Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • सरकारबाट अनुदानमा ट्याक्टर दिलाइदिन्छु भन्दै एक करोड ठगी
सरकारबाट अनुदानमा ट्याक्टर दिलाइदिन्छु भन्दै एक करोड ठगी ५० प्रतिशत अनुदानको ट्याक्टर पारिदिन्छु भन्दै दर्जनौँ किसानसँग लाखाैँ रकम असुलेर फरार
नेपालकागज
नेपालकागज आइतबार, फागुन २७, २०८०

लहान । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमातहत रहेको कृषि ज्ञान केन्द्र सिराहामा करार सेवामा कार्यरत कार्यालय सहयोगीले ५० प्रतिशत अनुदानको ट्याक्टर पारिदिन्छु भन्दै दर्जनौँ किसानसँग लाखाैँ रकम असुलेर फरार भएका छन्। 

सिराहा नगरपालिका– १० नरहैया गाउँका करिब २७ वर्षीय अजयकुमार कर्णले सिराहाको औरही, लक्ष्मीपुर पतारी, अर्नमा, बरियारपट्टि गाउँपालिका तथा धनगढीमाई, मिर्चैया नगर क्षेत्रका दर्जनौँ किसानसँग एक करोड ३३ लाखभन्दा बढी रकम ठगी गरी फरार भएका हुन्। 

उनले किसानसँग स्थानीय अगुवामार्फत रकम कुम्ल्याएर सम्पर्कविहीन भएपछि आफूहरू अप्ठ्यारोमा परेको औरही गाउँपालिका– २ तुलसीपुरकी ४० वर्षीया पुनिताकुमारी महतोले गुनासो गरिन्। 

‘कामविशेषले जिल्ला सदरमुकाम गएका वेला कृषि ज्ञान केन्द्रमा कार्यरत कर्णसँग भेट हुँदा ५० प्रतिशत अनुदानको ट्याक्टर आएको छ, मिलाइदिन्छु भन्दै ५० प्रतिशत रकम जम्मा गर्न भने,’ उनले भनिन्, ‘आफ्नै गाउँका किसानलाई नै राम्रो हुन्छ भन्ठानेर गत असोजको तेस्रो हप्ता चारजना किसानको ३७ लाख ६५ हजार रुपैयाँ उठाएर दिएँ, रकम हात पारेपछि सम्पर्कविहीन भएका छन्।’ 

महतोका अनुसार उनको माध्यमले बरियारपट्टि खरुकियाहीका लालु यादव, औरही गाउँपालिका– १ दरहैयाका उमेश यादव, सिराहाका प्रेमकुमार यादवसहित चारजनाले अनुदानबापत दिएको ३७ लाख ६५ हजार रुपैयाँ कर्णले लिएका छन्। 

त्यस्तै, अर्नमा– ४ गौरीपुरका मनोजकुमार यादवसँग बैंकमार्फत सात लाख ५० हजार लिएका कर्णले उनीमार्फत औरही– ५ का सुदीपकुमार यादव पाँच लाख र बलिराम यादवसँग सात लाख, अर्नमा– ३ का अरबिन्दकुमार महतोबाट नौ लाख, कल्याणपुर– ४ का दिलीपकुमार यादव आठ लाख ७५ हजार रुपैयाँ लिएका छन्। 

त्यस्तै, मिर्चैया नगरपालिका– ११ सोनीका कुलेश्वर यादवसँग आठ लाख ५० हजार, जिझौलका सन्तोषकुमार यादवसँग सात लाख ६० हजार, गोविन्दपुरका चन्देश्वर यादवसँग पाँच लाख, लक्ष्मीपुरपतारीका दिनेशप्रसाद यादवसँग आठ लाख ५० हजार, धनगढीमाईका सत्यकुमार यादवसँग सात लाख गरी नगद तथा बैंकमार्फत ९६ लाख रुपैयाँ लिएको यादवले बताए। कर्णले अनुदानबापतकाे ट्याक्टर पारिदिन्छु भन्दै जिल्लाका अन्य ठाउँका समेत गरी करिब एक सय किसानको रकम बुझेका छन्। 

ग्यारेन्टीका लागि खाली खाताको चेक

५० प्रतिशत रकम नगदै बुझेका कर्णले ट्याक्टर नआए आफूले दिएको चेक साटेर रकम असुल्नु भन्दै किसानलाई ग्लोबल आइएमई, नबिल, माछापुच्छ्रे बैंकको चेकमा रकम भरेर हस्ताक्षर गरेर दिएका छन। 

त्यसरी दिएको चेक पटक–पटक सम्बन्धित बैंकमा साट्न जाँदा रकम नरहेको पाइएपछि बाध्य भएर चेक अनादरको मुद्दमा जानुपरेको अगुवाहरूले बताए। 

महतोले आफूमार्फत नगद लिएका कर्णले गत असोज १९ गते नबिल बैंकको ३० लाख र २० गते ग्लोबल आइएमई बैंकको सात लाख ६५ जार रुपैयाँको चेक दिएको सुनाइन्। ‘कैयौँपल्ट रकम साट्न गए पनि खातामा रकम नरहेकाले बाध्य भएर जिल्ला प्रहरी कार्यालयमा चेक अनादरको जाहेरी दिएकी छु,’ उनले भनिन्। 

प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले  फरार रहेका कर्णको खोजी जारी रहेको बताए। ‘फरार कर्णको विषयमा अध्ययन भइरहेको र पीडितले दिएको निवेदनको आधारमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइनेछ,’ प्रहरी नायव उपरीक्षक पाण्डेले भने। 

साउनदेखि कार्यालयमा गयल

कृषि ज्ञान केन्द्र सिराहाका सूचना अधिकारी परमानन्द चौधरीले चालू आर्थिक वर्षको साउनदेखि नै करार सेवाका कार्यालय सहयोगी कर्ण कार्यालयमा गयल रहेको जानकारी दिए। ०७७ देखि कार्यालय सहयोगीको रूपमा करार सेवामा काम थालेका कर्णलाई खोज्दै कार्यालयमा मानिस आउन थालेपछि शंका लागेर सोधखोजसहित कडाइ गरिएको उनले बताए। 

‘कार्यालयमा आउने मानिस के कामले आएका हुन्, कार्यालय प्रमुखसँग भेटाउनु भन्न थालेपछि बजारतिर भेट्दा रहेछन्,’ उनले भने, ‘त्यो कुरा पनि थाहा पाएपछि कडाइ गर्‍याैँ, त्यसपछि कार्यालय नै आउन छोडे।’ 

गत साउनयता उनको करार सेवा पनि थप नभएपछि कार्यालय आएका छैनन्, उनी कहाँ के काम गर्दै छन्, आफूहरूलाई थाहा नभएको उनले बताए। 


प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १४:३५
#अपराध
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्