Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • भूकम्पको उच्च जोखिममा बाँके
भूकम्पको उच्च जोखिममा बाँके
नेपालकागज
नेपालकागज शुक्रबार, पुस ८, २०७९

नेपालगन्ज । बाँके भूकम्पको उच्च जोखिममा रहेको पाइएको छ ।  चार सय ८५ वर्षयता पश्चिम नेपालमा ठूलो भूकम्प नगएकाले त्यसको जोखिममा पश्चिम क्षेत्र रहेको बेलायतको डोरमन विश्वविद्यालयले गरेको अध्ययनमा उल्लेख भएको भूकम्पीय विपद् तथा पूर्वतयारी आयोजनाका परामर्शदाता गेहेन्द्र बम बताउनुहुन्छ । 

अध्ययनअनुसार रुकुम क्षेत्रमा सात दशमलव आठ रेक्टर स्केलको भूकम्प गएमा नेपालगञ्जका दुई सय १८ घर पूर्णरुपमा क्षति हुने आँकलन गरिएको छ । 

पश्चिमको कुनै पनि क्षेत्रमा आठ दशमलव छ रेक्टर स्केलको भूकम्प गएमा नेपालगञ्जका तीन हजार घरमा क्षति पुग्न सक्ने प्रक्षेपण गरिएको परामर्शदाता बम बाउनुहुन्छ ।

उमपहानगरपालिकामा मात्रै ११ हजार आठ सय बढी मानिस विपद्को जोखिममा रहेको बताइएको छ । यसबाट सबैभन्दा बढी ज्येष्ठ नागरिक, बालबालिका र अशक्त पीडित हुनेछन् ।  

भूकम्पको जोखिम न्युनीकरणका लागि उपमहानगरपालिका र आसपासका सहरी क्षेत्रमा भूकम्पीय विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि स्थानीय तहलगायत सरोकार भएका संस्थाले योजना निर्माणमा जोड दिनुपर्ने उहाँ बताउनुहुन्छ ।

जोखिम हटाउन उपमहानगरपालिकामा पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण अन्तिम चरणमा रहेको छ । यसअघि विभिन्न आठ क्लष्टर बनएर छलफल गरिएको मस्यौदालाई टुङ्गोमा पुर्‍याउने प्रयास भएको परियोजनाका अधिकृत शिव सुवेदीको भनाइ छ ।

नेपाल रेडकस सोसाइटी, नेपालगञ्ज शाखाका सभापति गोबद्र्धन सिंह भूकम्पीय जोखिमलगायत विपद्को सामाना गर्न स्थानीय सरकारको छुट्टै योजना हुनुपर्नेमा जोड दिनुहुन्छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणको विषय स्थानीय सरकारको प्राथमिकताको विषय भएको उहाँ बताउनुहुन्छ  । 

यसअघि सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले परियोजना अन्तर्गत नेपालगन्जका सङ्काटासन्न क्षेत्रको जिआइएस म्यापिङ गरेको थियो ।


प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  १४:२८
#बाँके
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्