Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • आकांक्षी बढी भएपछि मधेसमा संसदीय दलको नेता छान्न सकस
आकांक्षी बढी भएपछि मधेसमा संसदीय दलको नेता छान्न सकस
नेपालकागज
नेपालकागज बुधबार, पुस १३, २०७९

राजु विश्वकर्मा, जनकपुरधाम । संसदीय दलको नेता बन्न आकांक्षी बढी भएपछि राजनीतिक दलका नेताहरुलाई मधेस प्रदेशसभामा संसदीय दलको नेता चयन गर्न सकस भएको छ । 

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको करिब डेढ महिना बित्न लाग्दा मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलले आफ्नो संसदीय दलको नेता चयन गर्न सकेका छैनन् । 

मधेस प्रदेशसभामा नयाँ र पुराना गरी विभिन्न १० राजनीतिक दलको प्रतिनिधित्व छ । संसदीय दलको नेता बन्न थुप्रै आकांक्षी भएकाले संसदीय दलको नेता छान्न समस्या भएको नेताहरुले बताउनुभयो । मधेस प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले)मा आकांक्षी बढेकाले दलको नेता छनोट गर्न समस्या भएको नेताहरुले जानकारी दिनुभयो । 

एमालेका नेता तथा प्रदेशसभा सदस्य राजकुमार लेखीले पार्टीभित्र तीन-चारजना आकांक्षी भएकाले दलको नेता कसलाई बनाउनेमा सहमति हुन नसकेको बताउनुभयो । उहाँले अबको एक-दुई दिनभित्रै संसदीय दलको नेता छान्ने गरी पार्टीमा गृहकार्य भइरहेको बताउनुभयो । 

कूल एक सय सात सदस्यीय मधेस प्रदेशसभामा २३ सिट जितेर पहिलो पार्टी बनेको एमालेमा संसदीय दलको नेता बन्न नेता लेखीसहित रामचन्द्र मण्डल, सरोज कुमार यादवलगायत आकांक्षी हुनुहुन्छ । सहमतिमा संसदीय दलको नेता छान्न सकस भएपछि नेपाली कांग्रेसले निर्वाचन प्रक्रिया थालेको छ । 

निर्वाचन प्रक्रियाबाट दलको नेता छान्न नेपाली कांग्रेसले मधेस प्रदेशका पार्टी उपसभापति चन्द्रशेखर यादवको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । कांग्रेस प्रदेश समितिको जनकपुरधाममा बसेको बैठकले उपसभापति यादवको संयोजकत्वमा प्रदेश समितिका महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ र सहमहामन्त्री बिन्दुकुमारी यादव सदस्य रहने गरी तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । 

कांग्रेसको प्रदेश संसदीय दलको विधानको धारा ५ को ३ अनुसार गठन भएको निर्वाचन समितिले संसदीय दलको नेता छान्ने प्रक्रिया सुरु गरेको कांग्रेस मधेस प्रदेशका सभापति कृष्णकुमार यादवले जानकारी दिनुभयो । 

निर्वाचन समितिले सर्वसम्मतिबाट दलको नेता चयन पहल थालेको र सहमति नभए अन्तिममा निर्वाचन प्रक्रियाबाटै चयन गर्ने अध्यक्ष यादवको भनाइ छ । संसदीय दलको नेताका लागि कांग्रेस मधेस प्रदेश समिति सभापति कृष्णकुमार, यादव, सिंह र जनार्दन क्षेत्री आकांक्षी हुनुहुन्छ । 

मधेस प्रदेशसभाका १६ सिटसहित तेस्रो ठूलो दल बनेको जनता समाजवादी पार्टी (जसपा) लाई पनि संसदीय दलको नेता चयन गर्न सकस छ । केन्द्रीय समिकरणअनुसार मधेस प्रदेशको मुख्यमन्त्री पाउने सम्भावना रहेको जसपाभित्र संसदीय दलको नेता बन्न दौडधूप बढेको छ । 

