Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • सशस्त्र बर्दिया प्रमुखले सशस्त्रहरूको मनोबल बढाउँदा तस्करी बन्द, एक नेपाली चेलीको यसरी गरियो उद्धार    
सशस्त्र बर्दिया प्रमुखले सशस्त्रहरूको मनोबल बढाउँदा तस्करी बन्द, एक नेपाली चेलीको यसरी गरियो उद्धार    
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी शुक्रबार, पुस २०, २०८०

बर्दिया । सशस्त्र प्रहरी बल बर्दिया प्रमुखले सीमामा खटिने सशस्त्रहरूको मनोबल बढाउँदा तस्करी बन्द भएको छ । अहिले सशस्त्र प्रहरीले सीमा नाकामा अत्यन्तै कडाइ गरेको अवस्था छ । यस अघि सशस्त्र प्रहरी बल बर्दिया प्रमुख सशस्त्र प्रहरी उपरीक्षक एसपी हर्क शाही आफै छड्के चेकिङमा गएर तस्करीका सामान भटाभट समातिदिँदा सङ्गठनका लाइन खाने केही अधिकारीहरू त्रसित छन् भने ईमान्दारहरू खुसी भएका छन् । 

पाँच वटै औँला बराबर नभए जस्तै सङ्गठनमा पनि सबै इमानदार हुन्छन् भन्ने कुरा सबैलाई थाहा भए को धुर्व सत्य हो । घरायसी सामान थोरै ल्याउन सशस्त्रले दिए पनि भन्सार छलेका माल वस्तुहरू भने समात्दै भन्सारलाई बुझाउने गरेको छ । जसको उदाहरण मध्यको केही दिन अघि मात्र सशस्त्र प्रहरी गणेशपुरले गरेको अपरेसन हो । २०८० पौष ११ बुधवारका दिन बिहान ५ बजेको समयमा करिब ७८ हजारको अवैध सामान सशस्त्र प्रहरी थपुवाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक असई दुर्गा ढुङ्गानाको कमाण्डमा  तथा सहायक कमान्डर विश्वेश्वर चौधरीको सह-कमान्डमा खटिएको सशस्त्र टोलीले पक्राउ गर्न सफल भएको थियो । छालाका बेल्ट तथा स्ट्यान्ड पङ्खाहरू उक्त टोलीले भन्सारमा बुझाएको छ ।

  

कुरा यहाँ भन्सार छलीको मात्र नभएर भारतीय नाका प्रयोग गरेर लागू औषध, हात हतियार गोली समेत आउन सक्छ । एउटा गोली नेपाल छिर्नु भनेकै एउटा घर उजाडिनु हो तसर्थ सीमामा हुने अपराधीक क्रियाकलापलाई न्यूनीकरण गर्ने र नेपालको सीमाको रक्षा समेटा गर्ने कार्यभार बोकेको अर्ध सैनिक बल बर्दियाले गरेको कामबाट स्थानीय खुसी छन् । गुलरिया नगरपालिका वडा नम्बर १२ गणेशपुर निवासी राजु मनिहारले नेपाल कागजसँग कुरा गर्दै भने, "सशस्त्र प्रहरीले गरेको कामले हामी अत्यन्तै खुसी छौँ, हामीलाई सुरक्षाको अनुभूति भएको छ किनकि कुनै बेला सीमामा जान समेत जान हामी डराउँथ्यौँ किनकि भारतबाट आएर कसैले केही गर्दिने हो कि वा डकैती हुने हो कि भन्ने डर थियो । जब बिओपी स्थापना भयो हामी निर्धक्क हिँड्छौँ, त्यसको लागि सशस्त्र प्रहरीलाई धन्यवाद ।"

