Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • दैलेखमा यस्तो छ चुनावी प्रतिस्पर्धा...
दैलेखमा यस्तो छ चुनावी प्रतिस्पर्धा...
नेपालकागज
नेपालकागज आइतबार, कात्तिक २०, २०७९

शुरबहादुर सिंह/नवीन रिजाल, कर्णाली । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन आउन दुई साता बाँकी छ । 

निर्वाचन नजिकिँदै गर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि क्रियाशील राजनीतिक दलहरूले गाउँ केन्द्रित अभियानलाई तीव्र बनाएका छन् ।

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा मुख्य गरी नेकपा (एमाले) र गठबन्धनका दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी गाउँ केन्द्रित चुनावी अभियानमा जुटेका हुन् । 

विसं २०७४ को सम्पन्न निर्वाचनमा तीन प्रदेशसभामा एमाले र एक प्रदेश निर्वाचन क्षेत्रमा माओवादीले जित हात पारेको थियो । 

प्रदेशसभाको उक्त निर्वाचनमा एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धन रहेको थियो । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा जित हात पारेको एमालेलाई यसपटक निर्वाचनमा पाँचदलीय गठबन्धन चुनौती बन्ने देखिएको छ । 

एमालेलाई यो चुनौती जिल्लाको प्रतिनिधि र प्रदेशसभा दुवै क्षेत्रमा पर्ने देखिन्छ । क्षेत्र नं १ मा पर्ने छवटा स्थानीय तहमध्ये तीन स्थानीय तहमा एमालेले जित हात पारेको छ । 

अन्य दुई स्थानीय तहमा माओवादी केन्द्र र एक स्थानीय तहमा कांग्रेस विजयी भएको छ । स्थानीय तहको मत नतिजालाई केलाउने हो भने यहाँ गठबन्धनभन्दा एमाले करिब नौ हजार तीन सय ९८ मतले पछि देखिन्छ ।

सङ्घीय प्रतिनिधिसभाको लागि एमालेबाट रवीन्द्रराज शर्मा र संयुक्त गठबन्धनबाट एकीकृत समाजवादीका अम्मरबहादुर थापाको उम्मेदवारी छ । 

पाँच दलका साझा उम्मेदवार रहेकाले आफूले जित्ने समाजवादीका उम्मेदवार थापाले जिकिर गर्दै आउनुभएको छ । उसो त एमालेका उम्मेदवार शर्माले एमालेको जनाधार बलियो रहेकाले यो पटक पनि आफू निर्वाचित हुने दाबी गर्नुभएको छ ।

तीन दशक एउटै पार्टीमा रहेर सहकर्मीका रूपमा काम गरेका गठबन्धनका साझा उम्मेदवार थापा र एमालेका शर्माबीचको चुनावी प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ । 

नारायण नगरपालिकामा एमालेभन्दा पाँचदलीय गठबन्धन पछि रहेको छ । स्थानीय तहको मतपरिणामलाई हेर्दा यहाँ एमालेले पाँच हजार चार सय ३६ मत प्राप्त गर्दा गठबन्धन दलहरूले पाँच हजार तीन सय ८२ मत प्राप्त गरेको छ । नौमूले गाउँपालिकामा एमालेभन्दा गठबन्धनका दल झण्डै चार हजार मतले अघि छन् ।

नौमूलेमा सामाजवादी–माओवादी गठबन्धनमा तीन हजार दुई सय मत र कांग्रेसको दुई हजार पाँच सय ४४ मत रहेको छ भने एमालेको एक हजार नौ सय २० मत रहेको छ । 

भगवतीमाई गाउँपालिकामा गठबन्धनका दलहरूको मत पाँच हजार ७६ देखिन्छ । एमालेले स्थानीय तहको निर्वाचनमा भगवतीमाई गाउँपालिकामा एक हजार नौ सय ३३ मत प्राप्त गरेको छ ।

गुराँस गाउँपालिकामा गठबन्धनका दलले चार हजार पाँच सय आठ मत रहेको छ भने एमालेको चार हजार छ सय ८१ रहेको छ । डुङ्गेश्वर गाउँपालिकामा एमालेले तीन हजार चार सय छ मत रहेको छ भने गठबन्धन दलहरूको तीन हजार तीन सय ३६ मत रहेको छ । 

ती स्थानीय तह क्षेत्र नं १ को (१) प्रदेशमा पर्छन् । यो प्रदेशमा गठबन्धन दलका पूर्णबहादुर चालिसे र एमालेका धर्मराज रेग्मीले उम्मेदवारी दिनुभएको छ । यसमा गठबन्धनका चालिसे बलियो देखिनुभएको छ । 

