Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • पूर्वसांसद इच्छाराजको सहकारी ठगीको पैसाबाट निजी सम्पत्ति, शक्तिमा रहेर जनता लुट्नेलाई तीन अर्ब असुल्न विशेषको फैसला
पूर्वसांसद इच्छाराजको सहकारी ठगीको पैसाबाट निजी सम्पत्ति, शक्तिमा रहेर जनता लुट्नेलाई तीन अर्ब असुल्न विशेषको फैसला
नेपालकागज
नेपालकागज सोमबार, माघ २२, २०८०

काठमाडौँ । कुनैबेला शक्तिशाली मानिने शक्तिकै अगाडि पछाडि रहिराख्ने पूर्वसांसद इच्छाराज अहिले नराम्ररी फसेका छन् । पूर्वसांसद इच्छाराजको इच्छामा कालो ग्रहण तब लाग्यो जब, सम्पत्ति शुद्धीकरण मुद्दामा तीन वर्ष र पत्नी सिर्जनालाई डेढ वर्ष कैद सजायको फैसला आयो । त्यति मात्र नभएर तामाङदम्पतीसँग पौने तीन अर्ब असुल्न विशेषको फैसला छ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वसांसद तथा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङदम्पतीहरू यसअघि नै दोषी ठहर भएकामा आइतबार इच्छाराजसँग एक अर्ब ७२ करोड ४४ लाख र श्रीमती सिर्जना शाक्य तामाङसँग एक अर्ब तीन करोड जरिवाना असुल्ने अन्तिम फैसला आएको हो ।

इच्छाराज दम्पती यति बाठा थिएकी कानुनको सानो छिद्रोमा खेल्न मुद्दा–मामिलाभन्दा अगाडि नै एकआपसमा कानुनी रूपमा सम्बन्धविच्छेद गरेका थिए भने घरका सदस्यहरूबीच अंशबन्डा गराइसकेका थिए । दुवैजना सहकारी ठगीको अर्काे मुद्दामा हाल पुर्पक्षका लागि कारागारमै छन् । सम्पत्ति जोगाउनकै लागि उनीहरूले कानुनी रूपमा मात्र सम्बन्धविच्छेद गरेको बताइएको छ । 

विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार इच्छाराजलाई तीन वर्ष र सिर्जनालाई डेढ वर्ष कैद सजाय पनि सुनाइएको छ । विशेषले यस मुद्दामा ७ माघमा फैसला गर्दै कसुर कायम हुने जनाएको थियो । आइतबार दुवै पक्षका कानुन व्यवसायीको बहसपछि सजाय निर्धारण भएको हो । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सहकारी ठगी गरी अपराधको पैसाबाट निजी सम्पत्ति जोडेको भन्दै १६ भदौ ०७९ मा इच्छाराजसमेत ६ जनाउपर मुद्दा चलाएकोमा अन्य चारजनाका नाममा रहेको सम्पत्ति जफत हुने फैसलामा उल्लेख छ । फैसलाअनुसार प्रतिवादीहरू इच्छाराज र सिर्जनासँगै केशवलाल श्रेष्ठ (सिर्जनाका मामा), मीना श्रेष्ठ (केशवलालकी श्रीमती) तथा तामाङदम्पतीका छोरीहरू प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्ति जफत हुने भएको हो । 

सम्पत्ति शुद्धीकरणको कसुरमा शुद्धीकरण गरेबराबर सम्पत्ति जफत हुने भए पनि सहकारीको रकम ठगी गरेकोसमेत देखिँदा जफतभन्दा बिगो भराउने कार्यले प्राथमिकता पाउने फैसलामा छ । ‘यिनै प्रतिवादीहरूउपर काठमाडौं जिल्ला अदालतमा विचाराधीन ठगी मुद्दामा यी प्रतिवादीहरूउपर कसुर ठहर भएमा पीडितको बिगो भरिभराउ गर्ने कार्यले नै प्राथमिकता पाउने,’ अन्तिम आदेशमा छ । 

इच्छाराजलगायतका प्रतिवादीविरुद्ध जिल्ला अदालतमा ठगी मुद्दा चलिरहेको छ । उनीसमेतले पाँच अर्ब ६७ करोड ५५ लाख रुपैयाँभन्दा बढी ठगी गरेको अभियोगपत्रमा उल्लेख छ । इच्छाराजले तीन अर्ब ३१ करोड रुपैयाँभन्दा बढी सम्पत्ति शुद्धीकरण गरेको दाबी विभागको थियो । सिर्जनाले भने एक अर्ब तीन करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाइएको थियो । इच्छाराजका नाममा एक कित्ता जग्गा तथा ६९ वटा कम्पनीमा सेयर भेटिएको थियो भने उनकी श्रीमती सिर्जनाका नाममा एउटा सवारीसाधन र कसुरबाट आर्जित जग्गाहरू भेटिएको थियो । 

विभागले उनीहरूका छोरी प्रतीक्षा र प्रतिष्ठालाई क्रमशः ६ करोड २२ लाख तथा एक करोड ८९ लाख रुपैयाँभन्दा बढीको बिगोसहित मुद्दा चलाएको थियो । उनीहरूका नाममा पनि घरजग्गा र विभिन्न कम्पनीमा सेयर भेटिएको थियो । यसैगरी, इच्छाराजले अपराधबाट आर्जन गरेको २६ करोड ६१ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति केशवलालको नाममा राखिएको विभागको अनुसन्धानले देखाएको थियो । मीनाकुमारी श्रेष्ठका नाममा भने काठमाडौंका विभिन्न स्थानमा सात कित्ता जग्गा भेटिएको थियो । 

उनीहरूविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा जिल्ला अदालतमा विचाराधीन छ । करिब ६ अर्ब सहकारी ठगी गरेको अभियोग तामाङमाथि छ । सो मुद्दाको फैसलामा ढिलाइ हुँदा पीडितहरू थप समस्यामा परेका छन् । 


प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १२:१५
#अपराध
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्