Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • केहो त अरबपती सांसद विनोद चौधरीका भाईलाई पक्राउ गर्नुको कारण ? कसरी फसे त चौधरीका भाइ (हेर्नुहोस नालीबेली)
केहो त अरबपती सांसद विनोद चौधरीका भाईलाई पक्राउ गर्नुको कारण ? कसरी फसे त चौधरीका भाइ (हेर्नुहोस नालीबेली)
नेपालकागज
नेपालकागज शुक्रबार, माघ १९, २०८०

काठमाडौँ । कानुनको नजरमा सबै बराबर छन् भन्ने नजिर नेपाल प्रहरीले पुन दिन सकेको छ । ईमान्दार र कतव्यच्युत नभइ काम गर्दा प्रहरी अधिकारीहरू लखेटाइमा पर्छन् । जसले नेपाल आमाको सेवा गर्छ उसैले पछि दुख पाएका उदाहरण प्रशस्तै छ्न । तर नेपाल प्रहरीका ईमान्दार अधिकारीहरूलाई हाम्रो अनुरोध, राष्ट्रिय सुरक्षा तथा अपराध बिटमा काम गर्ने सम्पूर्ण पत्रकार तथा जनताले तँपाइहरूलाई साथ दिनेछन । सत्यको मार्गमा हिँड्दा श्री रामलाई समेत १४ वर्ष वनवास भोग्नुपरेको थियो । अहिलेको कलियुगमा हाम्रा अत्यन्तै बहुप्रतिभाशाली र आँटी प्रहरीहरू तँपाइहरू अगाडि बढ्नुस । चौथो अंग र जनता साथमा छन । भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने पवित्र मन मस्तिष्क भएका नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुखको जिम्मेवारी खोसिएको हामीलाइ थाहा नै छ ।

गृह मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसी र काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटायो तर पनि उनको मनोबल खसेको छैन ।

केसीलाई सरुवा गरेर प्रहरी प्रधान कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा पठाइएको छ भने कार्कीलाई महानिरीक्षक वसन्त कुँवरको सचिवालयमा पठाइएको अवस्था छ । यो लामो भुमिका बाँध्नुको कारण के हो भने नेपालकै सबैभन्दा धनी सांसद तथा चौधरी ग्रुपका मालीकका भाईलाई अपराध गरेका कारण पक्राउ गर्‍यो । त्यति ठूलो छाती बनाएर संगठनको गरिमालाई उचाइमा पुर्‍याउने प्रहरी अधिकारीले आखिर फेरि ३७ वर्ष अघिका घटनाका अहिलेका हाइप्रोफाइल ब्यक्तिलाई पक्राउ गर्ने आँट गर्ने यस्ता प्रहरीलाई मिडियाले साथ दिएको छ । 

यस्तो छ घटना 

३७ वर्षअघि सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको जग्गा जालसाजी गरेर हत्याएको आरोपमा प्रहरीले देशकै ठूलो व्यावसायिक घराना सिजी ग्रुपका व्यवसायी अरुण चौधरीलाई पक्राउ गरी अनुसन्धान थालेको छ । काठमाडौंको बाँसबारीस्थित १० रोपनी जग्गा हडपेर हाल चाँदवाग विद्यालय चलाएको प्रहरी अभियोग उनीमाथि छ । 

तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको जग्गा कर्मचारीसहितको मिलेमतोमा किर्ते कागजपत्र बनाई हत्याएको प्रारम्भिक अनुसन्धानमा पुष्टि भएको भन्दै चौधरीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार पक्राउ गरेको हो । छालाजुत्ता कम्पनीका तत्कालीन कार्यकारी निर्देशक अजितनारायणसिंह थापा र चौधरीका साझेदार सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ । चौधरीलाई लाजिम्पाट र थापालाई बत्तीसपुतलीबाट प्रहरीले पक्राउ गरेको हो । चौधरी र थापालाई बिहीबार नै अदालतमा उपस्थित गराइएकोमा चार दिन थुनामा राख्न अनुमति दिएको तथा ठाकुरलाई शुक्रबार अदालतमा पेस गरिने सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले नेपालकागजलाई बताए । उनले भने, "नेपाल प्रहरीले अपराध गर्नेलाई कानुनको दायरामा ल्याउनुपर्छ, हामीले त्यति गरेको हो तर हजुरहरूको साथले हौसला त बढेको छ ।"

