Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • अढाई वर्षकी छोरीसहित एक परिवार पाँच दिनदेखि ओढारमा
अढाई वर्षकी छोरीसहित एक परिवार पाँच दिनदेखि ओढारमा
नेपालकागज
नेपालकागज सोमबार, असार ४, २०८०

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ७ सुरुम्खिमका २८ वर्षीय डेनिस गुरुङ र २१ वर्षीया अनिता राई ९गुरुङ० अढाइ वर्षकी छोरी च्यापेर पाँच दिनदेखि गाउँबस्तीभन्दा टाढाको ओढारमा बस्दै आउनुभएको छ  । सधँै बस्दै आएको याक्सा ९गोठ० नजिकै अविरल वर्षासँगै पहिरो गएपछि गाउँबस्तीतर्फ आउन नक्दा ओढारमा गएर आश्रय लिनुभएको हो । 

गाउँको घरबाट एक दिनको पैदल दूरीमा रहेको गोठबाट फर्किन तीन वटा खोला वर्षाका कारण तर्न मुस्किल भएकाले ओढारमै बस्नुपर्ने बाध्यता भएको डेनिसकी आमा चेतमाया गुरुङले बताउनुभयो ।

‘‘नानीहरु पाँच दिनदेखि ओढारमै छन्, गाउँमा आउने अवस्था छैन, हिजोसम्म फोन लाग्दैथियो, हामी सुरक्षित भएर ओढारमा छौँ भन्दै थिए, आज नेटवर्क नभएर होकी फोन सम्पर्क भएको छैन, गोठका २५ वटा बाख्रा पनि पहिरोले बगाएछ, न यताबाट जान सकिन्छ, नत उताबाट आउने उपाय छ, कसरी उद्धार गर्ने भन्ने चिन्ता छ”, चेतमायाले भन्नुभयो । 

पहिरोले २५ वटा बाख्रासहित खोर नै बगाएको छ भने बस्दै आएको याक्सा पनि जोखिममा परेको छ । आलुखेतीसमेत पहिरोले बगाएको उहाँले बताउनुभयो । घरतर्फ आउन विभिन्न तीन वटा खोला खोल्सा तर्नुपर्छ । तीनवटै खोलाका पुल बाढीले बगाएको छ । पाङ्दा, कुङ्लिङ र तावा खोला तरेर आउनुपर्ने भएकाले समस्या भएको हो । अर्कातर्फ अत्यधिक वर्षा भइरहेकाले पनि घर आइपुग्न मुस्किल हुने चेतमायाको भनाइ थियोे । 

वर्षासँगै याक्सा आसपासमा पहिरो जान थालेपछि ओढ्ने ओछ्याउनेसहित सामान बोकेर डेनिस परिवार ओढारमा गएका थिए । बेलाबेलामा खानेकुरा ओसारपसार गर्नुपर्ने हुँदा भएको खानेकुरा सकिनै लागेको बताउने उनीहरुसँग आज भने फोन सम्पर्क नभएको चेतमायाको भनाइ थियो । शनिबार उद्धारका लागि बुरुम्खिमबाट तीन जनाको टोली पठाउने तयारी भए पनि वर्षाका कारण उक्त टोली जानसकेन । उद्धारमा समस्या भएकाले सहयोग पु¥याउन डेनिस परिवारले आग्रहसमेत गरेका छन् । 

हेलिकोप्टरको पर्र्खाइमा:

यता बिहान गएको पहिरोमा परी घाइते हुनुभएका मेहेलेका राजकुमार राईलाई उपचारका लागि अन्यत्र लैजान छरछिमेक तथा आफन्त हेलिकोप्टर कुरेर बसेका छन् । घाइते हुनुभएका राजकुमारलाई घटनास्थलदेखि हेलिकोप्टर बस्ने स्थानसम्म झण्डै आधा घण्टाको दुरीमा ल्याएर राखिएको छ । राईको उद्धारका लागि विराटनगरबाट हेलिकोप्टर छुटेको बताइएको छ ।

बिहानैदेखि हेलिकप्टर आउने चर्चा चले पनि समयमै उक्त स्थानमा पुगेको छैन । प्रतिकुल मौसमका कारण पनि बिहानै उद्धार गर्न नसकिएको जनाइएको छ । राजकुमारसँगै पहिरोमा परेका सुरेश राईको निधन भएको छ भने बेपत्ता केशरबहादुर राईको शव फेला परेको छ ।


 


प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्