Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • टि–२० क्रिकेट लिग : स्पट फिक्सिङमा खेलाडीसहित १० जना संलग्न
टि–२० क्रिकेट लिग : स्पट फिक्सिङमा खेलाडीसहित १० जना संलग्न
नेपालकागज
नेपालकागज मंगलबार, माघ १०, २०७९

काठमाडौँ । गत पुसमा राजधानीमा भएको टि–२० क्रिकेट लिगको स्पट फिक्सिङमा खेलाडीसहित १० जना संलग्न रहेको खुलेको छ । 

उक्त फिक्सिङमा व्यवस्थापकीय भूमिकामा रहेका, खेलाडीको सम्पर्कमा आएका र खेलमा सहभागी खेलाडी संलग्न रहेको पाइएको छ । 

एक खेलाडीसहित नेपाली चार र विदेशी ६ जना संलग्न रहेको प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआइवी) का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो । विदेशीमा व्यवस्थापकीय भूमिकामा रहेका चार, एक खेलाडी तथा अन्य एक व्यक्ति छन् । 

सिआइवीका अनुसार ती मध्ये दुई जनालाई सोमबार पक्राउ गरी अनुसन्धान थालिएको छ । अन्यको खोजी जारी छ । पक्राउ परेकामा सप्तरीको राजविराजका पूर्व क्रिकेट खेलाडी महबुल आलम र बाराको सिम्रौनगढका क्रिकेट खेलाडी मोहमद आदिल आलम छन् । आदिललाई सप्तरीबाट र महबुबलाई विराटनगरबाट पक्राउ गरी काठमाडौँ ल्याइएको छ । 

गत पुस ९ देखि २७ गतेसम्म कीर्तिपुरस्थित क्रिकेट मैदानमा उक्त प्रतियोगिता भएको थियो । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजना तथा भारतको सेभेन थ्री स्पोर्टस् प्रालिको रणनीतिक तथा व्यवसायीक साझेदारीमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । 

मुख्यतः लिगको प्रतिस्पर्धामा आउने परिणामलाई प्रतिकूल हुने गरी बाजी जिताउने वा हराउने उद्देश्यले खेलको मिलेमतो गरेको पाइएकाले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गतको कसुरमा सिआइवीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका दुवैलाई पाँच दिनको म्याद थप गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको आचार्यले जानकारी दिनुभयो । 

सिआइवीले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व राष्ट्रिय खेलाडी महबुबले दुई नेपाली खेलाडीलाई प्रलोभन देखाई स्पट फिक्सिङको प्रयास गरेको जानकारी दिइयो । 

आदिललाई एउटा ‘नो बल’ र एउटा ‘वाइड बल’ खेल्न भनिएको र उनले दुई खेलमा सोही प्रकृतिको खेल खेलेको पुष्टि भएको सिआइवीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो । 

अर्का नेपाली खेलाडीलाई त्यसैगरी स्पट फिक्सिङ गर्न लगाएको उहाँले बताउनुभयो । उनीहरु पक्राउ नपरेकाले बाँकी आठ जनाको नाम खुलाइएको छैन । एक विदेशी खेलाडीलाई खेलको व्यवस्थापन समुहबाटै लोभ देखाएर फिक्सिङको प्रस्ताव गरेको भेटिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

“एउटा टोलीका व्यवस्थापकको निर्देशनमा विदेशी खेलाडीले एक इनिङ (पारी) मा निर्धारित रन मात्रै बनाइ स्पट फिक्सिङ गरेको पाइएको छ । केही फ्रेन्चाइज टोलीको आर्थिक र खेलाडीको पारिश्रमिकको श्रोत पनि खुलेको छैन”, उहाँले भन्नुभयो । उक्त घटनाको अनुसन्धानका लागि सिआइवीका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको थियो । 

समितिको अनुसन्धानपछि आज विवरण सार्वजनिक गरिएको हो । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गत यसरी मिलेमतो गरेको पाइएमा तीन वर्ष कैद र रु ५० हजार जरिवाना गरी सो कसुर गर्दा कुनै रकम लेनदेन गरेको भए उक्त रकम पनि जफत हुने व्यवस्था छ ।


प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १८:३८
प्रतिक्रिया दिनुहोस्
थप अपराध
नौबस्ता कारागारबाट भाएका कैदी नियन्त्रणमा,४ लाखको सामाग्री बरामद
नौबस्ता कारागारबाट भाएका कैदी नियन्त्रणमा,४ लाखको सामाग्री बरामद मंगलबार, कात्तिक १२, २०८२
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
भर्खरै
नौबस्ता कारागारबाट भाएका कैदी नियन्त्रणमा,४ लाखको सामाग्री बरामद
नौबस्ता कारागारबाट भाएका कैदी नियन्त्रणमा,४ लाखको सामाग्री बरामद
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
लोकप्रीय
  • Week
  • Month
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्