सन्दिप नाथ योगी, काठमाडौ । मानव सेवा परमो धर्म अर्थात मानवको सेवा नै आजको यो कलियुगमा अर्थात् भौतिक युगमा सबैभन्दा ठूलो धर्म हो । यो युगमा हामी अत्यन्तै व्यस्त छौं । आजको यो व्यस्त युगमा प्रत्येक मानिसले आफू को हो भन्ने अर्थात् आफ्नो परिचय समेत बिर्सिसके ।
तर केही मानिसहरू यस्ता पनि छन जो अहिले पनि सेवाभावलाई आफ्नो लक्ष्य बनाएका छन् । ती केही मानिसहरू मध्यमा पर्छन विनय रावल । रावलले जाजरकोट भुकम्प पीडितलाई सहयोग गर्ने देखि लिएर बर्दियाका वन्यजन्तु पीडितलाई सहयोग गर्ने गरेका छन । करिब १० जना बर्दियाका विपन्न वर्गका नानिबाबुहरूलाई उच्च सिक्षाको सबै खर्चपर्च बेहोरेका छन् ।
यसै क्रममा राप्रपाका सामाजिक बिभाग प्रमुख तथा केन्द्रिय सदस्य रावलले आइतबार, मंसिर ३, २०८० गते करिब १२:३० दिउँसो राजापुर नगरपालिका -१० सुकुम्बासी वस्ती नजिक रहेको वनमा घाँस, दाउरा ल्याउन जंगल जाँदा बाघको आक्रमणमा परि मृत्युवरण गर्न पुगेकी २५ वर्षीया ममता सुनारको परिवारलाई आर्थिक सहयोग गरेका छन् । समाजसेवी रावलले मृतक ममता सुनारको परिवारलाई बीस हजार (२०,०००) सहयोग गरेका छन् ।
त्यति मात्र नभएर सामाजिक अभियन्ताको छबि बनाउन सफल नेता रावलले धेरै असाहयलाई गरेको सहयोगका कारण जनताले जहाँ समस्या त्यहाँ विनय रावल भन्ने अभियान नै स्वतस्फूर्त रूपमा संचालन गरेका छन् । यो अभियानको सार्थकता कहाँबाट पुष्टि हुन्छ भने उनले विभिन्न समस्यामा परेकाहरूलाई आर्थिक सहयाेग गरिरहेका छन् । उनले गरेको आर्थिक र भौतिक सम्पूर्ण सहयोगको विवरण केही समयमा हामिले उपलब्ध गराउने नै छौँ । उनका अनगिन्ती कामका कारण आज बर्दियाका आम जनसमुदाय उनको पछाडि लागेका छन् ।
त्यस्तै युवा नेता रावलले बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं.७ कालिगौडी बस्ने जित बहादुर थारूकाे छाेरा १९ वर्षीय किसन थारु जो मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भए उनलाई समेत भारतको लखनउमा उपचार गराउन समन्वय मात्र नगरेर आर्थिक समस्या परेको भन्ने खबर पाउना साथ गम्भीर घाइते किसन थारूकाे परिवारलाई रू.३०,०००/- (तीस हजार) सहयोग गरेका छन् ।
समग्रमा भन्नू पर्दा जनताको सेवा गर्छु भनेर हिँडेको ब्यक्तिलाई बर्दियावासीले अगाडी बढाउनु पर्छ । तर यसको विपरीत राजनितिक प्रतिसोध साँध्न र भोटको राजनीति गर्न नेता रावललाई चौतर्फी घेराबन्दी गर्ने प्रयास भैरहेको स्रोतको भनाइ छ । यता रावलको भनाई छ, 'मलाई जति घेराबन्दी गरून् तर बर्दियाका जनतालाई सहयोग गर्न म उक्त घेरा तोडेर निरन्तर सहयोग गर्नेछु ।'