Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • यसरी फेरिँदै छ चेपाङ समुदायको जीवनशैली
यसरी फेरिँदै छ चेपाङ समुदायको जीवनशैली
नेपालकागज
नेपालकागज आइतबार, जेठ २८, २०८०

मुग्लिन । चितवनको इच्छाकामना–१ राजभोगका चेपाङ समुदायको दैनिक जीवनशैली फेरिएको छ । राजभोग क्षेत्रमा चिटिक्क परेको सानो सफा घर, शौचालय, करेसाबारी छ । यहाँका चेपाङ समुदाय तरकारी खेती र पशुपालन गर्छन् । आर्थिक अवस्थामा सुधार आएको छ । बालबालिका नियमित विद्यालय जान्छन् । 

यो अवस्था सिर्जना गरेका हुन् सामाजिक कार्यमा क्रियाशील चितवनको सौराहा स्थित सपना भिलेज सोसियल इम्प्याक्ट र इच्छाकामना गाउँपालिकाले । सपना भिलेजले गाउँपालिकासँगको सहकार्यमा ‘सबै यात्राको सुरुआत एक सपनाबाट हुन्छ’ नामक परियोजना सञ्चालन गरेपछि चेपाङ समुदायको जीवनशैलीमा परिवर्तन आएको हो । 

सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीका अनुसार परियोजनाले घर, विद्यालय, स्वास्थ्यकर्मी, कृषक र आमा समूहबीच प्रतिस्पर्धा गराएर छ–छ महिनामा पुरस्कार वितरण गर्दै आएको छ । आफ्नै घर सफा गर्दा, आफ्नैका लागि आयआर्जनका काम गर्दा पुरस्कृत हुने भएपछि चेपाङ समुदायको जीवनशैलीमा परिवर्तन गर्न सकिएको अध्यक्ष गिरिको भनाइ छ ।

“उनीहरू आफैँका लागि काम गर्ने हो, यसको घर सधैँ सफा हुन्छ, शौचालय छ आयआर्जनका लागि पशुपालन गर्छन्, तरकारी खेती गर्छन् बालबालिका नियमित विद्यालय पठाउँछन्, उनीहरुलाई पुरस्कृत गछौँ, आफैँका लागि काम गर्दा पुरस्कृत हुँदा उनीहरूको जीवनशैलीमा परिवर्तन ल्याउन सकिए हो”, उहाँले भन्नुभयो ।”

 वडा नं १ राजभोगका लक्ष्मी चेपाङले उक्त परियोजनाबाट आफ्नो परिवार र समुदायको जीवनशैलीमा परिवर्तन आएको बताउनुभयो । “परियोजना लागू भएसँगै यहाँका समुदायमा आर्थिक उपार्जन गर्ने भएका छन्, यहाँका घर सफा छन्, नानीबाबु नियमित विद्यालय जान्छन्”, उहाँले भन्नुभयो । 

प्रतिस्पर्धामा सर्वोत्कृष्ट हुनुभएकी वडा नं १ कै थाप्राङकी सानु कान्छी चेपाङले पनि विगतका वर्षमा भन्दा यहाँका आफ्नो समुदायको जीवनशैली फरिएको बताउनुभयो । खेती किसान पशुपालनमा रुचि नराख्नेहरु आजभोलि व्यावसायिकरूपमा तरकारी खेती गर्ने पशुपालन गर्ने सरसफाइमा ध्यान दिने गरेको उहाँले सुनाउनुभयो । 

हातिवाङ माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकबहादुर मगरले पनि यो परियोजना लागू भएसँगै विद्यार्थी नियमित विद्यालय आउने गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “यस परियोजनाले विद्यालयलाई सहयोग गरेको छ, विपन्न विद्यार्थीका लागि शैक्षिक सामग्री सहयोग गर्दै आएको छ, त्यतिमात्र होइन, घर–घरमा–समुदायमा जनचेतना फैलाउने काम गरेका छन्, परियोजना सञ्चालनपछि विद्यालयमा बालबालिका नियमित आउने गरेका छन् ।”

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले परियोजनाबाट बाटो देखाउने काम भएको र आफ्नो जीवनशैली परिवर्तन, जीविकोपार्जन, आर्थिक वृद्धिका लागि निरन्तर सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले चेपाङ समुदायको जीवनशैली परिवर्तनका लागि बाटो देखाएका हौँ, सधैँ यो परियोजना हुँदैन फेरिएको सकरात्कम जीवनशैलीलाई आफैँले निरन्तता दिनुपर्छ ।” आवश्यकताका आधारमा यस्ता अभियानलाई निरन्तरता दिइने बताउनुभयो ।

गाउँपालिका पूर्वअध्यक्ष गीताकुमारी गुरुङले चेपाङ समुदायको जीवनशैलीमा परिवर्तन ल्याउनका लागि यो परियोजना यहाँ सञ्चालन गर्न आवश्यक देखिएकाले आफूले तीन वर्षअघि सपना भिलेज सोसल इम्प्याक्टसँग गाउँपालिकाले सहकार्य गरी सुरु गरेको बताउनुभयो ।

इन्प्याक्टका अध्यक्ष गिरीले आगामी दिनमा पनि गाउँपालिकासँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । साथै उहाँले गाउँपालिकासँगको सहकार्यमा भाराङ राष्ट्रिय आधारभूत विद्यालयको भवन बनाउने र वडा नं १ कै भराङस्थित स्वास्थ्य एकाइका लागि इम्प्याक्टले औषधि उपलब्ध गराइरहेको पनि बताउनुभयो ।
 
शनिबार पनि परियोजनाअन्तर्गत आयोजित अन्तर घर प्रतियोगिता, आमा समूह, उत्कृष्ट किसान र स्वंयसेविकालाई पुरस्कार प्रदान गरेका थिए । एकसठ्ठी  र दुई आमा समूहलाई पुरस्कार वितरण गरिएको इम्प्याक्टका व्यवस्थापक सुजन बस्नेतले जानकारी दिनुभयो । एघार कलस्टरबाट पाँच–पाँच गरी ५५ पुरस्कृत भएका थिए ।

सानुकान्छी चेपाङ, सन्तमाया चेपाङ र कालिमाया चेपाङ सर्वोत्कृष्ट हुनुभयो । फलफूल खेतीतर्फ थाप्राङका विष्णुबहादुर चेपाङ र बाख्रापालनतर्फ खैरेसका विष्णुमाया चेपाङ सर्वोत्कृष्ट हुनुभयो । स्वयंसेविकातर्फ भने शान्ता गुरुङ सर्वोत्कृष्ट हुनुभयो । आमा समूहतर्फ कोलभञ्ज्या र चौकीडाँडा आमा समूह सर्वोत्कृष्ट भएको म्यानेजर बस्नेतले बताउनुभयो । विजेतालाई नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो । 

चेपाङ समुदायको सरसफाइ, घरको अवस्था, करेसाबारी, शौचालयको अवस्था, विद्यार्थीको पढाइलगायतका क्षेत्र कमजोर रहेको पाइएपछि  परियोजना सञ्चालन आएको जनाइएको छ । 

इम्प्याक्टले विसं २०७७ देखि वडा नं १ का राजभोग, थाप्राङ, खैरेस बाङगेङ, कोलभञ्ज्याङ, चौकीडाँडा, कालीनगायतका छ सय १५ घरधुरीमा परियोजना सञ्चालन गरेका छन् । यसअघि चितवनको कालिकामा पनि इम्प्याक्टले नगरपालिकासँगको सहकार्यमा उक्त परियोजना सञ्चालन गरेको थियो । 


प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्