Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
पालिका
  • Home
  • पालिका
  • 'घरभित्र पुरिएर पनि भाग्यले बाच्यौँ'
'घरभित्र पुरिएर पनि भाग्यले बाच्यौँ'
नेपालकागज
नेपालकागज सोमबार, कात्तिक २०, २०८०

टेकराज केसी । आठबिसकोट (रुकुमपश्चिम) । चकमन्न अध्याँरोमा आठबिसकोट–१४ को छेपारे गाउँ शान्त थियो । अधिकांश गाउँले गहिरो निद्रामा थिए । सधै छिट्टै सुत्ने मीना विक भने त्यस राति श्रीमानसँग मोबाइलमा फिल्म हेर्दै हुनुहुन्थ्यो । कान्छो छोरा साथमै सुतेको थियो भने ठूलो छोरो पल्लो कोठामा निदाइसकेको थियो ।

“त्यत्तिकैमा अकस्मात घर हल्लियो । के भयो भन्ने थाहा नपाउँदै ठूलो आवाज आयो । छिनभरमै घर भत्कियो”, मीनाले सुनाउनुभयो, “क्षणभरमै चारै जना घरभित्रै पुरियौँ ।” मीनाको टाउको दलिन मुनी परेकाले टाउकोमा चोट लाग्न पाएन । तर कान्छो छोरो र श्रीमान भने बेहोस अवस्थामा भेटिनुभयो । 

“टाउकोमा चोट नलागेकाले मैले गुहार माग्न सके, जेठाजु आएर मलाई बचाउनुभयो । त्यसपछि दुई छोरा र श्रीमानलाई पुरिएको ठाउँबाट उद्धार गर्नुभयो”, भूकम्प जाँदाको अनुभव सुनाउँदै मीनाले भन्नुभयो, “जेठो छोरालाई खासै केही नभए पनि कान्छो छोरा र श्रीमान भने उद्धार गर्दा अचेत अवस्थामा हुनुहुन्थ्यो ।”

उद्धार गरिएको दुई घण्टापछि मात्रै छोरो र श्रीमानको होस खुल्न दुई घण्टा लाग्यो । त्यसपछि उहाँहरु दुवैलाई अस्पताल पठाएको र उपचारपछि स्वास्थ्यअवस्था सामान्य बनेको उहाँको भनाइ छ ।

“त्यो हाम्रो मात्रै समस्या थिएन, भूकम्पले गाउँका सबै घरमा क्षति पु¥याएको थियो”, उहाँले भन्नुभयो, “त्यसलगत्तै प्रहरीलाई बोलाएर उद्धार सुरु गर्‍यौँ ।” भूकम्पमा जोगिए पनि यतिबेला आफू घरबिहीन भएको भन्दै बस्नका लागि समस्या भएको उहाँले गुनासो गर्नुभयो । गाउँले सबै खुला चौरमा बस्न बाध्य भएको भन्दै उहाँले आफूहरुका लागि राहत सामग्री आएको जानकारी पाए भने अहिलेसम्म नपाएको गुनासो गर्नुभयो ।

आठबिसकोट–१४ का पहलबहादुर विकको पीडा पनि मीनाको जस्तै छ । “हामी त भाग्यले बाच्यौँ, गाउँका केही भाइबहिनीलाई जोगाउन भने सकेनौँ”, पहलबहादुरले पीडा सुनाउनुभयो, “धेरैलाई ज्यूँदै उद्धार गर्न भने सक्यौँ ।” उहाँका अनुसार रातिको समय भएकाले धेरै सुतेकै अवस्थामा पुरिए । कतिका हातखुट्टा भाँचिएका छन् भने कतिका शरीरमा चोटपटक लागेको उहाँले बताउनुभयो । 

भूकम्पका कारण छेपारे टोलमा ३९ वटै घर क्षतिग्रस्त भएकाले बस्न नसक्ने अवस्थामा रहेको उहाँको भनाइ छ । “अहिले हामी सबै बाहिरै बस्न बाध्य छौँ । चिसोमा बालबालिका र गर्भवतीहरु कठाङ्ग्रिएका छन् । न ओड्ने कपडा छ, न खानका लागि गाँस नै छ”, उहाँले भन्नुभयो, “हिजो एउटा संस्थाका प्रतिनिधिले चाउचाउ दिनुभयो । त्यसबाहेक अहिलेसम्म कसैले सहयोग गरेको छैन ।” चिसो मौसम भएकाले रातको समयमा बालबालिका, गर्भवती, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति समस्या परेको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

भूकम्पका कारण सोही गाउँका मानबहादुर मल्लको परिवारमा बज्रपात पर्‍यो । भूकम्पले घर ढलाएपछि छ जनाको परिवारमध्ये पाँच जनाको जीवितै उद्धार भए पनि १२ वर्षीय छोरी गुमाउनु प¥यो । “भत्किएको घर त फेरि बनाउन सकिएला तर छोरी गुमाउनु प¥यो”, गहभरी आँशु बगाउँदै मल्लले भन्नुभयो, “परिवारका सबैलाई चोटपटक लागेको छ । घाइते छोराको सुर्खेतमा उपचार भइरहेको छ ।”

सोही गाउँकै हीरा विकको माइतीको घर पनि पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । “दाईको घरमा आएकी थिएँ । त्यही बेला भूकम्पले घर भत्कायो । भदै बोल्न नसक्ने अवस्थामा च्यापिएका रहेछन् । कुटोले खोदलेर घाइते अवस्थामा उद्धार गर्न सकेँ । अहिले उपचार भइरहेको छ”, उहाँले भन्नुभयो । विकले उद्धार सकिएको भन्दै अब सरकारले राहत र पुनःस्थापनामा ध्यान दिन माग गर्नुभयो ।

छेपारे गाउँमा मात्रै भूकम्पमा परी ११ जनाको ज्यान गएको छ । सरकारले उद्धार सकिएकाले यतिबेला राहत वितरण सुरु गरिसकेको छ । सरकारले पहिले राहत वितरण र त्यसपछि पुनःस्थापनाको काम सुरुगर्ने बताएको छ ।


प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्
थप पालिका
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट मंगलबार, असोज १, २०८१
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै बिहीबार, पुस २६, २०८०
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो आइतबार, पुस १, २०८०
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर शनिबार, मंसिर १६, २०८०
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा आइतबार, मंसिर १०, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्