Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • फलफूल व्यापारीको तीस लाख चोरी आरोपमा बावु-छोरा पक्राउ
फलफूल व्यापारीको तीस लाख चोरी आरोपमा बावु-छोरा पक्राउ
नेपालकागज
नेपालकागज मंगलबार, फागुन ९, २०७९

कपिलवस्तु । तौलिहवा स्थित फलफूल व्यापारीको तीस लाख रुपैयाँ लुकाएर चोरी गरेको आरोपमा एक स्टिल फर्निचर मर्मत केन्द्रका मालिक र उनका छोरा पक्राउ परेका छन् । 

तौलिहवाको बस पार्कमा रहेको स्टिल फर्निचर मर्मत केन्द्रका मालिका एस माहोम्मद फकिर र उनका छोरा ईसराज फकिर चोरीको आरोपमा पक्राउ परेका हुन् । 

कपिलवस्तु नगरपालिका वडा नम्बर १ का फलफूलका थोक व्यापारी सनी उल्लाह कुजाडाले आफ्नो बिग्रेको दराज मर्मत गर्न गत फागुन १ गते आफ्नी श्रीमती रेशमा कुजडा मार्फत सो मर्मत केन्द्रमा दराज पठाएका थिए । केही दिन अघि फलफूल व्यापारी कुजडाले आफ्नी श्रीमती रेशमालाई ३० लाख रुपैयाँ नगद राख्न दिएका थिए । रेशमाले सो रकम त्यही दराजको लकरमा राखेकी थिइन । फलफूल  व्यापारीको घरमा विवाह परेकोले सबै जना त्यसैमा व्यस्त थिए। दराजको लक्कर माथि समेत साढे चार लाख रकम राखिएको थियो । जनु रकम रेशमाले निकालेर घरमै राखेकी थिई । रेशमाले सो दराज मर्मत गर्न फर्निचर मर्मत केन्द्रमा पठाईन । तर लकरमा रहको ३० लाख रुपैयाँ भने निकाल्न बिर्सिइन । 

फागुन ४ गते फलफूल व्यापारी सनी उल्लाहले सो पैसा श्रीमतीसँग माग्दा ३० लाख मर्मत गर्न भनी पठाएको दराजमै रहेको बताइन् । त्यसको केही बेरमै व्यापारी सनी र उनका भाइ सहित मर्मत केन्द्रमा पुगेर पैसा दिन आग्रह गरे । तर फर्निचर मर्मत व्यापारी एस माहोम्मले आफूलाई त्यस बारे केही जानकारी नभएको बताए । 

फलफूल व्यापारीले तत्कालै तौलिहवा वडा प्रहरी कार्यालयमा मौखिक उजुरी दिएका थिए । उजुरी लगत्तै फर्निचर मर्मत केन्द्रका मालिक एस माहोम्मदको घरमा खान तलासी गर्दा २४ लाख ७७ हजार नगद फेला परेको प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेले बताउनुभयो । 

फर्निचर मर्मत व्यापारीले केही पैसा खर्च भएको प्रहरी समक्ष बयान दिएका छन् । एस मोहम्मद फकिर र निजको छोरा वर्ष २१ को इसराज फकिरलाई पक्राउ गरी अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक घलेले बताउनुभयो । दुवैमाथि चोरीको मुद्दा लगाइएको छ ।

फलफूल व्यापारी र फर्निचर मर्मत केन्द्रका मालिकबिच आपसी मित्रता समेत रहेको थियो । मर्मत केन्द्रमा काम गर्ने मिस्त्रीले सो दराज मर्मत गर्दा लकरमा रकम देखे पछि आफ्नो बुवालाई फोन गरेर के गर्ने भनी सोधेका थिए । उनका बुवाले सो रकम बारे फर्निचर मर्मतका मालिकलाई जानकारी दिन भनेका थिए । 

त्यस पछि सो रकम फर्निचर मर्मत केन्द्रका मालिकले घरमा लुकाएका थिए । मिस्त्रीलाई एक हप्ताको छुट्टी समेत दिएका थिए । फलफूल व्यापारी र फर्निचर मर्मत केन्द्रका व्यापारी दुवैको बोलाउने नाम गुड्डु हो ।


प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १६:१६
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्