Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • ‘धर्मविरोधी’ लाई पशुपति क्षेत्र विकास कोषको जिम्मेवारी, कार्यकारी निर्देशक नियुक्तिको चौतर्फी विरोध
‘धर्मविरोधी’ लाई पशुपति क्षेत्र विकास कोषको जिम्मेवारी, कार्यकारी निर्देशक नियुक्तिको चौतर्फी विरोध
नेपालकागज
नेपालकागज बुधबार, पुस ११, २०८०

शरद रिजाल, काठमाडौं। धर्मलाई अफिमको संज्ञा दिने कम्युनिष्ट पार्टीको बफादार कार्यकर्तालाई पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशमा नियुक्त गरिएको भन्दै सर्वत्र आलोचना हुन थालेको छ।

माओवादी नेत्री रहेकी लक्ष्मी पुनलाई पुस दुई गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको जिम्मोरी दिएपछि विवाद निम्तिएको हो।

उनको राजनीतिक दलसँगको सामिप्यता र अंगीकार गरेको राजनीतिक दर्शनले करोडौं हिन्दु तथा बौद्धहरुको आस्थाको केन्द्रका रुपमा रहेको पाशुपत क्षेत्रको कार्यकारी निर्देशक हुन अयोग्य रहेको सनातनी धर्मका अभियान्ताहरुको आरोप छ।

माओवादी केन्द्र निकट पत्रकार रहेकी उनी यसअघि नेपाल पत्रकार महासंघको सचिव भइसकेकी हुन्। माओवादीले सुरु गरेको दशबर्षे जनयुद्धमा प्रत्यक्ष सहभागी भएकी उनी त्यस पार्टीको कार्यकर्ता रहेको सार्वजनिक भएको छ।

उनको नियुक्तिलाई लिएर हिन्दु राष्ट्र पक्षधर राजनीतिक दल राप्रपा नेपालका अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन्। राप्रपा नेपालको सचिवालय बैठकले विधर्मीलाई पशुपति क्षेत्रको जिम्मा दिइएकाले तत्काल निर्णय फिर्ता लिन सरकारलाई ध्यानाकर्षण समेत गराएको छ।

‘विश्वका समस्त हिन्दु र बौद्ध धर्माबलम्बीहरुको आस्थाको केन्द्र तथा आराध्यदेव पशुपतिनाथ मन्दिरको संरक्षण र सम्बद्र्धन गर्ने जिम्मेवारी बोकेको पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक पदमा गैर सनातनी र विधर्मी व्यक्तिलाई मनोनित गर्ने सरकारको निर्णय आपत्तिजनक छ। संस्थाको आदर्शप्रति आस्था र विश्वास नहुने व्यक्तिबाट कसरी संस्थाको हित रक्षा हुन्छ?’,पुस ६ गतेको सचिवालय बैठकपछि प्रवक्ता भाष्कर भद्राद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पशुपति क्षेत्र विकास कोषमा विधर्मी व्यक्तिको नियुक्ति सनातन धर्म, संस्कृति र परम्परा कमजोर बनाउने र विदेशी धर्म स्थापित गराउने कुत्सित मनशाय र नियोजित षड्यन्त्रबाट प्रेरित रहेको स्पष्ट बुझ्न सकिन्छ।’

राप्रपा नेपालले कार्यकारी निर्देशक पुनको नियुक्ति फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी पनि दिएको छ।

‘पशुपति क्षेत्र विकास कोषको कार्यकारी नियुक्ति फिर्ता नगरिए सशक्त प्रतिवादमा उत्रन हामी बाध्य हुनेछौं।’ विज्ञप्तिमा उल्लेख गरिएको छ। हिन्दु धर्मसँग सम्बद्ध अन्य संघसंस्था तथा वैदिक सनातन धर्मका पक्षपातीहरुले पनि उनको नियुक्ति खारेजी गर्न माग गरेका छन् ।

विश्वभरका हिन्दु तथा बौद्ध धर्माबलम्बीहरुको आस्थाको केन्द्र आराध्यदेव पशपतिनाथमा उक्त सम्प्रदायसँग असम्बन्धित पात्र नियुक्त गरिएको भन्दै आलोचना गर्ने क्रम बढिरहेको छ।

हिन्दु धर्मको प्रत्येक संस्कार संस्कृत भाषामा हुन्छ, तर माओवादीले द्वन्द्व कालमा संस्कृत भाषको अध्यन अध्यापनमा प्रतिबन्ध लगाएको र पाठ्यपुस्तक   जलाउने माओवादी नेतृलाई पशुपति क्षेत्रमा दिइएको नियुक्ती गलत भएको हिन्दु धर्मका अगुवाहरूले तर्क गर्दै आएका छन्।

