Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आरजु दिदी र किशोर दाइलाई बर्दियाको चुनावी मैदानमा सामना गर्न तयार छु : नेता विनय रावल
आरजु दिदी र किशोर दाइलाई बर्दियाको चुनावी मैदानमा सामना गर्न तयार छु : नेता विनय रावल
हरि गुरुङ
हरि गुरुङ शनिबार, भदौ ११, २०७९

आरजु दिदी र किशोर दाइलाई बर्दियाको चुनावी मैदानमा सामना गर्न तयार छु : नेता विनय रावल

बर्दिया । राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता विनय रावलले प्रधानमन्त्री शेर बहादुर देउवा पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा. आरजु राणा देउवा र नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरलाई बर्दियाको चुनावी मैदानमा सामना गर्न तयार रहेको उद्घोष गर्नुभएको छ । 

प्रतिनिधिसभातर्फ बर्दियाको २ नम्बर क्षेत्रमा प्रतिनिधिसभा सदस्यको लागि नेता रावलले राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेद्वारी घोषणा गरिसक्नुभएको छ । 

बर्दियाको २ नम्बर क्षेत्रबाट नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौर वा कांग्रेस नेत्री आरजु राणा देउवा उठ्नसक्ने सम्भावना रहेको बर्दिया कांग्रेसका नेताहरूले इंगित गरेपछि समाजसेवी समेत रहनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता विनय रावलले सामाजिक सञ्जाल मार्फत चुनावी मैदानमा सामना गर्न तयार रहेको बताउनुभएको हो । 
 
नेता रावलले नेपाल कागजसँग यस विषयलाई थप् स्पष्ट पार्दै आफूले बर्दियाको विकास गर्न, समृद्ध बर्दियाको अवधारणा अगाडि सारेको बताउनुभयो ।

उहाँले बर्दियाको कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यमा बर्दियालाई स्वावलम्बी बनाउन आफूले सारेको "बेटर एन्ड ब्राइटर बर्दिया"को "भिजन" (दृष्‍टिकोण) तथा अवधारणालाई उचित गन्तव्यमा पुर्‍याउन जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, "पुरानै नेताको पुरानै बाचामा बर्दियालाई हिँडाउनेकी ? अब एक पटक नयाँ नेतृत्व, नयाँ सोच र नयाँ बर्दियाको सपना बोकेको ब्यक्तिलाई मौका दिएर हेर्ने ? म एउटा सामान्य समाजसेवी भएर गरेका कामलाई हेर्नुहोस् र दशकौँ देखी बर्दियामा पार्टीमा एक छत्र राज गरेर इमानदार तथा पार्टी प्रति बफादार भएर लागेका तमाम सादगीपूर्ण जीवन बाँचेका नेता तथा कार्यकर्तालाई कहिल्यै अगाडि बढ्न नदिएर पन्छ्याएर सँधै शक्ति र सत्तामा हालिमुहाली गरेकाहरूले गरेको कामलाई हेर्नुहोस् । जब म एउटा ब्यक्तिले बर्दियाली जनताको सेवामा थोरै भएपनि योगदान गर्नसक्छु भने, आज सम्म बर्दियाको तर्फबाट केन्द्रमा गएर शक्तिमा पहुँच राख्नेले के योगदान गरे मलाई तपाइ आफै भन्नुहोस् ?"

नेता रावलले जस्तोसुकै चुनौती, समस्या, षड्यन्त्र भए पनि बर्दियाको दिगो विकासका लागि बर्दियाली जनताले उचित प्रतिनिधि छान्नेछन् भन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, "बर्दियाको विकास, बर्दियालीका जीवनस्तरमा समानुपातिक गुणस्तरीय परिवर्तन ल्याउन नेपाली कांग्रेसका सहमहामन्त्री मेरा आदरणीय दाजु किशोर सिंह राठौर मात्र होइन प्रधानमन्त्री पत्नी, कांग्रेस नेत्री आदरणीय दिज्यू डा. आरजु राणा देउवासँग पनि चुनावी मैदानमा सामना गर्न तयार छु ।"

उहाँले "बेटर एन्ड ब्राइटर बर्दिया"को "भिजन" (दृष्‍टिकोण) तथा अवधारणालाई सम्भव तुल्याउन जस्तोसुकै कठोर परिश्रम तथा त्याग गर्न आफू तयार रहेको बताउनुभयो । 


प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  २१:०५
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्