Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • प्रमुख प्रशासकीय अधिकृत प्रहरी फन्दामा, कारण यस्तो....
प्रमुख प्रशासकीय अधिकृत प्रहरी फन्दामा, कारण यस्तो.... जनप्रतिनिधिले समेत प्रशासकीय अधिकृत रोशन अधिकारीविरुद्ध किटानी जाहेरी दिए
नेपालकागज
नेपालकागज मंगलबार, चैत ६, २०८०

जनप्रतिनिधिले समेत प्रशासकीय अधिकृत रोशन अधिकारीविरुद्ध किटानी जाहेरी दिए

मार्मा । मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीलाई आगजनीमा संग्लन रहेको भन्दै प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनलाई सदरमुकाम खलंगाबाटै पक्राउ गरेको हो।

फागुन २४ राति आगजनी र ढुंगामुढा भएको भन्दै उनले २५ फागुनमा इलाका प्रहरी कार्यालय लटिनाथमा जानकारी गराएका थिए। 

प्रहरीको अनुसन्धानको क्रममा प्रमुख प्रशासकीय अधिकृत आफैँले आगजनी गरेको प्रमाण फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

अधिकारीविरुद्ध सोमबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ। उनीविरुद्ध आपराधिक उपद्रव गर्न नहुने मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

आगजनीको घटनालगत्तै निजामती कर्मचारी संगठन र कतिपय सरोकारवालाले तत्काल छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विज्ञप्ति निकालेका थिए। कर्मचारी संगठनका जिल्लास्तरीय समितिका साथै केन्द्रीय समितिले समेत घटनाबारे चासो देखाएका थिए।

स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमाथिको घटनालाई सबैतिर गम्भीर रूपमा हेरिएपछि सुदूरपश्चिमका वरिष्ठ प्रहरी उपरीक्षक दिल्लीराज विष्ट नेतृत्वको टोलीले फागुन २६ गते मार्मा गाउँपालिका केन्द्र लटिनाथ पुगेर स्थलगत निरीक्षणसमेत गरेका थिए। 

यस्तै, घटनालगत्तै जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारी नेतृत्वको टोली अनुसन्धानमा खटिएको थियो। निरन्तरको अनुसन्धानपछि प्रशासकीय अधिकृत आफैँ संग्लन रहेको देखिएको प्रहरी अधिकारी बताउँछन्।

गोरखा जिल्ला गण्डकी गाउँपालिका– १ घर भई हाल काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका– १ रानीवनमा बसोवास गर्दै आएका अधिकारी ०८० भदौदेखि मार्मा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए। २७ वर्षीय अधिकारीले घटना आफैँले किने गरे भन्नेबारे प्रहरीले खुलाएको छैन।

आगजनीको सन्दर्भमा स्थानीय तहकै जनप्रतिनिधिले समेत अधिकारीविरुद्ध किटानी जाहेरी दिएका थिए। 


प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्