Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राष्ट्रिय सभा उम्मेदवारबन्न नेताहरूको कसरत
राष्ट्रिय सभा उम्मेदवारबन्न नेताहरूको कसरत
नेपालकागज
नेपालकागज शुक्रबार, मंसिर २९, २०८०

काठमाडौंँ । आगामी ११ माघमा हुने राष्ट्रिय सभामा रिक्त २० सांसदको निर्वाचनका लागि उम्मेदवार बन्न सत्तारूढ दलमा आकांक्षीको दौडधुप सुरु भएको छ । शीर्ष तहमा सम्बन्धित दलले जितेको सिट यथावत् राखेर एमालेले जितेका नौ सिटमा भागबन्डा गरिने भएको छ । यद्यपि, हालसम्म गठबन्धनमा औपचारिक छलफल भने भइसकेको छैन । दलहरूले आन्तरिक छलफल गरेर पुसको पहिलो साता गठबन्धनको बैठकमा राष्ट्रिय सभा निर्वाचनबारे औपचारिक छलफल गर्ने नेताहरूले बताएका छन् ।

राष्ट्रपतिबाट मनोनीत भएको एक, बागमतीमा चार, गण्डकी, कर्णाली र सुदूरपश्चिममा तीन–तीन तथा कोशी, मधेश र लुम्बिनीमा दुई–दुई गरी २० सिट रिक्त हुँदै छ । १९ सिटका लागि आगामी ११ माघमा निर्वाचन हुँदै छ । एक सिट सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् । एमालेबाट मनोनीतसहित नौ सांसदको म्याद सकिँदै छ । कांग्रेसबाट चार, माओवादीबाट तीन, एकीकृत समाजवादीबाट एक स्वतन्त्रसहित तीन र जसपाका एक सांसदको समयावधि सकिँदै छ ।

एमालेका नौ सांसदको स्थानमा गठबन्धन दलले भागबन्डा गर्ने तयारी छ । तर, दलका दाबी धेरै छन् । नेताहरूका अनुसार कांग्रेसले थप सात, माओवादी र एकीकृत समाजवादीले थप पाँच–पाँच र जसपाले थप एक सिट दाबी गरेका छन् । गठबन्धनमा आबद्ध नागरिक उन्मुक्ति पार्टीले पनि एक सिट दाबी गरेको छ । त्योभन्दा पनि धेरै दलभित्र आकांक्षी छन् । दलका पदाधिकारीलाई भेटेरै र फोनमार्फत आकांक्षा देखाउने संख्या दर्जनौँ छ । ‘दर्जनौँ नेताले आकांक्षा देखाउनुभएको छ । भेटेरै र फोनमार्फत पनि आकांक्षा राख्नुभएको छ,’ माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भने । विचारको विकासमा अध्यक्षलाई सहयोग गर्न लागिपर्ने उनले बताए । माओवादीले ३ पुसमा पदाधिकारी बैठक बोलाएको छ । 

‘गठबन्धनबाट कति सिट कांग्रेसले पाउने विषय अलग छ । गठबन्धन दलबीचको छलफलबाट टुंगो लाग्छ । कांग्रेस आफैँले गर्नुपर्ने तयारी र उम्मेद्वारको विषयमा कार्यसम्पादन समिति बैठकमा छलफल हुन्छ । स्वाभाविक रूपमा कांग्रेसमा धेरै योग्य र योगदान गरेका साथीहरू हुनुहुन्छ । पार्टीले आवश्यकता र औचित्यतालाई हेरेर उम्मेदवार छनोट गर्नेछ,’ कांग्रेस सहमहामन्त्री फर्मुल्लाह मन्सुरले भने ।

‘गठबन्धनबाटै चुनाव लड्ने सुनिश्चित छ । सिट बाँडफाँटबारे औपचारिक रूपमा छलफल भइसकेको छैन,’ माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने, ‘गठबन्धन दलहरूको बैठक बसेर औपचारिक रूपमा टुंग्याउँछौँ ।’

