जनतालाई १०० रुपैयाँको सामान मात्र ल्या नत्र जाक्छु भन्ने सशस्त्र कण्ठपुरका कनिष्ठ अधिकारी नै तस्करीमा संलग्न भएको आरोप !
डिएसपीलाई थाहा नदिएर सशस्त्र प्रहरी प्रेम बहादुर राणाको संलग्नतामा लाखौँ करोडौँको भन्सार छली गरेको गम्भीर आरोप
बर्दिया । कहिलेकाहीँ हाकिम सोझो, त्यहाँको भौगोलिक अवस्थितिको अनभिज्ञता र आफ्नो युनिट प्रतिको विश्वासका कारण विगतमा धेरै राम्रा समाजमा नाम कमाएका व्यक्तिहरूको चरित्रमा दाग लागेका प्रशस्तै घटना छन् । हो त्यस्तै घटना बर्दियाको कण्ठपुर बोडरमा रहेको प्रस्तावित गुल्ममा भएको छ । उक्त गुल्मका इन्चार्ज हुन दीपक कोइराला । सम्पूर्ण सबैलाई थाहा भएकै कुरा हो र यो मिडिया रिपोर्टमा आएका पनि छन् की कोहलपुर निवासी गिरी थरका नामुद तस्करको पसल कोहलपुरमा छ । ती गिरि नै सबै भन्दा ठुला तस्कर हुन । स्थानीय स्रोतका अनुसार जति पनि माल वस्तु बिना भन्सार ल्याइन्छ ती सामान रातारात कटाइन्छ ।
हामीलाई प्राप्त भिडियोका अनुसार एउटा ट्याक्टरमा करीब ५० केजीका १०० बोरा भन्सार छली गरेर भारतबाट फुटाहा नाका हुँदै लोड गरी लगिएको भेटिन्छ । ती सिल्ड बोरामा डट पेनले घोच्दा केहीमा मैदा केहीमा चिनी भेटिन्छ । नयाँ वर्षकै दिन ८ जना पत्रकारले संयुक्त रूपमा विभिन्न नाकामा गरेको रेकीमा कण्ठपुर सशस्त्र प्रहरीका कारण सम्पूर्ण सङ्गठनमा दाग लागेको छ । अर्को भिडियो छ जसमा मेड इन नेपाल लेखिएको १ -१ केजीका चिया पत्ती करिब १०० प्याकेट फेला पर्यो । लेखिएको छ मेड इन नेपाल तर आइरहेको छ भन्सार छली भारतबाट नेपाल ।
यता त्यही दिन नेपाल प्रहरीले सामान बरामद गर्छ, विज्ञप्ति निकाल्छ अब नाकामा तैनाथ सशस्त्रले छोडेका सामान प्रहरीले पक्राउ गर्दा सर्वसाधारणले के बुझ्ने त ? यसको मतलब नेपाल प्रहरीका अधिकारीहरूले आफ्नो धर्म र कर्म निभाएका छन् नै तर केही सशस्त्र प्रहरीले हाकिमलाई झुक्क्याएर वा हाकिमकै आदेशमा तस्करी गराएका छन् । करिब एक महिना अघि स्रोतले यी सबै अपराधमा सशस्त्रका केही जवान त्यस मध्यमा आफूलाई सशस्त्रको घुमुवा हुँ भनेर चिनाउने प्रेम बहादुर राणाको संलग्नता रहेको दाबी छ । स्रोतका अनुसार यी राणा ठूलो नाटकको एउटा सानो पात्र मात्र हुनसक्छन, भित्र खोतल्दै जाँदा तस्करीको अवैध सञ्जाल भेटिन्छ नै त्यसैले डेप्थमा नगएर सतही अनुसन्धानमा यी देखिए पनि यी परिचालित हुनसक्ने सम्भावना छ । कसले परिचालन गरिरहेको छ यो मुख्य प्रश्न हो जसको उत्तरको खोजी भइरहेको छ ।
अब सुरु हुन्छ नयाँ कथा
तस्करको हब बनेको फुटाहा नाकामा एउटा भत्केको पुल छ त्यसभन्दा अगाडी जाँदा ठुलो खाल्डो छ तर बाइक गाडी त्यो खाल्डोबाट आउँदा एक गियरमा राखेर मात्र उक्लन सकिन्छ । त्यो खाल्डो जानाजान गराइएको हो तस्करहरू द्वारा । किन भने कण्ठपुर सशस्त्र प्रस्तावित गुल्ममा डिएसपी दीपक कोइराला प्रमुख छन् । उनको संलग्नता छ वा छैन भन्ने विषय यो सिरिजको अर्को भागमा चर्चा गरौँला तर अन्तिम प्रतिवेदन समरी रिपोर्टमा संलग्नता देखिने बलियो आधार देखिएन । सो कुराको अनुसन्धान पुनः नेपाल कागज, बुटवल नेटवर्क, एनपी अनलाइन टिभी, ओेएस नेपाल लगायत डिसिनेपालका डेस्क सम्पादक शरद रिजाललगायतको जिम्मामा छोडिएको छ ।
अब सुरु हुन्छ उक्त नाकाबाट कसरी तस्करी हुन्छ त ?