हिन्दु राष्ट्र पुनस्र्थापना मूल एजेण्डा बनाएको दल एकीकृत शक्ति नेपालका अध्यक्ष समेत रहेका वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले पुन पशुपति क्षेत्रको नेतृत्व गर्न अयोग्य रहेको बताउँछन्।

उनले हिन्दुहरुको पवित्रस्थल पशुपतिनाथमा अन्य धर्मसम्प्रदायप्रति उदार रहेकी उनलाई नियुक्त गर्नु करोडौं हिन्दु तथा बौद्ध सम्प्रदायमाथि उपेक्षा गरिएको आरोप लगाए।

उनले भने, ‘उहाँ धर्मलाई अफिमको रुपमा चित्रित गर्ने दलको प्रतिनिधित्व गर्ने नेता हो। विगतमा हिन्दुहरुको आस्थाको केन्द्र पशुपति परिसरमा क्रिश्चियनहरुको समाधिस्थल बनाउने मुद्दा बोकेर हिँडेकाले अनुपयुक्त मात्रै होइन । उहाँको नियुक्तिले करोडौं सनातनीहरुको भावनामा चोट पुर्याएको छ।’

उनले सनातन धर्म, संस्कृति मास्ने उद्देश्यले नियुक्तिको योजनाकार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मन्त्री किराती रहेको दाबी गरे। यो निर्णय तत्काल फिर्ता गनुपर्ने उनको माग छ।

गैरहिन्दु भएको प्रमाणित नभएपनि उनका क्रियाकलाप हिन्दु धर्म विरोधी रहेको त्रिपाठीको बुझाइ छ । हिन्दु तथा बौद्ध धर्माबलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथको संरक्षण र सम्बद्र्धनका लागि पुन अनुपयुक्त पात्र रहेको उनको ठम्याइ छ।

विगतमा जनयुद्धको क्रममा हिन्ुधर्ममाथि नियोजित ढंगले आक्रमण गरेको दलकी नेत्रीले हिन्दु समुदायको आस्थाको केन्द्रको नेतृत्व गर्न नमिल्ने उनले जिकिर गरे।

‘उहाँको दलको क्रियाकलापले हिन्दुहरुको आस्थाको प्रतीकका रुपमा रहेको पशुपति क्षेत्रको नेतृत्व गर्न नैतिक रुपले दिँदैन। हिन्दुधर्मप्रति आस्थावान व्यक्तिले मात्रै त्यसको संरक्षण र सम्बर्धन गर्न सक्छ।’ ,त्रिपाठीले भने, ‘धर्मलाई अफिम भनेर कुप्रचार गर्दै सनातन धर्मसंस्कृति मास्न उद्दतहरुले पशुपति क्षेत्रको नेतृत्व गर्नु भनेको हिन्दुहरुको आस्थामाथि कुल्चने चेष्टा हो । सनातन धर्म मास्ने योजना अन्तर्गत नियुक्ति दिइएको छ।’

सनातन हिन्दु धर्मप्रति विषवमन गर्ने पार्टीका कार्यकर्ता हिन्दु तथा बौद्धहरुको पवित्रस्थलमा गरिएको नियुक्ति सर्वथा अनुचित मात्रै होइन निन्दनीय रहेको त्रिपाठीको भनाइ छ।

विगतमा हिन्दुधर्ममाथि श्रृंखलाबद्ध आक्रमण गर्नेहरुबाट पशुपति क्षेत्रको संरक्षण नहुने बताउँदै उनले तत्काल नियुक्ति खारेज गर्न माग गर्दै धार्मिक आस्थावान पात्र चयनका लागि सम्पूर्ण सनातनीहरुलाई एकताबद्ध हुन अपिल गरे।

नवनियुक्त निर्देशक लक्ष्मी पुनले भने आफूमाथि लागेको आरोप निराधार रहेको बताएकी छन्। उनले आफूहरु प्रकृति पुजक रहेको भन्दै आफूमाथि लागेको बिधर्मीको आरोप निराधार रहेको बताएकी हुन्। ‘म माथि लगाइएको आरोपका कतिपय शब्दको अर्थ पनि मलाइ थाहा छैन,’ पुनले भनिन्, ‘म हिन्दु धर्म मान्छु। तर हाम्रो मगर समुदायको मौलिक परम्परा प्रकृति पुजक हो।’


प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्