यसै गरी २०८०-०९-१६ गते सशस्त्र प्रहरी थपुवाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक असई दुर्गा ढुङ्गानाको कमाण्डमा  तथा सहायक कमान्डर विश्वेश्वर चौधरीको सह-कमान्डमा खटिएको ५ जना सशस्त्र प्रहरीले शंकासपद अवस्थामा नेपाली चेलीलाई भारतका २ जना युवकले ललाई फकाइ गोप्य बाटो प्रयोग गर्दै भारत लग्न खोजेको अवस्थामा ती युवतीको उद्धार गरेको थियो । नेपाली चेलीबेटीलाई फकाएर लगेर भारतमा यौन शोषण गर्ने अनि देह व्यापारमा लगाउन बेच्ने क्रियाकलाप हुनसक्ने अवस्थाका कारण ती दुई भारतीयले लाग्दै गरेको अवस्थामा ती युवती प्रेस काउन्सिलको ऐन अनुसार पीडितको नाम परिवर्तन कैलाली जिल्ला कैलाली गाविस वडा नं ७ बस्ने २१ वर्षीया (गणेशपुर छोरी -२१) लाई उद्धार गर्दै शान्ति पुन स्थापना गृहमा परामर्शदाता अन्जना पाण्डेको जिम्मामा पठाइएको थियो । त्यस्तै ललाई फकाई लग्न खोज्ने भारतको उत्तर प्रदेश जिल्ला बहराइच अचकवा गाउँ बस्ने २१ वर्षीय विक्रम सिंह र सोही ठाउँ बस्ने वर्ष २२को धर्मदेव रहेका थिए ।

यस विषयमा थपुवा कमान्डर सशस्त्र प्रहरी सहायक निरीक्षक असई दुर्गा ढुङ्गानालाई प्रश्न गर्दा उहाँले भन्नुभयो, "हाम्रो एसपी साबको निर्देशन र उहाँले दिएको आदेशको पालना गर्न हामी लागि परेका छौँ । एसपी सरको आदेश भएपछि हाम्रो मनोबल बढेका कारण हामीले यी काम गर्न सफल भएका हौँ । बाँकी कुरा उहाँले दिएको आदेशको हामीले पालना मात्र गरेको हो, यो हाम्रो कर्तव्य हो त्यसैले हाम्रो मनोबल बढेको छ । त्यत्ति हो अरू हामीले हाम्रो अभिभावक आदरणीय श्रीमान् हर्क शाही ज्यु सरको आदेशलाई पालना मात्र गरेको हो ।"

त्यस्तै यता हामीले सशस्त्र प्रहरी बल बर्दिया प्रमुख सशस्त्र प्रहरी उपरीक्षक एसपी हर्क शाहीलाई तपाईँले दिएको निर्देशन अनुसार, एक नेपाली चेली भारत जानबाट बचिन, धमाधम तस्करीका सामान पक्राउ गर्दा दबाब आउँदैन तपाइलाई ? भन्ने प्रश्न गर्दा उहाँले छोटो प्रतिक्रिया दिँदै भन्नुभयो, 'यो त मेरो कर्तव्य हो, मैले केही ठुलो काम गरेको होइन तर बर्दिया सशस्त्रको प्रमुख भएकाले मैले हाम्रो सङ्गठनको गरिमाको ख्याल राख्दै काम गर्नु भन्ने मेरो मातहतका निकायलाई सिधा निर्देशन छ । एक त दबाब आएकै छैन तर यो क्रममा जति दबाब आएपनी हामीलाई हाम्रो आइजी साबले दिएको निर्देशन कुनै पनि हालतमा पुरा गर्छौँ । अर्को कुरा यो मेरो मात्र योगदान छैन यसमा सम्पूर्ण कर्तव्य निष्ठ सशस्त्र जवान, हवलदार, जमदार, कनिष्ठ सप्र अधिकारी देखी राजपत्राङ्कित तहका मेरा मातहतका सबैको प्रयासले सफल भएको हो । तर यो पनि सत्य हो की यदि मैले सङ्गठनको नाममा धब्बा लगाउने काम कसैले गर्छ भने मैले कारबाही गर्छु नै किनकि ईमान्दारहरूको हौसला बुलन्द हुन्छ, धन्यवाद ।"

समग्रमा भन्दा बर्दिया सशस्त्र प्रहरीले गरेका काम कारबाही राम्रा त छन् नै तर केही हातका सबै औँला बराबर नभए पनी मुठ्ठी कस्दा एक हुन्छ । तसर्थ बर्दिया सशस्त्रमा पनि केही त्यस्ता निर्देशनको पालना नगर्ने, सङ्गठनको गरिमामा ठेस पुर्‍याउनेलाई कारबाहीको दायरामा ल्याएर ईमान्दारलाई प्रोत्साहित गरेमा सुनमा सुगन्ध हुन जान्थ्यो । 

रिपोर्ट
सन्दिप नाथ योगी    


प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १३:५४
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्