“अहिलेसम्म दलको नेता चयन गर्ने प्रक्रिया सुरु भइसकेको छैन्”, जसपाका नेता तथा प्रदेशसभा सदस्य रामअशिष यादवले भन्नुभयो, “अहिलेसम्म दलको नेता छान्ने कुनै प्रक्रिया सुरु भइसकेको छैन्, कुराकानी जारी रहेकाले हेरौं एक-दुई दिनमा हुन्छ ।” बिहीबार विजयीहरुका लागि सम्मानको कार्यक्रम रहेको र त्यसमा पनि संसदीय दलको नेता छान्ने कुरा उठ्न सक्ने उहाँको भनाइ छ ।

जसपामा संसदीय दलको नेता बन्न मधेस प्रदेशका वर्तमान मुख्यमन्त्री लालबाबु राउत, सरोजकुमार यादव, रामअशिष यादव, मनिषकुमार सुमन लगायतका नेता आकांक्षी देखिनुभएको छ ।     

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले शपथपछि मधेस प्रदेशसभामा संसदीय दलको नेता चयन गर्ने भएको छ । मधेस प्रदेशसभा सचिवालयले यही पुस १५ गते अपराह्न २ बजे शपथ कार्यक्रम तय गरेको छ । 

नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेशसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले प्रदेशसभा सदस्यलाई शपथ गराउने तय भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो । 

माओवादी केन्द्रका नेता एवं मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले शपथपश्चात शनिबार वा आइतबार संसदीय दलको नेता चयन गरिने जानकारी दिनुभयो । “संसदीय दलको नेता चयनका लागि अहिलेसम्म मिति र समय तय भइसकेको छैन्”, माओवादी केन्द्रका निवर्तमान संसदीय दलका नेतासमेत रहनुभएका साहले भन्नुभयो, ‘‘शपथग्रहण सकिएपछि हामी संसदीय दलको नेता चयन गर्छाै ।” 

पार्टीभित्र संसदीय दलको नेतामा बन्न खासै कुनै विवाद वा धेरै आंकाक्षी नरहेकाले सहमतिमै दलको नेता चयन हुने उहाँको भनाइ छ । प्रदेशसभामा माओवादी केन्द्र आठ सिट जितेर छैँटौ दल बनेको छ । यस्तै प्रदेशसभामा सात सिट जितेर सातौँ दल बनेको एकीकृत समाजवादीले पनि प्रदेशसभाको शपथपछि मात्र संसदीय दलको नेता चयन गर्ने जनाएको छ । 

सो पार्टीका नेता तथा प्रदेशसभाका ज्येष्ठ सदस्य न्यौपानेले शुक्रबारको शपथपश्चात पार्टी संसदीय दलको नेता तय हुने जानकारी दिनुभयो । 

प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी कूल एक सय सात सिट रहेको मधेस प्रदेशसभामा एमाले २३, कांग्रेस २२, जनता जसपा १६, जनमत पार्टी १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नौ, माओवादी केन्द्र आठ र एकीकृत समाजवादी सात तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको एक-एक सिट छ । प्रत्यक्षमा छ जना स्वतन्त्र उम्मेदवार पनि जितेका छन् ।

मधेस प्रदेशसभामा पहिलो पटक प्रवेश गर्न लागेको जनमत पार्टीले संसदीय दलको नेता चयन गर्ने जिम्मा पार्टी अध्यक्ष डा सिके राउतलाई दिएको छ । 

सो पार्टीको जनकपुरधाममा बसेको संसदीय दलको बैठकमा सहमति नजुटेपछि दलको नेता छान्ने जिम्मा अध्यक्ष राउतलाई दिने निर्णय गरिएको थियो । 

मधेस प्रदेशसभामा १३ सिटसहित बनेको जनमत पार्टीमा संसदीय दलको नेता बन्न सञ्जय यादव, चन्दन सिंह, बसन्त कुशवाहा, सतिश सिंह, महेश कुमार यादव लगायतका नेता आकांक्षी हुनुहुन्छ ।


प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १६:३७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्