चौधरीसहितले ०४३ मा च्याम्पियन फुटवेयर नामक कम्पनी खडा गरी सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता उद्योगलाई सहयोग गर्ने आश्वासनमा साझेदारी गरेका थिए । जुत्ता उत्पादनमा सघाउने भन्दै च्याम्पियन फुटवेयरले बाँसबारी छालाजुत्ताको ६ रोपनी जग्गा मिलेमतोमा नियम मिचेर सस्तोमा खरिद गरेको थियो । त्यस्तै, कम्पनीको २५ सय कित्ता सेयर बाँसबारी छालाजुत्ता उद्योगलाई दिने सहमतिमा सोबापतको चार रोपनी जग्गा च्याम्पियन फुटवेयरले आफ्नो बनाएको थियो । तर, सञ्चालनमा आएको तीन वर्षपछि नै फुटवेयर बन्द भयो । छालाजुत्ता कम्पनीको जग्गा भने फिर्ता भएन । छालाजुत्ता कम्पनीलाई पनि पछि सरकारले निजीकरण गरेको थियो । 

‘छालाजुत्ता कम्पनीलाई पब्लिक लिमिटेड बनाउनेलगायत विभिन्न सर्तमा सरकारी जग्गा लगेको देखिन्छ,’ सिआइबीका एसएसपी आचार्य भन्छन्, ‘तर, त्यसविपरीत जग्गा पास गरेपछि कम्पनी बन्द गरेर नियोजित रूपमा सरकारी जग्गा हत्याएको हाम्रो अनुसन्धानबाट पुष्टि भएको छ ।’ उद्देश्यविपरीत काम गरेकाले किर्ते गरी सरकारी कम्पनीलाई ठगी गरेको अभियोगमा अनुसन्धान थालिएको उनले बताए । 

सो जग्गा हाल सिजी चाँदवाग रेसिडेन्सीको नाममा छ । जसको सञ्चालकमा अरुण र उनकी श्रीमती शिला छन् । पक्राउ परेका सञ्जयको पनि यस काममा मिलेमतो रहेको र सो कम्पनीमा साझेदारी रहेको प्रहरी दाबी छ । प्रहरीका अनुसार यस प्रकरणमा काठमाडौं महानगरपालिका– ३ र स्थानीयले सिआइबीमा जाहेरी दिएका छन् । प्रहरीले त्यहीवेलाकै मुलुकी ऐन, २०२० को प्रावधानअनुसार उनीहरूमाथि अनुसन्धान अघि बढाएको छ । यसमा मालपोतलगायत निकायका तत्कालीन कर्मचारीबाट पनि बदमासी भएको हुन सक्ने भएकाले त्यसतर्फ पनि सिआइबीले अनुसन्धान गरिरहेको छ । 

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रसँगै रहेको सोही जग्गामा सिजी ग्रुपले विद्यालय चलाउँदै आएको छ । यस विषयमा गंगालाल अस्पतालमा काम गरेका चिकित्सक डा. भगवान कोइरालालगायतले आफ्नो किताबमार्फतसमेत सो सरकारी जग्गा चौधरी समूहले हत्याएको आरोप लगाएका छन् । सोही विषयमा पछिल्लो समय सञ्चारमाध्यममा विस्तृत समाचार आएपछि सरकारी निकायले छानबिन थालेका हुन् । सिआइबीले २ महिनाअघिदेखि नै अनुसन्धान गरे पनि गत साता मात्र यसबारे गृहमन्त्रीलगायतलाई ब्रिफिङ गरेको थियो । ब्रिफिङपछि विस्तृतमा अनुसन्धान अघि बढाउन निर्देशन पाएपछि चौधरीलाई पक्राउ गरिएको सिआइबी स्रोत बताउँछ । 

