख ५८ हजार ७७ मूल्य तिरी खरिद गरिएको परामर्श सेवा र सफ्टवेयर सञ्चालनमा नल्याई प्रयोगविहीन अवस्थामा रहेबाट निज प्रतिवादीको कारणले नेपाल सरकारको माथि उल्लेखित रकम दुरुपयोग हुन गई सरकारलाई हानि–नोक्सानी पुगेको देखिन्छ । तसर्थ उल्लिखित आधार, कारण र प्रमाणबाट प्रतिवादी सुनील पौडेलले आरोप दाबीबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुर गरेको ठहर्छ,’ राय किताबमा उल्लेख छ । 

सचिव मरासिनीसहित आठजनाले पाए सफाइ

विशेष अदालतले नेपाल सरकारका सचिव (तत्कालीन सहसचिव) मधुकुमार मरासिनी, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव छँदा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष रहेका सञ्जय शर्मा, तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्यायलाई सफाइ दिएको छ । त्यस्तै, केन्द्रका तत्कालीन निर्देशक तथा हालका उपनिर्देशक सफल श्रेष्ठ, तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेल, तत्कालीन लेखा अधिकृत निमबहादुर वली, तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा, केन्द्रका कम्प्युटर इन्जिनियर रामशरण गायकले पनि सफाइ पाए ।

६ वर्षअघि खरिद गरिएको नेसनल पेमेन्ट गेटवे अहिलेसम्म प्रयोगमा आउन नसकेको, आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत स्वीकृत गराई २५ करोडमा खरिद गरी सरकारको सम्पत्ति हानि–नोक्सानी तथा सरकारी रकमको दुरुपयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १५ असोजमा नौजनाविरुद्ध मुद्दा चलाएको थियो ।


 


 


प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  २१:०४
#अपराध
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्