अनोज थारू, राजेश कुर्मी, सुरज श्रेष्ठ, (गुलरिया, नेपालगन्ज) । जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी प्रविण धिताल र सशस्त्र प्रहरी बल बर्दियाका एसपी चित्रांगत दाहालले बर्दियाको कार्यभार आधिकारिक रुपमा सम्हालेका छन । यस् अघिका एसपी सुधीर राज शाही र प्रविण धितालबिच बुझबुझारथ भएको छ भने एसपी हर्क शाही र चित्रांगत दाहालबिच पनि बुझबुझारथ भएको छ । एसपी प्रविण धितालको घर दाङको तुल्सिपुर हो । उनले डिएसपी हुँदा बिभिन्न ग वर्गका जिल्ला र ईलाका सम्हालेको अनुभव छ भने उनी २०७७ बैशाख १० बुधबार प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले २४ जना प्रहरी नायव उपरीक्षक(डिएसपी) लाई एसपी पदमा बढुवाको सिफारिस गर्दा उनी एसपीमा बढुवा भएका थिए ।
उनले नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर बाँकेको कमाण्ड सम्हाली सकेका छन भने मंगलबार, माघ ११, २०७८ मा सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा प्रमुखको रुपमा काम गरेको अनुभव छ । त्यस्तै नेपाल कागजको सर्भरमा रहेको फाइलका अनुसार बझाङमा पनि प्रहरी प्रमुख भएर एसपी प्रविण धितालले काम गरेका छन । त्यस्तै वि.सं.२०८० असोज २६ शुक्रवार भन्दा केही अघी देखी सर्लाहीमा हिन्दु र मुस्लिम समुदायको बिचमा विवाद भएको थियो ।
यस् बिबादले उग्र रुप लिन पुगेपछि ग्रुह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले काज सरुवा गरी असोज बिहिबार सर्लाहीमा एसपी प्रविण धिताललाई जिल्ला प्रहरी प्रमुखका रुपमा सरुवा गरेको थियो । त्यहाँ उनले राम्रो काम गरेर देखाउन सफल भएका थिए । त्यहाँ उनको ट्वाइसीका रूपमा प्रहरी प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारु थिए । त्यस्तै उनलाई केही पित पत्रकारिता (एल्लो जर्नलिजम) गर्ने सबै नभएर केही पत्रकारले स्वार्थवस विवादमा तान्ने प्रयास गरेका थिए तर पनि उनलाई संगठनले विश्वास गरेको थियो । अब उनले कस्तो काम बर्दियामा गरेर देखाउने छन त्यो त समयले नै देखाउला तर समग्रमा उनलाई केही पत्रकारले दु:ख दिएको र अनावश्यक विवादमा पार्ने प्रयास गरेको हामीले बुझेका छौँ । बर्दियाले राम्रो दक्ष अनुभव भएका एसपीको रुपमा धिताललाई पाएको छ । उनले काम गरेर देखाउन सक्ने धेरै ठाउँहरू रहेका छन । ति काम उनले कसरी गर्ने छन त्यो समयले देखाउने छ नै तर समग्रमा उनी समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने दक्ष प्रहरी अधिकारीको रूपमा हामीले लिएका छौँ ।
त्यस्तै अब कुरा गरौँ सशस्त्र प्रहरी बल बर्दियाका एसपी चित्रांगत दहालको । उनले कारीब ६ महिना बाकेको नेपालगन्जमा रहेको भन्सार कार्यालय मातहतमा रहेर काम गरेको अनुभव छ । तस्करी नियन्त्रण र भन्सार चोरीपैठारी रोक्न रोकाउन उनले नेपालगन्जमा खेलेको भूमिका आँफैमा सम्मान योग्य छ । पाठक वर्गहरूले के बुझ्नुपर्छ भने अपराधलाई न्युनिकरण गर्न सकिन्छ तर सुन्यमा ल्याउन सकिन्न भन्ने युनिभर्सल ट्रुथ अर्थात धुर्व सत्य