सिआइबीका एक अधिकारीका अनुसार उनीहरूविरुद्ध बिहीबार नै जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो । अनुसन्धानका क्रममा आउन सक्ने दबाब छल्न प्रहरीले गोप्य रूपमा अनुसन्धान गरी पक्राउ पुर्जी जारी भएलगत्तै पक्राउ गरेको हो । सो जग्गाको अहिलेको मूल्यअनुसारको बिगो कायम गरी मुद्दा चलाउने सिआइबी तयारी छ । 
यस प्रकरणले देशकै ठूलो व्यापारिक घराना सिजी ग्रुप फौजदारी मुद्दाको छानबिनमा तानिएको छ । चाँदवाग स्कुल सिजी एजुकेसन ग्रुपअन्तर्गत सञ्चालित छ । विगतमा च्याम्पियन फुटवेयरमा चौधरी ग्रुपका धेरै सदस्यको लगानी छ । हाल सिजी चाँदवाग रेसिडेन्सीमा भने अरुण र उनकी श्रीमती शिलाको मात्र सेयर देखिएको छ । 

 के हो जग्गा हिनामिनाको घटना ? 
सिजी ग्रुपका व्यवसायी अरुण चौधरीसहितले ०४३ मा च्याम्पियन फुटवेयर नामक कम्पनी खडा गरी सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता उद्योगलाई सहयोग गर्ने आश्वासनमा साझेदारी गरेका थिए । जुत्ता उत्पादनमा सघाउने भन्दै च्याम्पियन फुटवेयरले बाँसबारी छालाजुत्ताको ६ रोपनी जग्गा मिलेमतोमा नियम मिचेर सस्तोमा खरिद गरेको थियो ।

त्यस्तै, कम्पनीको २५ सय कित्ता सेयर बाँसबारी छालाजुत्ता उद्योगलाई दिने सहमतिमा सोबापतको चार रोपनी जग्गा च्याम्पियन फुटवेयरले आफ्नो बनाएको थियो । तर, सञ्चालनमा आएको तीन वर्षपछि नै फुटवेयर बन्द भयो । छालाजुत्ता कम्पनीको जग्गा भने फिर्ता भएन । छालाजुत्ता कम्पनीलाई पनि पछि सरकारले निजीकरण गरेको थियो । जग्गा पास गरेपछि नियोजित रूपमा आफ्नो कम्पनी बन्द गरेर सरकारी जग्गा हत्याएको देखिएको सिआइबीको दाबी छ । 

हत्याइएको जग्गामा चौधरी ग्रुपले चलाउँदै छ विद्यालय ।
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रसँगै रहेको सो जग्गा हाल सिजी चाँदवाग रेसिडेन्सीको नाममा छ, जहाँ चौधरी ग्रुपले चाँदवाग नामको विद्यालय चलाउँदै आएको छ । सिजी चाँदवाग रेसिडेन्सीको सञ्चालकमा अरुण चौधरी र उनकी श्रीमती शिला छन् । पक्राउ परेका सञ्जयको पनि यस काममा मिलेमतो रहेको र सो कम्पनीमा साझेदारी रहेको प्रहरी दाबी छ । 

नियोजित रूपमा सरकारी जग्गा हत्याएको अनुसन्धानबाट पुष्टि भएको छ
दिनेश आचार्य
एसएसपी, सिआइबी
छालाजुत्ता कम्पनीलाई पब्लिक लिमिटेड बनाउनेलगायत विभिन्न सर्तमा सरकारी जग्गा लगेको देखिन्छ । तर, त्यसविपरीत जग्गा पास गरेपछि कम्पनी बन्द गरेर नियोजित रूपमा सरकारी जग्गा हत्याएको हाम्रो अनुसन्धानबाट पुष्टि भएको छ । 

निजी क्षेत्रको आपत्ति
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले व्यवसायी अरुणकुमार चौधरीलाई पक्राउ गरेकोप्रति निजी क्षेत्रका छाता संगठनले आपत्ति जनाएका छन् । निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकड शैलीमा चौधरीलाई पक्राउ गरिएको भन्दै उनीहरूले विरोध जनाएका छन् ।

सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध–निर्देशक चौधरी बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका हुन् । तर, कुनै सोधपुछ नै नगरी धरपकड शैलीमा उनलाई पक्राउ गरिएको भन्दै निजी क्षेत्रले विरोध जनाएको हो । नेपाल उद्योग परिसंघले पत्रकार सम्मेलन नै गरेर आपत्ति जनाएको छ । नेपाल उद्योग वाणिज्य 

महासंघले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन, नेपाल निकासी पैठारी संघ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)लगायत संघसंस्थाले पनि व्यवसायी चौधरीको पक्राउप्रति आपत्ति जनाएका छन् । 

परिसंघले कुनै सूचना नदिई एवं अनुसन्धानका लागिसमेत नबोलाई चौधरीलाई पक्राउ गरिनु अनुचित भएको जनाएको छ । ‘अरुण चौधरी यो देशकै माटोमा हुर्किएका लब्धप्रतिष्ठित उद्यमी हुनुुहुन्छ, उहाँ देश छोडेर कतै जान लाग्नुभएको थिएन । तर, आज राज्यले एक व्यवसायीलाई मात्र नभएर सम्पूर्ण निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकड शैलीमा पक्राउ गरेको छ,’ परिसंघले आफ्नो विज्ञप्तिमार्फत भनेको छ, ‘यसप्रति निजी क्षेत्रको घोर आपत्ति छ । यसले सम्पूर्ण उद्योगी–व्यवसायीको मानमर्दन भएको हामीले महसुस गरेका छौँ ।’ 

एक प्रतिष्ठित व्यवसायीलाई कुनै सोधपुछ नगरी आरोप एवं शंकाका भरमा पक्राउ गरेपछि निजी क्षेत्र त्रसित भएको परिसंघ अध्यक्ष राजेश अग्रवालले बताए । ‘सरकारले एकातिर ठूलो महत्वाकांक्षाका साथ लगानी सम्मेलनको तयारी भइरहेको भन्ने र अर्कोतर्फ समानान्तर रूपमा उद्योगी व्यवसायीहरूमाथि धरपकडको डन्डा बर्साइरहने हो भने त्यसले देशको आर्थिक समृद्धिमै असर पार्छ,’ उनले भने, ‘यस्तो व्यवहारले विदेशी त के स्वदेशी लगानीकर्ता पनि सरकारको आश्वासनबाट तर्सने प्रस्ट छ । यसले लगानीको वातावरण बिथोल्नेबाहेक अरू केही गर्दैन ।’

व्यवसायी चौधरीलाई संवैधानिक हक अधिकारबाट समेत वञ्चित गरी पक्राउ गरिएको उनले बताए । ‘नेपालको संविधानको धारा २० (५) मा कुनै अभियोग लागेको व्यक्तिलाई निजले गरेको कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिनेलगायतका संवैधानिक हक सुरक्षित गरिएको छ,’ परिसंघको विज्ञप्तिमा छ, ‘तसर्थ, उचित र पर्याप्त कारण भएको अवस्थाबाहेक अभियुक्तलाई शंकाकै भरमा उसको वैयक्तिक स्वतन्त्रताको हनन हुने गरी पक्राउ गर्ने कार्य कुनै पनि दृष्टिकोणले न्यायसंगत देखिँदैन ।’

परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले व्यवसायीलाई धरपकड शैलीमा पक्राउ गरिनुले देशमा विधिको शासन मर्दै गएको देखिएको बताए । राज्यले पहिले सुन्ने अनि मात्रै थुन्ने नीति लिनुपर्ने उनले बताए । नाडाका उपाध्यक्ष निराकर श्रेष्ठले वेलाबखत व्यवसायीलाई धरपकड भइरहेको भन्दै आपत्ति जनाए । इप्पानका अध्यक्ष गणेश कार्कीले व्यवसायीलाई धरपकड गरिँदा देशलाई नै समस्या पर्ने बताए । उनले निष्पक्ष छानबिन गरी यस्ता समस्या अविलम्ब समाधान गरिनुपर्ने बताए । पैठारी संघका अध्यक्ष विनोदकुमार सेठियाले पक्राउ परेका व्यवसायीलाई अविलम्ब छाडेर अनुसन्धान गर्नुपर्ने बताए । 

