बर्दिया । अचम्मको घटना छ । कथा र पटकथा वाचन गर्दा अचम्म लाग्ने विश्वास गर्न नसकिने षड्यन्त्र बर्दियाको मालपोतमाबर्दियाका जनताको करोडौँ रुपैया खाएर फरार ब्यक्तिले फेरी २ भुमिपुत्रलाई फसाए । कहानी यस्तो छ .....
बर्दिया जिल्लाको गुलरियामा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र प्रवन्धक बचतकर्ताको करोडौं रुपैयाँ ठगेर फरार भएको करिब ३ वर्ष हुन लाग्यो ।
सहकारीका अध्यक्ष नगेन्द्र रिजाल र प्रबन्धक सञ्जिवकुमार महतो सदस्यको करोडौं रुपैयाँ रकम लिएर सम्पर्कविहीन भए । रिजाल र महतो सम्पर्कविहीन भएको र संस्था पनि बन्द भएको भन्दै केही पीडितहरुले तत्कालिन समयमा जिल्ला प्रशासन कार्यालय बर्दियामा उजुरी दिएका थिए ।
कार्यालयमा उजुरी परेपछि अनुसन्धान गर्दा सहकारीका अध्यक्ष तथा प्रबन्धक सम्पर्कमा नरहेको पाइएको तत्कालिन समयमा बर्दिया प्रहरीले जनाएको थियो । सहकारी पीडितले जिल्ला प्रशासनमा सहकारीविरुद्ध निवेदन दर्ता गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका तत्कालिन प्रहरी प्रवक्ता हिक्मत बोहोराले जानकारी दिएका थिए । पीडितले प्रशासनमा निवेदन दर्ता गरेपछि लुम्बिनी प्रदेशको अर्थ तथा सहकारी मन्त्रालयका प्रतिनिधि र जिल्लास्थित सहकारी विभागका अधिकारीले स्थलगत अनुसन्धान गरेका थिए ।
सहकारीको पुँजी २६ करोड, ऋण लगानी २२ करोड रहेको र बीचको ग्याप तीन करोड रुपैयाँको रहेको प्रारम्भिक अनुसन्धानले देखाएको थियो । २०६५ सालमा दर्ता भएको संस्थाको जगेडा कोषमा ५२ लाख रुपैयाँ रहेको पाइएको थियो । अब हुन्छ नयाँँ कहानीको सुरुवात...
पछिल्लो केहि वर्षदेखि नमस्ते बचत तथा ऋण सहकारी सस्था लिमिटेडका सञ्चालक समितिका पदाधिकारी र प्रबन्धकको जिवनशैली परिवर्तन भएको थियो । दैनिकजसो मदिरापान तथा घुमफिर मोजमस्ती लगायतका क्रियाकलापले केहि सन्देश दिइरहेको भएपनि आम बचतकर्ताले त्यसतर्फ ध्यान दिएका थिएनन् । बचतकर्ताले एक लाख होइन ५ लाख होइन एक करोडसम्म विश्वास गरेर रकम जम्मा गरेका थिए । अहिले त्यहि आफ्नो रकम पाउनका लागी उनीहरुले प्रहरी र प्रशानलाई गुहारिरहेकाछन् ।
ग्राहकको विश्वास जित्दै आफ्नो सहकारीमा बचत गराउन बाध्य पार्नका लागी पदाधिकारी तथा प्रबन्धकले बेलाबेलामा देखावटिका लागी गाँउघरका सानातिना दर्ता समेत नभएका क्लबहरुलाई खेलकुदका सामाग्री, पोशाक दिदैँ आफुतर्फ आकर्षित गराउँदै आएका थिए । अन्य सरकारी तथा प्राइभेट बैंकहरुको भन्दा बढि व्याजदिने भन्दै ठुला व्यापारीदेखि सामान्य नागरिकको समेत मन जिति सहकारीमा बचत गराउन बाध्य पारेको नमस्ते बचत तथा ऋण सहकारी संस्थामा आर्थिक हिनामिना भएको छ । बचतकर्ताको विश्वास तोड्दै सहकारीको रकम हिनामिना गरि बर्दियाको गुलरियामा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समिति अध्यक्ष नगेन्द्र रिमाल र प्रवन्धक संजिव महतो फरार भए । बर्दिया प्रहरीका अनुसार उनीहरुको कुनै अत्तोपत्तो छैन । सहकारीको रकम हिनामिना गरि सञ्चालक र अध्यक्ष फरार भएपछि बचतकर्ताहरु दिनहुँ प्रहरी र प्रशासन धाउनु पर्यो ।
‘मेहनत गरि दिनहुँ बचत गरेको रकम डुब्यो, हामी त बर्बाद भयौं’ एक बचतकर्ताले भने–‘रकम हिनामिना गरि सञ्चालक समितिका अध्यक्ष र प्रबन्ध फरार छन् । उनीहरुको खोजी गरि हाम्रो पैसा निकाल्न प्रहरी र प्रशासन धाइरहेकाछौं ।’ सम्पर्कविहीन रहेका सञ्चालक समितिका अध्यक्ष तथा प्रबन्धकले बर्दियाको गुलरियामा सुविधा सम्पन्न कृष्णसार रिसोर्ट नामक होटल सञ्चालनम छ । अन्य जिल्लामा पनि सो सस्थाको नाममा भवन तथा जग्गा रहेको बताइएको छ । लामो समयदेखि नमस्ते बचत तथा ऋण सहकारी सस्था लिमिटेडले गुलरियामा मुख्य कार्यालय स्थापना गरी काम गर्दै आइरहेको थियो सञ्चालकदेखि अन्य कर्मचारी सवै स्थानीय स्तरका थिर । बर्दियाको गुलरियामा मुख्य कार्यालय तथा बारबर्दियाको जयनगरमा शाखा कार्यालय राखेको सो सहकारीले करोडौँ रुपैया हिनामिना गरेको आरोप लागेको छ । बर्दिया प्रहरीका अनुसार रकम कति हिनामिना भएको हो त्यसको यकिन विवरण नआएपनि बचतकर्ताहरुबाट प्रहरीमा उजुरी आएपछि सञ्चालक तथा प्रबन्धक अंझै सम्म पक्राउ परेनन ।
अब तिनै ब्यक्तिहरुले मालपोतमा सेटिङ् मिलाएर रमै थारू र हबिब बेहनाको ४० कठ्ठा खान पास गर्न बिभिन्न चलखेल् भएको छ । रमै थारूका छोरा अंगनु थारू हबिब बेहनाको छोरा समसुल बेहना भन्छन, "हजुर हामी गरीब दुखी मान्छेलाई अनपढ हामीलाई सहकारीमा जग्गा राखेर २० लाख दिए तर हामीले सहकारीमा राखेको हो तर सन्जिव महतोले बर्दियाका अरुलाई ठगेर त भागे तर अहिले हाम्रो जग्गा आफ्नो नाममा ल्याएर फेरी हामीलाई ठग्दै छन, जाल साँझी गरेका छन अनी फरार अपराधीलाई साथ दिन बर्दियाको गुलरिया वडा नम्बर ६ निवासी गुप्ता थारा भएका उनका मतियार परिक्षालित छन । हामीलाई न्याय चाहियो । मालपोतमा यात्राो चलखेल भएको छ हामी न्याय माग्न कहाँँ जाने ?"