Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • बाँके प्रहरीले सुन पक्राउ गर्‍यो, संगठित गिरोहले गरेको अपराध हो वा होइनमा अनुसन्धान केन्द्रित
बाँके प्रहरीले सुन पक्राउ गर्‍यो, संगठित गिरोहले गरेको अपराध हो वा होइनमा अनुसन्धान केन्द्रित (समाचार सहितको टिप्पणी)
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी बुधबार, मंसिर २७, २०८०

सन्दिप नाथ योगी, राजेश कुर्मी, बाँके । देशकै भारतसँग जोडिएको दोश्रो ठूलो नाकाको रुपमा व्याख्या गरिने बाँकेमा अपराध गर्ने तरिका र उपायहरू अनेकौं हुन्छन् । यता नेपालमा अपराध गर्‍यो उता भारततिर फरार भयो । भारत तिर अपराध गर्‍यो नेपाल तिर आयो । यो बिडम्बना नेपाल र भारतका सुरक्षा निकायको टाउको दुखाइको विषय हो । भारतसँग नेपालको सुपुर्दगी सन्धि छैन हुन त नेपाललाई भारतले सुपुर्दगी गर्न माग गर्दै आएको छ तथापि विभिन्न कारणले यो हुन नसकेको अवस्था छ । यसको चर्चा पछि कुनै समय परिस्थितिमा हुने नै छ किनकि आज हामी समाचार भन्दा पनि टिप्पणी लेख्दै छौँ ।

नेपालको सुरक्षा निकायलाई यति अफ्ठ्यारो हुन्छ अँझ विशेष गरि बोर्डर क्षेत्रका अधिकारीहरूलाई । जेल तोडेर भाग्यो उतै भारतै फरार हुने, हिरासतबाट भाग्यो उतै फरार हुने, यता अपराध गर्‍यो भारतमा लुक्ने । यस्तो किसिमको अपराधमा भनौँ अन्तर्देशीय अपराधमा प्राय केन्द्रिय अनुसन्धान व्युरोले अपरेसन गर्छ । तर सबै कुरामा केन्द्रिय अनुसन्धान ब्युरोले कामकारबाही गर्नसक्ने अवस्था हुँदैन । तसर्थ सीमा क्षेत्रका सुरक्षा अधिकारीको टाउको दुखाइको विषय नै सीमावर्ती क्षेत्रमा अपराध न्यूनीकरण कसरी गरौँ भन्ने हो । त्यसैले सीमावर्ती क्षेत्रका दुबै तर्फका सुरक्षा अधिकारीहरूको समयसमयमा समन्वयात्मक मिटिङ हुन्छ । सुपुर्दगी सन्धी नभएकाले दुबै तिरका सुरक्षा अधिकारी मिलेर एकअर्कालाई सहयोग गर्छन । उनिहरूले बाध्यतावस भारतबाटै समातेर ल्याएको अपराधीलाई समेत नेपाल भारतको नाका नजिक नेपाली क्षेत्रबाट पक्राउ परेको भनेर भन्नुपर्ने अवस्था छ । यो त भयो सानो टिप्पणी । अब जाउँ समाचार तर्फ....

मिति २०८०।०८।२६ गते जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१० साझा चोक स्थित चारबाहिनिबाट जमुनाह तर्फ जादै गरेको देश भारत बाबागंज बस्ने बर्ष ४० को बब्लु भन्ने संजय कुमार सोनीले चलाएको UP 40 AU 4199 नं.को मोटरसाईकललाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले शंका लागी चेक जाँच गर्ने क्रममा, निजको साथबाट निम्न अनुसारको गरगहनाहरू बरामद गरि थप कारवाहीको लागि नेपालगंज भन्सार कार्यालय, बाँके पठाईएको जिप्रका बाँकेका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) डेपुटी सुपरिटेन्डेन्ट अफ पोलिस नारायण डाँगीले बताउनुभयो ।

नेपालगंज सुनचाँदी ब्यवसायि संग बाँकेको मिति २०८०।०८।२७ गतेको चलानी नंबर १०२ को पत्रद्वारा पक्राउ परेको पहेलो धातु सुन रहेको प्रमाणित भएको छ । अब बाँके प्रहरीले भारतीय नागरिक सोनीले एक्लै सुन तस्करी गरेका हुन वा संगठित गिरोह नै छ भनेर सुक्ष्म अनुसन्धान गरिरहेको बाँके प्रहरीका हाम्रा स्रोतले जानकारी दिनुभयो । अपराध अनुसन्धानमा बाँके प्रहरी नेतृत्व, बाँके प्रहरी परिवार तथा मातहतका निकाय अब्बल छन् भन्ने कुराको पुष्टि यो घटनाले छताछुल्ल पारेको छ । अपराध अनुसन्धान बिट हेर्ने बौद्धिक पत्रकारहरू सबैलाई यो कुरा थाहा छकी नेपाल प्रहरी कति सक्षम छ र ईमान्दार इच्छाशक्ति भएमा नेपाल प्रहरीले देशकै गरिमा उच्च राख्न सक्छ र राखेको पनि छ । केही थोरै झिनामसिना किराहरूले संगठनलाई टोकेर सताए पनि ईमान र जबान सहितका निडर निस्पक्ष अब्बल सकल दर्जा, अधिकारीहरू तथा नेतृत्वहरूले गरेका काअमले त्यस्ता किराहरू आफै समाप्त भएर जान्छन भन्ने सबुत पटक पटक नेपाल प्रहरीले दिएको छ । तर ईमान्दार र अब्बल नेतृत्वलाई लखेट्न सिध्याउन झोलेहरू लागेका हुन्छन भन्ने कुरा सबैलाई थाहा छ तसर्थ राम्रो काम गरेमा जय नेपाल, कमजोरी भएमा सुझाव दिने हामी पत्रकारको दायित्व हो जसलाई प्रहरीहरूले पनि सकारात्मक रुपमा लिनुपर्छ ।
                                                   
१)मिनिहार २ थान                                           
२) मसिनो सिक्रि १ थान                                                                                
३)नथिया ठुलो सानो १० थान                             
४)लकेट १ थान                                               
५)कानमा लगाउने झाला ४ थान                           
६)औठी १ थान

जम्मा तौल ७० ग्रामको बजार मूल्य रु. ६,७८,१५८।– (छ लाख अठहत्तर हजार एक सय अन्ठाउन्न रुपैया मात्र)  
ख. अन्य वरामद भएका सामानहरु
१) सुपर स्पिलिण्डर मो.सा. थान १
२) SAMSUNG कम्पनीको ट्याब थान १
३) ग्यारेण्टी वाला कानमा लगाउने टप ५४ जोर
५) ग्यारेण्टी वाला कानमा लगाउने बेरुवा बाली ३१ जोर
४) रातो पोतेमा पाईप लगाएको थान १


प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  २०:३८
#बाँके
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्