Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • भूकम्पपिडीतको खोलाको किनारमा बास, चिसोले कठ्याङ्ग्रिए बालबालिका
भूकम्पपिडीतको खोलाको किनारमा बास, चिसोले कठ्याङ्ग्रिए बालबालिका
नेपालकागज
नेपालकागज बुधबार, माघ १८, २०७९

बाजुरा । गत मङ्गलबार हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रविन्दु भएर दिउँसो २ः४३ बजे पाँच दशमलव नौ रेक्टरस्केलको भूकम्प गयो । 

भूकम्पले गर्दा  एक जनाको मृत्यु भयो  भने चार जना घाइते भए । जिल्लामा छ सय बढी घर पूर्ण र आंशिकरूपमा क्षति पुग्यो । त्यसमा पनि गौमुल गाउँपालिका–२ आगर, जुरेली, दहकोट र नरेडा बस्तीमा बढी क्षति भयो । 

गौमुल गाउँपालिका–२ आगरमा रहेका दलित बस्तीका २५ परिवारलाई झनै बिजोग बनाएको स्थलगत रिपोर्टिङमा देखियो । न खाने गाँस न त बस्ने बास नै छ । 

घरभित्र भएका लत्ताकपडा र अन्नसमेत निकाल्न नसकिने गरी घर चिरा–चिरा परेका छन् । भिरालो जमिनमा बनाइएका घर एक फिटभन्दा बढी फाटेर गाउँवासी भित्र पस्नसमेतका सकेका छैनन् ।

यही माघ १० गते गएको भूकम्पका कारण गौमुल गाउँपालिकावासीको बिचल्ली छ ।सबै घर बस्नलायक नभएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभयो । 

उक्त गाउँपालिकामा एक हजार छ सय ५० परिवारमध्ये पाँच सय ७० परिवारका घर जोखिममा छ । पाँच सय ७० परिवारका बासिन्दा सबै विस्थापित भएको गाउँपालिकाले जनाएको छ ।

उक्त गाउँपालिकाको वडा नं २ आगर, जुरेली, दहकोट र नरेडाका घर चर्किएर बस्न नमिल्ने भएपछि त्रिपाल र टनेलको पालमुनि गाउँवासीले रात कटाउने गरेका छन् । 

उनीहरुका घर बाहिरबाट हेर्दा राम्रो देखिए पनि भित्र भने धुजाधुजा भएको गीता रोकायाले बताउनुभयो ।  गौमुल–२ का जडेगाउँ, आगर, दहकोट, गताडी, गुम्फा काडा, जुरेली र रनेडालगायत बस्तीका वासिन्दा घरविहीन बनेका छन् । जुरेली, दहकोट, अगरलगायत ठाउँका जमिन पनि चिरा परेका छन् ।

त्यहाँका सबै वासिन्दा पाल र तरकारीका लागि बनाइएका टनेलमा बस्दै आएका छन् । जडेगाउँमा १८, आगरगाउँमा २५, दहकोटका ३३, गताडी टोलका छ परिवार, गुम्फाकाँडा वस्तीका १८, जुरेलीका २५ र रनेडाका ४० घरपरिवार अहिले पालमा बस्दै आएको गौमुल गाउँपालिका–२ का वडा सदस्य प्रेम रोकायाले बताउनुभयो । 

“तीन वर्ष पहिले बाढी आउँदा खेतीयोग्य जमिन बगायो, पछि यहाँ आएर बसेका थियौँ, अब भूकम्पले न बस्ने घर रह्यो, न खाने जमिन रह्यो विस्थापितजस्तै बनियो, यो पाल हालेको ठाउँ पनि अरुकै जमिन हो”, जुरेलीका भक्त रोकाया भन्नुभयो ।

भूकम्पकले एक सदस्य गुमेकाले  पीडामा रहनुभएका भक्तका छ परिवार पनि विस्थापितजस्तै छन् । 

जमुना रोकायाको भूकम्पमा परी मृत्यु भएको थियो । घाँस काटिरहेको अवस्थामा माथिबाट खसेको ढुङ्गा लाग्दा उहाँको मृत्यु भएको थियो । भूकम्पपीडित पालमुनि कठ्याङ्ग्रिदो चिसोमा रात बिताइरहेका छन् ।

हिउँदको समय चिसोले पालमुनि बस्दा त्यहाँका बूढाबूढी, गर्भवती र सुत्केरी महिला र बालबालिकालाई समस्या भएको छ  । भूकम्पपिडीतले एक साता बितिसक्दा पनि राहत साम्रगी नपाएको गुनासो गरेका छन् । 

उनीहरूलाई बिहान–बेलुकी हातमुख जोर्न धौधौ परेको छ । भूकम्पपीडित बिच्चलीमा हुँदा पनि सरकारको ध्यान नपुगेको स्थानीय धनलाल रोकायाले बताउनुभयो ।
 
भूकम्पबाट पीडित गौमुल गाउँपालिका–२ का वाससिन्दालाई बालबालिका र वृद्धवृद्धालाई बचाउन सकस परेको छ । 

भूकम्पले घरभित्र पस्न नसक्ने गरी चर्किएकाले  चिसोबाट बालबालिका र वृद्धवृद्धा बचाउन सकस परेको आँगरका भूकम्पपीडित सीता चदाराले बताउनुभयो ।
 
भूकम्पले घरबारविहीन भएर खोलाको किनारमा त्रिपालको रात कटाउँदै आए पनि चिसोले कठ्याङ्ग्रिएर बालबालिका बचाउन समस्या भएको उहाँको गुनासो थियो । 

चिसोबाट  सुत्केरी भएकी महिला र नवजात शिशुलाई समेत चिसोबाट बचाउन समस्या भएको स्थानीयवासी गीता रोकायाले बताउनुभयो । 


प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १२:१६
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्