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले गठबन्धनबाटै चुनाव लड्ने भए पनि सिट बाँडफाँटबारे टुंगो लाग्न बाँकी रहेको बताए । ‘गठबन्धन दलको सिट सुरक्षित गर्दै अन्य सिट बाँडफाँट हुन्छ । कुन दललाई कति सिट भन्ने टुंगो लागिसकेको छैन,’ उनले भने । 

कांग्रेसबाट कृष्ण सिटौला र गोपालमान श्रेष्ठसहितका शीर्ष नेताहरू मुख्य दाबेदारका रूपमा देखिएका छन् । स्रोतका अनुसार कांग्रेसबाट सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने गरी अगाडि सार्ने तयारी भइरहेको छ । राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफलको एजेन्डासहित कांग्रेसले शुक्रबार कार्यसम्पादन समिति बैठक बोलाएको छ । सहमहामन्त्री फर्मुल्लाह मन्सुरले आकांक्षी धेरै देखिए पनि बैठकबाट आवश्यकता र औचित्यताका आधारमा उम्मेदवार छनोट हुने बताए । उनले गठबन्धनमा छलफल हुन बाँकी रहेको र कांग्रेसबाट तयारीका विषयमा कार्यसम्पादन समिति बैठकमा छलफल हुने बताए ।

प्रतिनिधिसभाको समानुपातिक सूचीमा रहेर पनि छनोटमा नपरेपछि सूचीबाट नाम हटाएका श्रेष्ठले राष्ट्रिय सभा अध्यक्षको आकांक्षा राख्दै आएका छन् । पूर्वउपसभापतिसमेत रहेका श्रेष्ठ आफ्नो योगदान र क्षमतालाई पार्टीले मूल्यांकन गर्ने विश्वास रहेको बताउँछन् । ‘राष्ट्रिय सभा निर्वाचन आउँदै छ । पार्टी र देशका लागि योगदान गरेको छु, योग्य पनि छु । पार्टीले मूल्यांकन गर्नेछ भन्ने लाग्छ,’ श्रेष्ठले भने । यसबाहेक कांग्रेसबाट आनन्द ढुंगाना, बलबहादुर केसी, अब्दुल सतार, सहमहामन्त्री मन्सुर, सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहँदा परराष्ट्र सल्लाहकार रहेका अरुण सुवेदीलगायत पनि आकांक्षी छन् । डा. गोविन्दराज पोखरेल, भूपेन्द्रजंग शाही, मनोजमणि आचार्य, किरण कोइरालालगायतको नामबारे पनि कांग्रेसवृत्तमा चर्चा छ । 

एमालेबाट निर्वाचित राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, नरपति लुहार, रामचन्द्र राई छन् । कांग्रेसबाट संसदीय दलका नेता रमेशजंग रायमाझी, प्रमुख सचेतक अनिता देवकोटा, दिगो विकास तथा सुशासन समिति सभापति प्रकाश पन्थ र जितेन्द्रनारायण देव छन् । माओवादीबाट विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी छन् । एकीकृत समाजवादीबाट भौतिक पूर्वाधार राज्यमन्त्री नन्दा चपाईं र सिंहबहादुर विश्वकर्मा छन् । जसपाबाट शिक्षा राज्यमन्त्री प्रमिलाकुमारी यादव छिन् । राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि कार्यकाल सकिँदै छ । देवकोटा कलम चिह्न लिएर गठबन्धनबाट निर्वाचित भएका थिए । 

राष्ट्रिय सभा निर्वाचनका लागि बिहीबारसम्म १० वटा दल दर्ता भएका छन् । जसमा एमाले, माओवादी, राप्रपा, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति, जनमोर्चा, नेमकिपा, नेपाल समाजवादी पार्टी रहेको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार कांग्रेस अझै दर्ता भएको छैन । दल दर्ताको समय शुक्रबारसम्म छ । आयोगले अन्तिम मतदाता नामावली ५ पुसमा सार्वजनिक गर्नेछन् । यसैगरी, सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय खोल्न न्यायपरिषद्सँग निर्वाचन अधिकृतको नाम मागिएको छ । ‘आवश्यक सबै तयारी भइरहेको छ । माघ ११ गते शान्तिपूर्ण वातावरणमा मतदान हुन्छ,’ सहायक प्रवक्ता अर्यालले भने । 


प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्