त्यस्तै उद्योग वाणिज्य सङ्घ गुलरियाका वरिष्ठ उपाध्यक्ष लुम्बिनी प्रदेश सदस्य ग्याँस बिक्रेता सङ्घका प्रदेश सचिव एवं समाजसेवी इन्द्र कुमार श्रेष्ठले केही कनिष्ठ अधिकारीको संलग्नतामा तस्करी भएको सूचना आइरहेको छ । आज बर्दियाका व्यापारी ऋणमा चुर्लिम्म डुबेका छन् । कण्ठपुर नाकाबाट रातिको ९ बजे देखी ३ बजे सम्म तस्करी हुन्छ भनेर हामीले बर्दियाका सम्बन्धित निकाय, प्रदेश सरकारसम्मलाई गुहारेका छौँ । यदि यो तस्करी रोक्दैन भने हामी गृह मन्त्रालय अघि अनसन बस्नेछौँ । पटक पटक यस्ता घटना आउँदा सशस्त्र प्रहरीका आइजिपी के हेरेर बस्नुभएको छ ? यदि हाम्रा व्यापारी साथीहरू समेत तस्करीमा संलग्न हुनुहुन्छ भने हामी सरकारलाई सहयोग गरेर कानुनको दाँयारामा ल्याउनु पर्छ ।
हाम्रो माग मधुवनको ओराली बजार बर्दियाको कण्ठपुर तस्करको सेफ ह्याभेन बनेको छ । आउने मिटिङमा हामी यो कुरा उठाउनेछौँ कृपया भिडियो र समाचार उपलब्ध गराइदिनुहोला । चौथो अङ्ग पत्रकारले पनि के हेरेर बस्नुभएको छ । म अत्यन्तै सम्मान गर्छु हजुरहरूलाई आज बर्दिया सिद्धिने अवस्था आएको छ हाम्रा पत्रकार ज्युहरूले अनुसन्धान गर्दा बरु हामीलाई पनि लग्न अनुरोध गर्छौँ ।
उहाँका अनुसार एक बोरा २ बोरा माल वस्तुको कुरा छैन घरायसी प्रायोजनकालागी लग्ने एउटा कुरा हो, विवाह कार्ड भए छुट्टै कुरा हो तर एक बोरा-२ बोरा साइकलमा हालेर नाका कटाउने जुन भिडियो मैले हेरेँ यो एक बोरा २ बोराको कुरै छैन, यहाँ त खुले आम बले गाउँ सशस्त्र क्याम्पमा रहेको सिसि टिभी नभएको एरियाबाट ल्याएको कन्फेस गरेको देखिन्छ । यो त गम्भीर अपराध हो ।
ती भिडियो हामीलाई दिनुस् हामी सार्वजनिक गर्नेछौँ, डेलिगेसन जानेछौँ प्रधान मन्त्रीकोमा । ठिक छ प्रेस काउन्सिल मार्फत मात्र दिन पाइन्छ भने पनि यी मेरा आँखाले देखेका भिडियो त राष्ट्रिय सुरक्षासँग जोडिएको छ । उहाँ र अनुसन्धानमा संलग्न पत्रकारहरुका अनुसार तस्करीको जालो अत्यन्तै ठुलो छ । यसलाई न्यूनीकरण गर्न प्रतिबद्ध अधिकारीलाई चौथो अङ्ग मात्रा नभएर सबैको साथ हुनुपर्छ नत्र मोराल डाउन हुन्छ र बाध्यतामा पनि तस्करी हुँदा आँखा चिम्लेर बस्नुपर्छ ।
तपाईँको भान्सामा पाक्ने कुखुराको मासु कति स्वास्थ्यकर छ? कतै तपाईँले भारतबाट गैरकानुनी रूपमा भित्रिएर मरिसकेपछि काटिएका र रोग भित्र्याउन सक्ने कुखुराको मासु त किन्नुभएन?
