Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • मिस्टर एन्ड मिस थारूलाई रा.प्र.पा नेता विनय रावलद्वारा सम्मान र सहयोग 
मिस्टर एन्ड मिस थारूलाई रा.प्र.पा नेता विनय रावलद्वारा सम्मान र सहयोग 
अनोज थारु
अनोज थारु बुधबार, भदौ २९, २०७९

मिस्टर एन्ड मिस थारूलाई रा.प्र.पा नेता विनय रावलद्वारा सम्मान र सहयोग 

बर्दिया । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विनय रावलले मिस्टर एण्ड मिस थारूलाई सम्मान गर्नुभएको छ । मिस्टर थारूको उपाधि जित्न सफल लाल बहादुर रत्गैया र मिस थारूको उपाधि जित्न सफल अस्मिता राजवंशीसँग नेता रावलले भेट गर्दै थारू समुदाय र थारू समुदायका कला संस्कृतिको उत्थान, संरक्षण र जगेर्ना गर्न आफू सँधै निरन्तर लागिरहने बताउनुभयो ।

रा.प्र.पा नेता रावलले ‘मिस्टर एन्ड मिस थारू २०२२’ उपाधिका विजेता लालबहादुर रत्गैया र अस्मिता राजवंशी चौधरीलाई भेटेरै सम्मान गर्नुभएको हो ।

उक्त भेटघाट तथा सम्मान कार्यक्रममा समाजसेवी नेता रावललाई "मास्टर इन बिजनेस स्टडी" गरिरहनुभएकी अस्मिता राजवंशी चौधरीले अझै अगाडिको अध्ययन गर्न कामको आवश्यकता रहेको जानकारी गराउनुभएको थियो ।

नेता रावलले मिस थारू २०२२ अस्मिता राजवंशी चौधरीलाई काम खोजेर रोजगारी दिलाउने वचन दिँदै आफ्नो अध्ययनलाई निरन्तरता दिन अनुरोध गर्नुभएको थियो ।     

बर्दियाका लालबहादुर रत्गैया र अस्मिता चौधरीले रा.प्र.पा नेता रावलसँग आफूले गर्नु परेको संघर्ष र समस्याको बारेमा जानकारी गराएका थिए ।

एकदमै विपन्न परिवारबाट आएका लालबहादुर रत्गैयाले आफ्नो सङ्घर्षका कुरा गरेपछि भावुक हुनुभएका नेता रावलले लालबहादुर रत्गैयालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै थारू कला, संस्कृति प्रवर्द्धनका लागि र समग्र थारू समुदायको उत्थान र समृद्धिका लागि आफूले आजकै मितिबाट काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

आफ्नै व्यवसाय गरेर बस्नुभएका मिस्टर थारू रत्गैयाले संघर्ष गर्दै बाख्रा, सुँगुर तथा कुखुरा पालन गर्दै स्वरोजगार बनेको बताएपछि युवा नेता रावलले भावुक हुँदै भूमिपुत्र थारू समुदायलाई सदियौँ देखी हुँदै आएको शोषण दमन र सामन्ती प्रवित्ति प्रति दुःख व्यक्त गर्दै थारू समुदायलाई नै समेटेर "बेटर एण्ड ब्राइटर बर्दिया"को योजना बनाएको र यो अवधारणा तथा योजनालाई सफल बनाउने अभियानमा लागि पर्ने र यो अभियानमा सम्पूर्ण भूमिपुत्र थारूलाई लाग्न आग्रह गर्नुभयो ।    

आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस थारू २०२२’ उपाधिका लागि देशभरबाट थारू पुरुष र महिलाहरू बिच प्रतिस्पर्धा भएको थियो । ‘मिस्टर एन्ड मिस थारु २०२२’ उपाधिका विजेता लालबहादुर रत्गैया र अस्मिता राजवंशी चौधरीले चौथो संस्करणको मिस्टर एण्ड मिस थारूको उपाधि जित्न सफल हुनुभएको हो ।   


प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १३:५४
#समाजसेवा
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्