Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • बाँकेको बाल सुधार गृहबाट १५ बन्दी फरार, १८ वर्ष पुगेकालाई कारागार राख्ने नियम नबन्दा सुरक्षाकर्मी समस्यामा 
बाँकेको बाल सुधार गृहबाट १५ बन्दी फरार, १८ वर्ष पुगेकालाई कारागार राख्ने नियम नबन्दा सुरक्षाकर्मी समस्यामा 
नेपालकागज
नेपालकागज शुक्रबार, पुस २०, २०८०

नेपालगन्ज । बाँकेको नौबस्तास्थित बाल सुधार गृहबाट १५ जना बाल बन्दीहरू फरार भएका छन् । नौबस्तास्थित उक्त सुधार गृहमा यस अघि दुई पक्षबिच झडप र लडाइ परेपछि सुधार गृहमा तोडफोड भएको थियो । 

उक्त विवाद समाधान गर्न प्रमुख जिल्ला अधिकारी आफै गएर सहमति गरे पनि सुधार गृहमा झडप र तोडफोडपछि शुक्रवार र शनिवारसम्म पनि विवाद भइरहेको थियो । यही मौका छोपी भागेका १५ जना बाल बन्दीहरू अझै नभेटिएको अवस्था छ ।

१०१ जना बन्दी रहेको उक्त सुधार गृहमा दुई दिनसम्म विभिन्न माग राखेर बाल बन्दीहरूले आन्दोलन गरेका थिए । उक्त बेला प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बालबालिकाले उठाएका जायज माग गर्न भूमिका खेल्ने सहमतिमा  गृहका बाल बन्दीहरू सामान्य अवस्थामा पुगेका थिए ।

अहिले  १८ वर्ष पुगेका बन्दीहरूलाई बाल सुधार गृहबाट कारागार नसारेसम्म समस्याको समाधान नहुने एक सुरक्षा अधिकारीले नाम नखोल्ने सर्तमा बताए । उनका अनुसार यसो गर्न माथिबाटै (गृह मन्त्रालय) बाटै बाटो खुला गरिदिएमा यस्ता पटक पटक हुने अराजक क्रियाकलाप रोकिन्छ । १८ वर्ष पुगेकालाई कारागार राख्ने नियम, ऐन, नियमावली नबन्दा सुरक्षाकर्मी समस्यामा परेका छन् । सधैँ जसो १८ वर्षका भन्दा माथिका बन्दीहरूले भड्काएर तोडफोड गर्ने गराउने, साना बालबालिकालाई प्रयोग गर्ने, राज्यका सम्पत्ति तोडफोड गरेर अराजकता मच्चाउन ग्र्याण्ड डिजाइन गर्नेहरूका कारण प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका जिल्ला नेतृत्वहरू प्रेसरमा पर्ने, कनिष्ठ प्रहरी अधिकारी, राजपत्राङ्कित श्रेणीका अधिकारी, जवान, हवलदारहरूलाई समस्या पर्ने अहिलेको अवस्था छ । माथिका हाकिमहरूले के हो शान्ति सुरक्षा किन भएन भनेर सोधपुछ गर्दै पेलानमा पर्ने जिल्लाका अधिकारीहरू । तसर्थ के बुझ्न जरुरी छ भने १८ वर्ष नाघेकालाई अन्यत्र नसार्दासम्म ऐन नियम नबन्दा सम्म जेलर लगायत प्रहरी प्रशासनलाई स्केप गोट (बलिको बोका) बनाउने प्रपञ्च ठुला नीतिनिर्माताले गर्न हुँदैन । सुरक्षा पनि दिने, ढुङ्गा पनि खाने अनि उल्टो आरोप पनि प्रहरी प्रशासनलाई लगाउनु अत्यन्तै गलत कुरा रहेको बुझ्न सकिन्छ र यथार्थ पनि यही हो ।

यता मिडिया रिपोर्टका अनुसार डुडुवास्थित सुधार गृहमा झडप गरेका दुइ समूहबिच पुनः झगडा सुरु भएको बताइएको छ ।

बाँकेको डुडुवामा रहेको बाल सुधार गृहमा असोज ४ गते राति बाल बन्दीका बिचमा आपसमा झडप हुँदा एक जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । अहिले नौ बस्ता कारागारमा थप जोखिम हुन सक्ने भन्दै सुरक्षा समेत बढाइएको छ ।

१८ वर्ष पुगेका बालबन्दीहरुलाई नौबस्तामा राख्न सुरु गरिएको हो । नौबस्तास्थित क्षेत्रीय कारागार सञ्चालन गरिए पनि चार वटा ब्लक रहेको क्षेत्रीय कारागारको एउटा ब्लकमा बाल सुधार गृह सञ्चालनमा छ ।

यसअघि डुडुवा गाउँपालिका–६, आसमानपुरस्थित जयेन्दु बाल सुधारगृहभित्र रहेका १८ वर्षमाथिका बाल बिजाइँकर्तालाई नौबस्तामा सारिएको थियो ।


प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १४:१६
#बाँके
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्