Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • २९ हजार सवारी लाइसेन्स खारेज, लिखित र ट्रायलविनै वितरित लाइसेन्स काण्डमा छानबिन किन सुस्त ?
२९ हजार सवारी लाइसेन्स खारेज, लिखित र ट्रायलविनै वितरित लाइसेन्स काण्डमा छानबिन किन सुस्त ? फर्जी लाइसेन्सबारे तत्काल गतिविधि अघि बढाएर छानबिन गर्नुपर्ने सिआइबीको गति पनि उस्तै
नेपालकागज
नेपालकागज आइतबार, फागुन १३, २०८०

काठमाडौँ । लिखित र ट्रायलविनै वितरण एक लाखभन्दा बढी सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रकरणमा छानबिन सुस्त देखिएको छ । खास गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छानबिनमा ‘आवश्यक’ अग्रसरता देखाएका छैनन् । 

यातायात व्यवस्था विभागले फर्जी लाइसेन्स जारी भएको यकिन गरेर विवरणसहित थप छानबिन तथा कारबाहीका लागि नियमनकारी निकायलाई पत्राचार गरेको एक महिना पुग्न लागेको छ । तर, सम्बन्धित निकायबाट परिणामउन्मुख कारबाही देखिएको छैन । 

ठूलो परिमाणमा फर्जी सवारी लाइसेन्स जारी भएको विवरणसहित विभागले थप छानबिनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित अख्तियार र सिआइबीलाई पत्राचार गरेको थियो । मन्त्रालयले सामान्य रूपमा प्रतिवेदन तयार गरेर अख्तियार पठाइसकेको छ । अख्तियारको छानबिन प्रारम्भिक चरणमै छ ।

फर्जी लाइसेन्सबारे तत्काल गतिविधि अघि बढाएर छानबिन गर्नुपर्ने सिआइबीको गति पनि उस्तै सुस्त छ । यसबीचमा छानबिन गरिदिन विभागले सिआइबीलाई अनुरोधसहित पटक–पटक पत्राचार गरिसकेको छ । तर, सिआइबीले छानबिनकै चरणमा रहेको बताइरहेको छ ।

विभागले गत माघ १४ मा आफ्नो छानबिनले औँल्याएका विषय र फर्जी लाइसेन्सका विवरणसहितका प्रतिवेदन एकैपटक मन्त्रालयसहित अख्तियार र सिआइबीलाई पठाएर थप अनुसन्धान र कारबाहीका लागि अनुरोध गरेको थियो । तर, यो अनुरोध र पत्राचार गरेको एक महिना पुग्न लाग्दा पनि छानबिनका गतिविधि परिणामकेन्द्रित हुन सकेका छैनन् । यसबीचमा विभागले सिआइबीलाई अरू तीनपटक पत्राचार गरेको छ । विभागले दोस्रोपटक माघको २३, २५ र २९ गते पत्राचार गरेको थियो । 

सिआइबीको प्रतिनिधिसहितको विभागको छानबिन समितिले कसरी फर्जी लाइसेन्स जारी भए भन्ने ‘केस’हरूसमेत हेरेर, कुन कार्यालय र युजरबाट कति लाइसेन्स जारी भए, प्रणालीका छिद्रसमेत केलाएर विवरणसहित प्रतिवेदन तयार गरेको थियो । छानबिन समितिमा सिआइबीकै डिएसपी डा. तपनकुमार दाहालसमेत संलग्न थिए । 

आफ्नै प्रतिनिधिसहितको समितिले फर्जी लाइसेन्स जारी भएको यकिन गरेर प्रतिवेदन दिँदा र विभागले पटक–पटक आग्रह गर्दा पनि सिआइबीले अनुसन्धानलाई यथोचित गति दिएको छैन । 

सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्य लाइसेन्स प्रकरणमा सिआइबीले अनुसन्धान अघि बढाइसकेको, तर थप प्रमाणहरू संकलन गर्न समय लागेको बताउँछिन् । ‘मुद्दालाई बलियो बनाउने गरी अनुसन्धान अघि बढाउन लागेका छौँ,’ उनले भनिन्, ‘हाम्रो टिमले विस्तृत अनुसन्धान अघि बढाइसकेको छ ।’ 

यसैबीचमा फर्जी सवारी लाइसेन्सबारे भइरहेका अनुसन्धान र छानबिन प्रभावित गर्न लबिङ भइरहेको छ । फर्जी लाइसेन्स जारी गर्ने गैरकानुनी गतिविधिमा संलग्न रहेकाहरूले यससम्बन्धी अनुसन्धानलाई प्रभावित पार्न तीव्र लबिङ गरेका हुन् । यही लबिङका कारण पनि अनुसन्धान सुस्त हुन पुगेको स्रोतको दाबी छ । 

फर्जी लाइसेन्स जारी गर्नेहरूको संगठित सञ्जाल नै सक्रिय रहेको देखिन्छ । यही सञ्जालले प्रणालीभित्र छिरेर विवरण फेर्ने र त्यसको ठाउँमा नयाँ हालेर लाइसेन्स जारी गर्थ्यो । मृत्यु भइसकेका, विदेशमा रहेका, नवीकरण नगरिएका तथा भ्यालिड रहेकै लाइसेन्स नम्बरमा अर्को फर्जी लाइसेन्स जारी गर्नेलगायतका काम गर्थ्यो । 

फर्जी लाइसेन्समा अर्बौँको आर्थिक चलखेलसमेत देखिएको छ । प्रतिलाइसेन्स ५० हजारदेखि आपत्कालको स्थिति हेरेर १०औँ लाख रुपैयाँसम्ममा तुरुन्तै लाइसेन्स जारी हुने गरेको भेटिएको छ । बिचौलिया र कर्मचारीको बलियो साँठगाँठबाट यस्तो गैरकानुनी काम हुने गरेको थियो । छानबिन अघि बढ्दा कानुनी कारबाहीको फन्दामा परिने डरले उक्त समूह अहिले प्रभावित पार्ने चलखेलमा लागेको यातायात व्यवस्था विभागको स्रोत बताउँछ ।

यातायात व्यवस्था विभागले २९ हजार सवारी लाइसेन्स खारेज (इन्भ्यालिड) गरेको छ । लाइसेन्सका विवरणहरू फेरेर जारी गर्ने तयारीमा राखिएका ती लाइसेन्स विभागले खारेज गरेको हो । लाइसेन्समा पहिले नै भरिएका नाम, फोटोलगायतका विवरण फेरेर तयारी अवस्थामा राखिएका ती फर्जी लाइसेन्स विभागले प्रणालीबाटै ‘इन्भ्यालिड’ गरिदिएको हो ।


प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १०:००
#अपराध
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्