हो । तसर्थ अहिले बर्दियाले दुई जना एसपी पाएको छ जसले आपसी समन्वयमा राम्रो काम गरेर देखाउन सक्छन । यस् अघी रहेका हर्क शाहीली पनि बर्दियामा राम्रो काम गरेकै थिए तर अहिले दाहाल आएपछि सीमा नाका पुरै कडा गरिएको छ । सामान्य घरायसी सामान बाहेक अरु सामान भन्सार छली हुन सक्ने वस्तुहरूमा रोक लगाएको छ । उनले आफु आएपछि क्यारिङ्ग गर्नेहरूको रुट पत्ता लगाएर उक्त रुटमा समेत सशस्त्र प्रहरी परिक्षालन गरेका छन । दुबै एसपीको बानिव्यवहार कस्तो छ भनेर कणिष्ठ प्रहरीहरूले पर्ख र हेरको अवस्थामामा बसेको दुबै संगठनमा रहेका विश्वस्त स्रोतले जानकारी दिए । केही प्रहरी अधिकारीहरूका अनुसार जिप्रका एसपीले फरार प्रतिवादीलाई कानुनको दायरामा ल्याउन र सजाय पाएर भागेका फरार अपराधीहरूलाई न्यायपालिकामा उपस्थित गराइ अपराध नियन्त्रण गर्न पहिलो कदम चालेको जानकारी हामीले पाएका छौँ ।
त्यस्तै एपीएफका एसपी दाहाल सशस्त्र प्रहरी बलका १६ जना प्रहरी उपरीक्षक (सप्रउ) बढुवाका लागि सिफारिसमा परेर बढुवा भएका हुन । सशस्त्र प्रहरी मुख्यालय हलचोकले सोमबार, ५ माघ २०७७ मा १६ जना प्रहरी नायब उपरीक्षकलाई बढुवा सिफारिस गर्दा चित्रांगत दाहाल पहिलो नम्बरमा परेका थिए । तत्कालिन समयमा बढुवा समितिको बैठकले वरिष्ठतम् प्रहरी नायब उपरीक्षकहरूलाई बढुवा सिफारिस गरेको थियो जसको बोदार्थ गृहमा पठाइएको थियो । सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) ग बमोजिम बढुवा समितिको माघ ५ गतेको निर्णय अनुसार बढुवा सिफारिसमा परेका दाहाल परेका थिए । उनले बर्दियाको चार्ज सम्हाले लगत्तै नेपाल भारत सीमानाकामा हुनसक्ने अपराधीक कृयाकलाप रोक्न तदारुकताकासाथ लाग्न निर्देशन् दिएको हाम्रो स्रोतले जानकारी दियो । त्यस्तै दहालले निर्वाचनको बेला खेलेको समन्वयकारी भूमिकाका कारण संगठनले उनलाई विश्वास गर्छ । आइतबार, ०१ जेठ २०७९ का बखत स्थानिय निर्वाचनमा दुई पार्टीका कार्यकर्ताबिच झडप हुँदा जुम्लाको शंकर माविमा रहेको मतदान केन्द्रमा मतदान स्थगित भएको थियो । त्यस बेला सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति चित्रांगत दाहाल लगायत अन्य सुरक्षा निकायको पहलमा मतदान सुचारु गर्दै सहायक निर्वाचन अधिकृत रवी भण्डारीलाई आक्रमण हुनबाट आँफै खटेर बचाएका थिए । त्यस बेला प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईं रहेकी थिइन ।
समग्रमा भन्दा दुबै एसपी, राष्ट्रिय अनुसन्धान बिभाग, सेनाको इन्टेलिजेन्स बिभाग अन्तर्गतको डिएमआई र सिडियोको तालमेल र समन्वय भएमा बर्दियाको शान्ती सुरक्षा, अपराध नियन्त्रण, चोरीका बड्दो घटना, तस्करीलाई न्युनिकरण गर्ने प्रबल भरपुर सम्भावना देखिन्छ । राष्ट्रिय अनुसन्धान बिभाग, सेनाको इन्टेलिजेन्स बिभाग अन्तर्गतको डिएमआईको प्रत्यक्ष संलग्नता नहुने भएकोले यि दुई राम्रा छबी भएका एसपीले के-कस्ता काम गर्नेछन त्यो त हनिमुन पिरेड (३ महिना) पछी हाम्रा पाठक व्रिन्द लाई जानकारी गराउनेनै छौँ ।