Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • पढाउन छाडेर कृषिकर्म गर्दा ...
पढाउन छाडेर कृषिकर्म गर्दा ...
नेपालकागज
नेपालकागज बुधबार, कात्तिक १५, २०८०

नारायण विक, गल्याङ (स्याङ्जा) । स्याङ्जाको वालिङ नगरपालिका–५ पित्लेकका हुमनाथ लामिछानेले जिल्लामा सफल किसानको पहिचान बनाउ सफल हुनुभएको छ । उहाँद्वारा सञ्चालित पित्लेक कालिका कृषि फार्म पछिल्लो समय अध्ययन, अवलोकन र अनुसन्धानको उत्कृष्ट थलो बनेको छ । 

दुई दशकअघि गाउँकै वयोवृद्धा यज्ञप्रसाद लामिछानेको प्रेरणा पाएपछि शिक्षण पेसा बीचमै छाडेर  हुमनाथ व्यावसायिक तरकारी खेतीमा लाग्नुभएको थियो ।

उहाँले गोलभेँडा, काउली, बन्दा, काँक्रो, सिमी, बोडी, अकबरे खुर्सानीलगायतका तरकारी फलाउँदै आउनुभएको छ । उहाँको फार्ममा पाँच सय ५० बोट सुन्तला, तीन सय बोट कफी, १८ घार माहुरी र गड्यौलासमेत छन् । उहाँले फार्मबाट वार्षिक रु १२ लाखको कृषि उपज बिक्री हुने गरेको जनाउँदै खर्च कटाउँदा रु आठ लाख बचत गर्ने गरेको दाबी गर्नुभयो । उहाँले गड्यौलाबाट उत्पादित मल भने आफ्नै तरकारी बारीमा प्रयोग गर्दै आउनुुभएको छ ।

किसान हुमनाथले स्थानीय बजार र पोखरामा यहाँ उत्पादित कृषि उपज बिक्री गर्दै आउनुभएको छ । उहाँले आफ्नो छोरा सन्तोषलाई पनि कृषि पेसामै स्थापित गराउने उद्देश्यले हरेक काममा सरिक बनाउँदै आउनुभएको छ । 

“विसं २०६२ मा आइपीएम तालिम लिएपछि व्यवसायलाई अझ व्यवस्थित बनाउँदै अगाडि बढेँ”, उहाँले भन्नुुभयो, “हालसम्म सात जति तालिम तथा प्रशिक्षण लिएको छुु, एक–दुईहप्ते तालिमले भन्दा पनि मेरो कृषि कर्मप्रतिको लगाव, निरन्तर, प्रयोग र अभ्यासले मलाई पूर्ण बनाएजस्तो लाग्छ ।”

पित्लेकमा २६ र खहरेमा १० गरेर उहाँले कुुल ३६ रोपनी क्षेत्रफलमा कृषि व्यवसाय गर्नुभएको छ । उहाँको सात स्थायी टनेल छन् ।  फार्मभित्र जङ्गली जनावर नपसुन् भनेर फलामे तारबारसहित कम्पाउण्ड घेरिएको छ । पानी सङ्कलन गर्ने पोखरी पनि छ । वालिङ नगरपालिका–१ खहरेमा समेत दुईवटा टनेल छन् । उहाँसँग हातेट्रयाक्टर, पावर स्प्रे, स्प्रेलगायतका आधुनिक उपकरण छन् । उहाँले गएको वर्ष ५० क्वन्टिल सुन्तला बिक्री गरेर रु तीन लाख, तीन सय किलो कफी उत्पादन गरेर रु ३५ हजार र ९० लिटर मह उत्पादन गरेर रु एक लाख ५० हजार आम्दानी गरेको बताउनुुभयो ।

रु चार लाख लगानीबाट सुुरु भएको हुमनाथको लगानी बढेर अहिले रु २५ लाख पुुगेको छ । “सडकको अभावमा पहिले–पहिले दुई घण्टा लगाएर डोकोमा तरकारी बेच्न त्रियासी पुग्नुपर्ने बाध्यता थियो”, उहाँले भन्नुुभयो, “अहिले सडक बनेपछि उत्पादित सामान बजार पुर्याउन सहज भएको छ । हुमनाथले आफूले गरेको व्यवसायबाट सन्तुुष्ट रहेको बताउनुुभयो । “गुणस्तरीय सामान उत्पादन गर्नेलाई बजारको कुनै समस्या छैन, उत्पादन गर्न सके बजारमा गाउँको अग्र्यानिक तरकारी भनेपछि खोसाखोस हुन्छ”, उहाँले थप्नुुभयो, “नाफाघाटा नहेरी बाह्रै महिना तरकारी फलाउने योजनासहित लाग्न सकेमा व्यवसाय टिकाउन सकिन्छ, विस्तारै उत्पादित सामग्रीको पनि उचित मूल्य पाउन सकिन्छ ।”

उहाँले बाली विज्ञान पढिरहेका विद्यार्थी आफ्नो फार्ममा बसेर अध्ययन अवलोकन गर्ने गरेको जिकिर गर्नुुभयो । “स्याङ्जासहित बाहिरी जिल्लाका विभिन्न कृषकसहित व्यक्ति मेरो फार्म हेर्न आउनुुहुन्छ, मलाई हौसला दिएर जानुुहुन्छ”, उहाँले खुसी व्यक्त गर्नुभयो, “यसरी मानिस मेरो कर्म हेर्न आउँदा मलाई आत्मसम्मान र आत्मगौरव मिलिरहेको छ ।”

उहाँले आफूलाई कृषि ज्ञान केन्द्र स्याङ्जाले तरकारी खेती गर्ने जिल्लाकै उत्कृष्ट कृषकका रूपमा पुरस्कारका लागि गण्डकी प्रदेश सरकारमा सिफारिस गरेको जानकारी दिनुुभयो । उहाँले कषि ज्ञान केन्द्रबाट हालसम्म रु १५ लाख बराबरको अनुदानसमेत पाउनुभएको छ । 

छोरा सन्तोषले भारतीय तरकारीले ठूलो ‘भोल्युम’मा तरकारी खेती गर्ने नेपाली किसान मारमा परेको दाबी गर्नुभयो । “हामीले स्थानीय बजारलाई लक्षीत गरेर ठूलो ‘भोल्युम’मा तरकारी उत्पादन गरेका हुन्छौँ, उत्पादन लागत बढी पर्ने हुँदा हाम्रो तरकारी थोरै महँगो हुन्छ”, हुमनाथले भन्नुुभयो, “हाम्रो तरकारी बजारमा पुुग्दा ठीक त्यही समय भारतीय तरकारी सस्तोमा बजारमा आउँछ, अनि नेपाली किसानले प्रतिस्पर्धा गर्न सक्दैनौँ ।”

सन्तोषले सिँचाइका लागि पानी प्रशस्त नभएको गुनासो गर्नुभयो । हरेक किसानलाई उद्यमीका रूपमा विकास गर्न सरकारसँग उहाँको माग छ । उद्यमी किसानलाई उद्योगसँग जोड्न सकेमा मात्र कृषि व्यवसाय दिगो हुने सन्तोषको विश्वास छ । 

किसानलाई उत्पादन किलोका आधारमा अनुदान दिन सकेमा वास्तविक किसान मारमा नपर्ने उहाँको तर्क छ । हुुमनाथलाई श्रीमती सीता, छोरा सन्तोष, ख्यामराज र सुमन, बुहारी सङ्गीताले काममा सघाइरहनुभएको छ ।


प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १०:०६
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्