Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेस महासमिति बैठक, नेताका सम्पत्ति छानबिनको माग, गठबन्धनको निरन्तरता, काम नगर्ने मन्त्रीहरूलाई फिर्ता बोलाउने
कांग्रेस महासमिति बैठक, नेताका सम्पत्ति छानबिनको माग, गठबन्धनको निरन्तरता, काम नगर्ने मन्त्रीहरूलाई फिर्ता बोलाउने सहकारी बचतकर्ता, मिटरब्याज र लघुवित्तपीडितका समस्या समाधान गर्न काम गर्ने
नेपालकागज
नेपालकागज शुक्रबार, फागुन ११, २०८०

काठमाडाैँ । नेपाली कांग्रेसको महासमिति बैठकमा सामेल हुन देशका विभिन्न जिल्लाका मेयर, उप मेयर, जिल्ला सभापति, सचिव, कोषाध्यक्ष मात्र नभएर विभिन्न भातृ संगठनका नेता कार्यकर्ता र पार्टीका नेता कार्यकर्ताले काठमाडौँका होटेल र चिया पसल भरिभराउ थिए । 

अब लागौँ महासमिति बैठकमा कसले के मुद्दा उठाए र समग्रमा यो बैठकको निचोड वा म्यान्डेट के निस्कियो त ?

तीन दिनको बहसपछि पेस भएका पाँचवटा प्रस्तावमा सहभागीबाट आएका सुझावका आधारमा केन्द्रीय समितिबाट परिमार्जनसहित पारित गर्ने गरी बिहीबार कांग्रेसको महासमिति बैठक सकिएको छ । त्यस्तै मुख्य चासोको विषय रहेको अन्तर-पार्टीहरूको विशेष गरि सत्ता गठबन्धनमा आवद्ध दल र स्वयम प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड'को समेत इन्ट्रेस्ट रहेको आसन्न निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय केन्द्रीय समितिबाट निर्णय गर्ने भन्दै कांग्रेस महासमिति बैठक सकिएको छ । यस बाट के बुझ्न सकिन्छ भने जुन उत्तर महासमितिले दिने हो त्यो उत्तर फेरि केन्द्रिय समितिमा फर्किएको छ । तर कुन नेताले के बोले के लेखे त्यो पनि गर्मागर्मी र चासोको विषय थियो । त्यति मात्र नभएर महासमिति बैठकमा सबैभन्दा बढी चर्चा र चासोमा आसन्न निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने भन्ने थियो । 

महामन्त्री गगन थापाले आगामी निर्वाचनमा आफ्नै ताकतमा एक्लै लड्ने र गठबन्धन नगर्ने प्रस्ताव ल्याएका थिए । तर, अर्का महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धन रणनीति विषय भएकाले यसबारे अहिले निर्णय गर्न आवश्यक नरहेको प्रस्ताव पेस गरेका थिए ।

मीन विश्वकर्मा, संयोजक, प्रचारप्रसार उपसमिति
बन्द सत्रमा प्रस्तुत प्रस्तावमा सहभागी सदस्यहरूबाट अत्यन्तै महत्वपूर्ण सुझावहरू प्राप्त भएका छन् । प्राप्त सुझावका आधारमा केन्द्रीय कार्यसमितिले परिमार्जनसहित अन्तिम रूप दिने गरी सबै प्रतिवेदन महासमिति बैठकबाट सर्वसम्मतिले पारित भएका छन् । 

सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका नेता गठबन्धनबारे अहिले निर्णय लिन आवश्यक नरहेको पक्षमा थिए । यसैका आधारमा महासमिति बैठकमा सुझाव दिनेहरूले गठबन्धनबारे तत्कालीन आवश्यकताका आधारमा निर्णय लिन सुझाएका छन् । महासमिति बैठकका सुझावका आधारमा केन्द्रीय समितिबाट निर्णय हुनेछ, जहाँ दुवै पक्षले आफ्नो प्रस्तावअनुकूल निर्णय गराउन पहल गर्नेछन् ।

महासमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री थापाले सांगठनिक र महामन्त्री शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्ताव कांग्रेसको नीति, सांगठनिक कार्ययोजना र समसामयिक सन्दर्भमा स्पष्ट दृष्टिकोण निर्माण गरेको महासमिति बैठकपछि जारी विज्ञप्तिमा छ । 

‘बन्द सत्रमा प्रस्तुत प्रस्तावमा सहभागी सदस्यहरूबाट अत्यन्तै महत्वपूर्ण सुझावहरू प्राप्त भएका छन् । प्राप्त सुझावहरूका आधारमा केन्द्रीय कार्यसमितिले परिमार्जनसहित अन्तिम रूप दिने गरी तीनवटै प्रस्ताव महासमितिको यो बैठक सर्वसम्मतिले पारित गर्दछ,’ बैठकपछि प्रचारप्रसार उपसमिति संयोजक मीन विश्वकर्माद्वारा जारी विज्ञप्तिमा छ । कांग्रेसले महासमिति बैठकमार्फत संक्रमणकालीन न्यायका विषय चाँडै टुंग्याउने प्रतिबद्धता व्यक्त गरेको छ । 

त्यस्तै सत्तागठबन्धनमा हेरफेरका आशंका टुंग्याउँदै कांग्रेसले हालकै गठबन्धनको निरन्तरतामै जोड दिएको छ । कांग्रेसको महत्वपूर्ण उपस्थितिसहित निर्माण भएको गठबन्धनले निरन्तरता पाउने अघोषित निर्णय भएको छ । 

त्यसैगरी बैठकले किसान, सहकारी बचतकर्ता, मिटरब्याज र लघुवित्तपीडितहरूले भोग्दै आएको पीडालाई अविलम्ब समाधान गरी पीडितलाई न्याय दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले महासमिति बैठकमा पेस भएका प्रस्तावहरू सदस्यको सुझावका आधारमा परिमार्जनसहित केन्द्रीय समितिबाट पारित हुने बताए । 

‘कांग्रेसले आठ  दशकदेखि अनुकूल वा प्रतिकूल अवस्थामा देशको राजनीतिमा भूमिका खेलिरहेको छ । कांग्रेसलाई वैचारिक रूपमा अनुशासित ऊर्जावान् बनाउन महासमिति बैठक ऐतिहासिक महत्वको बनेको छ,’ उनले भने, ‘यहाँ आएका सुझावहरू समावेश गरेर केन्द्रीय समितिले परिमार्जन गर्ने गरी प्रस्ताव पारित भएका छन् । आगामी केन्द्रीय समितिले प्रतिवेदन परिमार्जन गर्नेछ,’ उनले भने । उनले वर्तमान गठबन्धन सरकारको प्रमुख घटकका रूपमा सुशासनलाई निरन्तरता दिन सुझाव आएको बताए । 

उपसभापति पूर्णबहादुर खड्काले महासमिति बैठक कांग्रेस र मुलुकका लागि महत्व राख्ने बताए । ‘हामी सरकारमा छौँ, प्रभावकारी महासमितिको सुझावअनुसार सुधार गर्न र सच्याउन जरुरी छ । हामी नौजनाले सरकारमा गएर आजसम्म साथीहरूको शिर झुकाउने गरी गलत काम गरेका छैनौँ,’ उनले भने, ‘बरु भ्रष्टाचार निवारण जनसेवामा प्रयास गरेका छौँ, कमजोरी सच्याउने प्रयास गरेका छौँ ।’ 