महासंघको गम्भीर ध्यानाकर्षण
नेपाल उद्योग वाणिज्य महासंघले मुलुक आर्थिक समस्यासँग जुधिरहेका वेला उद्यमी व्यवसायीमाथि भैरहेको धरपकड एवं पक्राउप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘महासंघले सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटक–पटक आग्रह गर्दै आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यावसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीलाई थप निरुत्साहित बनाएको छ ।’ केही महिनाभित्रै नेपालमा लगानी सम्मेलन हुन गैरहेको सन्दर्भमा यस्ता पक्राउले हालका र सम्भावित स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जाने भन्दै महासंघले सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

नेपाल उद्योग परिसंघले पत्रकार सम्मेलन नै गरेर भन्यो–उहाँ (अरुण चौधरी) देश छोडेर कतै जान लाग्नुभएको थिएन । तर, आज राज्यले एक व्यवसायीलाई मात्र नभएर सम्पूर्ण निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकड शैलीमा पक्राउ गरेको छ । यसप्रति निजी क्षेत्रको घोर आपत्ति छ । यसले सम्पूर्ण उद्योगी–व्यवसायीको मानमर्दन भएको हामीले महसुस गरेका छौँ ।

सरकारसँग नेपाल उद्योग वाणिज्य महासंघले भन्यो–महासंघले सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटक–पटक आग्रह गर्दै आएको छ । पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यावसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीलाई थप निरुत्साहित बनाएको छ ।

देशकै ठूलो व्यावसायिक घराना सिजी ग्रुपका मुख्य व्यवसायी एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएका छन्।

सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको जग्गा जालसाजी गरेर हत्याएको आरोपमा प्रहरीले बिहीबार अरुण चौधरीलाई पक्राउ गरेपछि सांसद चौधरीले शुक्रबार पार्टी संसदीय दलको बैठकमा असन्तुष्टि जनाएका हुन्।

बैठकमा चौधरीले ०४६ सालमा बोलपत्रमार्फत छनोट भई सम्झौता भएअनुसार  नै काम गरेको जानकारी गराएका बैठकमा सहभागी कांग्रेस सांसद जीवन परियारले जानकारी दिए।

चौधरीको भनाइ उद्धृत गर्दै परियारले भने, ‘अरुण चौधरी नाताले मेरो भाइ हुन्। तर, उनी नेपालको एक सफल उद्यमी र व्यवसायी पनि हुन्। यो घटना जुन बाँसबारी छालाजुत्ता कारखानाले ०४६ सालमा बोलपत्र आह्वान गरेर सबैभन्दा बढी रकममा छनोट गरेर विधिवत् रूपमा जुत्ता कारखाना बनाउने गरी सम्झौता भएकाे हाे ।’ 

बैठकमा सांसद चौधरीले सरकारले एउटा उद्योगी–व्यवसायीलाई अपमानित ढंगले पक्राउ गरेको भन्दै यसले समग्र उद्योगी–व्यवसायीलाई नै आतंकित र हतोत्साही बनाउने जिकिर गरेका थिए। यसले लगानी सम्मेलनलाई पनि प्रभावित पार्ने उनको जिकिर थियो।

‘हामी उद्योगी–व्यवसायी जो अर्बौँको लगानी गरेर व्यवसाय गरेका छौँ, हामी भाग्ने, लुक्ने, छल्ने भन्ने हुन सक्दैन। छानबिन गर्न सकिन्छ, तर जुन ढंगबाट एरेस्ट गरिएको छ, यसमा चित्तबुझ्दो अवस्था छैन,’ चौधरीको धारणा उद्धृत गर्दै परियारले भने।


प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्