Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • सामुहिक बलात्कारमा परेपछि झुन्डिन लागेकी किशोरीको उद्धार, बलात्कारीहरू पक्राउ
सामुहिक बलात्कारमा परेपछि झुन्डिन लागेकी किशोरीको उद्धार, बलात्कारीहरू पक्राउ
नेपालकागज
नेपालकागज बुधबार, माघ ३, २०८०

काठमाडौँ । काभ्रेको पाँचखाल नगरपालिका– ७ शिखरपुरस्थित जंगलमा १९ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेपछि फाँसी लगाएर झुन्डिन लागेको अवस्थामा उद्धार गरिएको छ । 

किशोरी २७ पुसको साँझ साथीसँगै इभिनिङ वाकमा घरबाहिर निस्कनुभएको थियो । साथी घर फर्किनुभयो, तर किशोरी बेलुकासम्म पनि नफर्केपछि परिवारका सदस्य खोज्न निस्केका थिए । यही क्रममा किशोरी रूखमा झुन्डिन तयार भएको अवस्थामा फेला पर्नुभयो । परिवारका सदस्यले तत्काल उद्धार गरे र प्रहरीलाई जानकारी गराए ।

प्रहरीका अनुसार उहाँ पीडित किशोरीलाई स्थानीय चार मजदुरले २७ पुसको साँझ सामूहिक बलात्कार गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार घटनामा संलग्न उदयपुर ताप्ली– ८ का धीरज हमाल, भोजपुर षडानन्द– ८ का घनश्याम श्रेष्ठ र अन्य दुई १७ वर्षका बालक रहेका छन् । घटनामा संलग्न चारैजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिप्रका काभ्रेका प्रमुख एसपी भाग्यन्द्रपुरुष ढकालले घटनामा संलग्न चारैजनालाई पक्राउ गरिएको र अनुसन्धानका लागि सात दिनको म्याद थप भएको बताउनुभयो । ‘२७ पुसको साँझ किशोरी सामूहिक बलात्कारमा परेको सूचना आयो । प्रहरीले घटनाको अनुसन्धान गर्‍यो । यस क्रममा घटनास्थलआसपासका शंकास्पद ६० भन्दा धेरैलाई पक्राउ गरियो,’ उहाँले भन्नुभयो, ‘अन्ततः चारजना घटनामा संलग्न रहेको खुल्यो । उनीहरूलाई पक्राउ गरिएको छ । जसमध्ये दुई युवा र दुई बालक छन् । उनीहरू सोही क्षेत्रमा ज्याला–मजदुरी गर्दै आएको खुलेको छ ।’

किशोरीले सामूहिक बलात्कारको सिकार भएको प्रहरीलाई बताएपछि तत्कालै प्रहरी घटनास्थल पुग्यो । घटनामा संलग्न हुनेहरू पहिचान भएको÷नभएकोबारे प्रहरीले किशोरीलाई सोध्यो । तर, किशोरीले कसैलाई नचिनेको बताएपछि प्रहरी शंकास्पद व्यक्तिको खोजीमा जुट्यो । यही क्रममा चारजना पक्राउ परेको जिप्रका प्रमुख ढकालले बताउनुभयो । 

‘समूहिक बलात्कारमा परेपछि किशोरी आत्महत्या गर्ने मुडमा पुगेकी रहिछिन् । रूखमा झुन्डिन ठिक्क परेको अवस्थामा परिवारका सदस्यले उद्धार गरे । त्यसपछि मात्रै सामूहिक बलात्कारको पोल खुल्यो,’ उहाँले भन्नुभयो, ‘तर, घटनामा संलग्न अभियुक्त किशोरीले नचिन्ने रहिछिन् । प्रहरीले फरक ढंगले अनुसन्धान गर्‍यो । घटनाको चार दिनपछि चार अभियुक्तको पहिचान खुल्यो । र उनीहरू पक्राउ परे ।’

प्रहरीका अनुसार पीडित किशोरीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । उनको मेडिकल परीक्षण भइसकेको, तर प्रतिवेदन भने प्राप्त नभएको प्रहरीको भनाइ छ । 


प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १०:४५
#अपराध
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्