पशु सेवा विभागले भर्खरै सार्वजनिक गरेको एउटा विवरणअनुसार उपभोक्ताले कुखुराको मासु किन्नु वा पकाउनुअघि त्यो कति स्वच्छ र स्वस्थ छ त्यो जान्न आवश्यक छ।
भारतबाट तस्करी भएर आएका कुखुराको अस्वास्थ्यकर मासु उपभोक्ताको भान्सासम्म पुग्ने गरेको पाइएको विभागले जनाएको हो।
विभागका अनुसार तस्करी गरेर भित्रिएको अधिकांश मासु खान उपयुक्त हुँदैन र त्यसले 'जूअनोटिक' रोग समेत निम्त्याउन सक्छ। पशुपक्षीबाट मानिसलाई सर्ने रोगलाइ जूअनोटिक रोग भनिन्छ।
पशु सेवा विभागले यसै साता गृह मन्त्रालयमा भएको एउटा कार्यक्रममा भारतबाट तस्करी भएर आउने कुखुरा “खोरमा आइपुग्दासम्म मरिसक्ने र त्यही कुखुरा व्यक्तिको भान्सा हुँदै मानिसको पेटमा पुग्ने” गरेको जनाएको थियो।
विभागको पशु क्वारन्टीन महाशाखाका अनुसार मरिसकेका कुखुरा काटेर प्याकिङ गर्ने अनि ठुला सहरको बजारमा पुग्ने गर्दछ ।
कुखुराको मासुमा आत्मनिर्भर भइसकेको भनिएको नेपालले भारतीय बजारमा कुखुरा सस्तो भएपछि मासु आयातमा रोक लगाएको थियो।
तर मासुको मूल्य नेपालमा भन्दा भारतमा सस्तो हुने बित्तिकै सीमा क्षेत्रबाट कुखुराको अवैध कारोबार बढ्ने गरेको व्यवसायीहरू बताउँछन्।
अहिले बजार मूल्य अनुसार भारतमा भन्दा नेपालमा प्रतिकिलो कुखुरामा ५० देखि ११० रुपैयाँसम्म भाउमा फरक रहेको व्यवसायीहरू बताउँछन्।
भारतीय कुखुरा प्रतिकिलो १५० देखि १८० भारतीय रुपैयाँसम्ममा खरिदबिक्री हुने र नेपालमा ३४० देखि ४०० नेपाली रुपैयाँ पर्ने व्यवसायीहरूले बताएका छन् ।
सीमावर्ती नाकामा निगरानी नपुग्दा अवैध रूपमा नेपाली बजारमा भारतीय कुखुराको मासु बिक्री वितरण बढेको भन्दै व्यवसायीहरूले यसै साता गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
यसरी हुने तस्करीले वार्षिक करिब डेढ खर्ब रुपैयाँ बराबरको लगानी जोखिममा परेको भन्दै तस्करी रोक्न नेपाल ह्याचरी उद्योग सङ्घ र नेपाल दाना सङ्घले ध्यानाकर्षण गराएको हो। त्यस्तै दोस्रो फलो अपमा हामी राजस्व नतिरेर राँगा भैँसी कसरी भित्रिन्छ खुलासा गर्ने छौँ ।