स्थानीय तह निर्वाचनमा महावु गाउँपालिकामा कांग्रेसले दुई हजार नौ सय ७९, समाजवादीले दुई हजार दुई सय ६८ र एमालेले दुई हजार पाँच सय १९ मत प्राप्त गरेको छ । क्षेत्र नं १ को (२) प्रदेशमा ती स्थानीय तह पर्छन् । यो प्रदेशसभाका लागि एमालेबाट प्रेमबहादुर थापा र गठबन्धनबाट कृष्णकुमार बिसीले उम्मेदवारी दिनुभएको छ । 

क्षेत्र नं २ मा पाँच स्थानीय तह पर्दछन् । चार स्थानीय तहमा कांग्रेसले जितेको छ भने आठबीस नगरपालिकामा मात्र एमालेले जित हात पारेको छ । विसं २०६४ बाट सङ्घीय निर्वाचनमा पराजित नभएको एमालेलाई अहिले पाँचदलीय गठबन्धन भारी पर्नेे देखिन्छ । 

स्थानीय निर्वाचनमा दलहरूले पाएका मत केदाउँदा एमाले गठबन्धनका दलभन्दा तीन हजार आठ सय पाँच मतले पछि देखिन्छ । गठबन्धन दलबाट कांग्रेसका दिक्पाल शाही र एमालेका लक्ष्मीप्रसाद पोखरेलले सङ्घीय प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुभएको छ । 

स्थानीय तहको निर्वाचनमा चामुण्डा विन्द्रासैनी नगरपालिकामा गठबन्धनका दलले चार हजार चार सय पाँच मत प्राप्त गरेका छन् भने एमालेले तीन हजार नौ सय ९२ मत प्राप्त गरेको छ । 

दुल्लु नगरपालिकामा गठबन्धनका दलले सात हजार नौ सय एक मत प्राप्त गरेका छन् एमालेले सात हजार एक सय ६० मत पाएको छ । 

भैरवी गाउँपालिकामा गठबन्धनका दलको अलग–अलग मतको नतिजालाई हेर्दा कांग्रेस र माओवादीभन्दा एमाले एक हजार चार सय १० मतले पछि देखिन्छ । 

कांग्रेसले स्थानीय तहका निर्वाचनमा तीन हजार नौ सय ७६ मत प्राप्त गरेको छ । माओवादीले एक हजार तीन सय ९३ मत प्राप्त गरेको छ । एमालेले तीन हजार नौ सय ६० मत प्राप्त गरेको देखिन्छ ।

क्षेत्र नं २ (१)  प्रदेशसभाका लागि गठबन्धन दलबाट घनश्याम भण्डारी र एमालेका तिलक रिजालले उम्मेदवारी दिनुभएको छ । 
 
यस्तै ठाँटिकाध गाउँपालिकामा कांग्रेसका उम्मेदवारले दुई हजार पाँच सय ७१, माओवादी केन्द्रले एक हजार छ सय १७ मत प्राप्त गरेको छ भने एमालेले दुई हजार छ सय ९५ मत प्राप्त गरेको छ । 

स्थानीय तह निर्वाचनमा एमालेले जित हात पारेको छ । क्षेत्र नं २ को (२) प्रदेशमा यी स्थानीय निकाय पर्छन् । यो प्रदेशसभाका लागि एमालेका विनोदकुमार शाह र गठबन्धन दलबाट योगेन्द्र शाहीले उम्मेदवारी दिनुभएको छ । 

विश्लेषक पिताम्बर ढकाल स्थानीय तहको मतसङ्ख्यालाई मात्र प्रतिनिधि तथा प्रदेशसभा सदस्य जितको आधार बनाउने हो त्यसले परिणाम फरक आउने देखिन्छ । “यसमा पार्टीको विरासत र व्यक्तिको व्यक्तित्व दुवै मिलेको हुनुपर्दछ”, उहाँले भन्नुभयो, “सूचना र प्रविधिको तीव्र विकास भइरहेको बेला विगतको जस्तो चुनावी शैली सम्झिने गुल्टिन सक्छन् ।”

बुद्धिजीवी छवि सुवेदीले वाम–लोकतान्त्रिक गठबन्धन विगतको गठबन्धनभन्दा सैद्धान्तिक हिसाबले फरक हुँदा केही अन्तराल देखिएको बताउनुभयो । 

“गठबन्धनभित्र इमान्दारिता नभए त्यसको परिणाम फरक आउने यद्यपि २५ प्रतिशतले बदमासी गरे पनि जित गठबन्धनको पोल्टामा पर्ने अनुमान गर्न सकिन्छ”, उहाँले भन्नुभयो । 

जिल्लामा लामो समय समाज सेवामा समय दिँदै आउनुभएका थिरबहादुर कार्कीले अहिलेको चुनाव रोचक हुने बताउनुभयो । 
उहाँले विगतको निरन्तरतालाई क्रमभङ्ग गरेर यसपालि दैलेखको नतिजा फरक आउने प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार स्थानीय तहमा पार्टीले प्राप्त गरेको मतसङ्ख्या जितको प्रमुख आधार बन्न सक्दैन ।


प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १०:२८
#दैलेख #निर्वाचन
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्