अर्का उपसभापति धनराज गुरुङले महासमिति बैठकसँगै कांग्रेसले नीतिगत स्पष्टता दिएकाले एजेन्डा र विचारमा परिष्कृत भएर अघि बढ्न आवश्यक रहेको बताए । उनले लाभका पदमा रहेका सबैको सम्पत्ति छानबिन हुनुपर्ने मागसमेत राखे । ‘एक–अर्कालाई गाली गरेर घर अग्लो बनाउन सकिँदैन । अरूको घर भत्किएला र मेरो घर अग्लो देखिएला भनेर बस्नुहुँदैन । राजनीतिको घर अग्लो बनाउन सिद्धान्त एजेन्डा र विचार परिष्कृत हुनुपर्छ,’ उनले भने, ‘लाभका पदमा पुगेका सबैको सम्पत्ति छानबिन गरौँ, तब यत्तिकै अग्लो घर बन्छ । गठबन्धन गर्ने कि नगर्ने भनेर झगडा गरेर हुन्छ ?’

महामन्त्री गगन थापाले कांग्रेसले महासमितिबाट सरकारमा रहेको समय सदुपयोग गरेर आगामी निर्वाचनका लागि आधार तयार गर्नुपर्ने म्यान्डेट आएको बताए । उनले ०४६ सालपछि सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन होस् भनेर संसद्‌मा कांग्रेसले प्रस्ताव पेस गर्नुपर्ने र काम गर्न नसक्ने मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्ने धारणा राखे । ‘हामी ०८४ मा सरकारमा जान्छौँ होइन । अहिले नै सरकारमा छौँ । अहिले गरेका काम देखाएर झन् बढी मत ल्यायौँ, फेरि सरकारमा जाऔँ । कांग्रेस एक्लै लड्न सक्छ भन्ने हुति राखेर जानुपर्छ,’ उनले भने, ‘काम गर्न नसकेका मन्त्रीलाई विश्राम दिऔँ । फिर्ता बोलाऔँ ।’ 

महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट दुईपटकभन्दा बढी प्रधानमन्त्रीमा कसैले शपथ नलिने बताए । महासमिति बैठकले यी विषय पारित गरिसकेको उनको भनाइ थियो । ‘महासमितिमा धेरै विषयमा छलफल भयो । देशको स्थिति र परिस्थितिको विषयमा छलफल भयो, मन माझामाझ भयो । अहिले एकढिक्का भएका छौँ । महासमिति बैठकले सुशासन र समुन्नतिको बाटोमा एकढिक्का भएर छलफल गरेको थियो । यससँगै हामीले अबको १५ वर्षको बाटो कोरेका छौँ,’ उनको भनाइ थियो ।

नेता डा. शेखर कोइरालाले कांग्रेस रूपान्तरणमा अविचलित यात्रा जारी रहेको बताए । ‘महासमिति बैठकले नवीन कांग्रेस बनाउने संकल्प थप बलियो बनाएको छ । आमजनतामा यो देशमा केही हुँदैन भन्ने न्यारेटिभ छ । यसलाई चिर्न पार्टी संगठन व्यापक रूपमा परिचालन हुनुपर्छ । त्यसका लागि लागौँ,’ उनले भने । 

कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलाले देशलाई सही दिशामा लैजान सक्ने तागत कांग्रेससँग मात्रै भएको बताए । ‘हामी उत्साह लिएर फर्कँदै छौँ । हामीबीच एकता भएको छ । अलिअलि भएको मतभेद पनि हटेको छ । यो बैठकले धेरै विषयमा मन्थन गरेको छ । कांग्रेसले धेरै चुनौतीको सामना गरेको छ । सबै चुनौती पन्छाएर लोकतान्त्रिक समाज बनाउने बुद्धि, तागत सबै कांग्रेससँग ‍छ,’ उनले भने, ‘देशलाई सही दिशामा लैजान सक्ने तागत कांग्रेससँग मात्रै छ । संविधानलाई बचाउने र संविधानको माध्यमबाट जनताको अधिकार सुनिश्चित गर्न हामी सक्षम छौँ ।’


प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  ११:२३
#नेपाली कांग्रेस
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्