Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • दाङमा सहाराविहीनको सहारा बन्दै वृद्धाश्रम
दाङमा सहाराविहीनको सहारा बन्दै वृद्धाश्रम
नेपालकागज
नेपालकागज सोमबार, भदौ ६, २०७९

रञ्जिता अधिकारी, दाङ । तल सेवार खोला बगिरहेको छ । खोलाकोमाथि डिलमा ठूलो गेट छ । मूल गेटमा लेखिएको छ : ज्येष्ठ नागरिक सरोकार केन्द्रद्वारा सञ्चालित द्रोपदाकुमारी लोहनी लक्ष्मीनारायण वृद्धाश्रम । मूल गेटबाटभित्र पसेपछि शान्त र आनन्ददायी वातावरणमा पुगे झैँ लाग्छ । थरीथरिका फलफूलका बिरुवा र देवदेवीका मन्दिर देखिन्छन् । 

दाङको घोराही उपमहानगरपालिका–१६ तेरौटेको वृद्धाश्रममा अहिले १८ वृद्धवृद्धा छन् । नौ महिला र नौ  पुरुष । उनीहरूको लालनपालन, रेखदेख, स्याहारसुसार र स्वास्थ्य उपचारको व्यवस्था वृद्धाश्रमले गरिरहेको छ । वृद्धाश्रममा बस्ने अधिकांश परिवारविहीन र सहाराविहीन छन् । 

प्यूठानको खलङ्गा घर भएकी ७९ वर्षीया दिलकुमारी क्षेत्री १० वर्षदेखि वृद्धाश्रममा बस्दै आउनुभएको छ । अहिले उहाँको शरीर कमजोर भएको छ । श्रीमान् हुँदासम्म कुनै कुराको समस्या थिएन । श्रीमान्को कमाइबाट घर चलेको थियो । श्रीमान्को मृत्युपछि पनि उहाँलाई पेन्सन आउँछ । घर खर्चलाई पैसा छ । तर शरीरमा भएको तागत घट्दै गयो । घरको आँगन बिरानो हुन थाल्यो । 

एक्लो भएपछि गाउँलेको सहायताबाट वृद्धाश्रममा आएको उहाँको भनाइ छ । “यहाँ आफ्नै उमेरका साथी भेटिएका छन् । कुराकानी गर्ने, मन भुलाउने बाटो भएकाले खुसी छु”, उहाँ भन्नुहुन्छ  ।  


घोराही उपमहानगरपालिका–१३ कलमघारीका ७४ वर्षीय श्रीधर सुनार पनि सोही आश्रममा एक वर्षदेखि बस्दै आउनुभएको छ । खुट्टाको समस्याले उहाँ बैसाखीको सहाराले भित्र बाहिर गर्नुहुन्छ । उहाँका आँखामा मोतीबिन्दु भएको थियो । गएको असार चार गते शल्यक्रिया गरेर आँखाले देख्न सक्ने भएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “छोराछोरी छैनन् । श्रीमतीको मृत्यु भयो । काम गर्न सक्ने हुँदासम्म घरमा एक्लै गाईबाख्रा पालेर बसियो ।” 

उहाँले काम गर्न नसकेर थला पर्ने अवस्था आएपछि घरमा भएका गाईवस्तु पनि बिक्री गर्नुभयो । सानो झुपडी घर थियो । त्यो गाउँलेलाई हेरिदिन आग्रह गरेर आश्रय लिन आएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार, घरको याद गरेर मन दुखाउनुभन्दा वृद्धाश्रमका दाजुभाइसँग भलाकुसारी गरेर दिन बिताउन सजिलो भएको छ ।

रोल्पाको जुरमसिना घर भएकी ७५ वर्षीया रामकली क्षेत्री पनि सोही वृद्धाश्रममा बस्नुहुन्छ । उहाँ बस्न थालेको डेढवर्ष भयो । पाँच छोराछोरी जन्मेका थिए तर पखाला लागेर चार जना मरे । एक छोरी मात्र बाँचिन् । श्रीमान्को मृत्यु भयो । भन्नु हुन्छ, “धनसम्पत्ति खासै थिएन । दुःखसुख गरेर छोरी हुर्काएँ । ठूली भएपछि रोल्पाकै गाउँमा बिहे गरिदिएँ ।” अहिले छोरीले सोधखोज नगरेको उहाँको भनाइ छ । 

“भन्छन् नि, बाबुआमाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामुढामाथि भने झैँ भयो,” आँखाभरिका आँसु पुछ्दै रामकली भन्नुहुन्छ, “अहिलेसम्म ठूलो रोग केही लागेको छैन । कहिलेकाहीँ ग्यास्ट्रिकले सताउँछ ।” तैपनि उहाँलाई आश्रमको बसाइँ राम्रो भएको छ । भन्नुहुन्छ, “आफूजस्तै दिदीबहिनीसँग कुराकानी गर्न पाइएको छ । शान्त वातावरणमा बस्ने व्यवस्था छ । मन भुलेको छ ।” 

ज्येष्ठ नागरिक सरोकार केन्द्रका सचिव हीरा शाहका अनुसार ६० जना दाताको सहयोगमा अक्षय कोष स्थापना भएको छ । दाताले पाँच हजारदेखि पाँच लाख रुपैयाँसम्म दिएको शाहले बताउनुभयो । 

शाह भन्नुहुन्छ, “प्यूठान, रोल्पा र सल्यानबाट सहाराविहीन ज्येष्ठ नागरिक आउनुभएको छ । जुम्लाबाट पनि एक जना पुरुष आउनुभएको थियो । २०७८ चैत महिनामा बित्नुभयो ।” 

घोराही उपमहानगरपालिका– १५ का मधुसुदन र मोनिका जोशीले पितामाता कोमानन्द र गिराको स्मृतिमा एक लाख एघार हजार एक सय ११ रूपैयाँको अक्षय कोष स्थापना गर्नुभएको केन्द्रका कोषाध्यक्ष श्यामप्रकाश आचार्यले जानकारी दिनुभयो । 

सम्बन्धित वडा कार्यालयको सिफारिसमा आश्रममा राख्ने गरेको शाह बताउनुहुन्छ । भन्नुहुन्छ, “पहिलो प्राथिमकता असहायलाई दिने गरेका छौँ ।” घोराहीका समाजसेवी खगराज लोहनीले तीन बिघा जमिन दान गरेर ज्येष्ठ नागरिक सरोकार केन्द्र स्थापना गर्नुभएको हो । 

केन्द्रको कार्यसमिति अध्यक्ष भूपाल गिरी आश्रममा वृद्धवृद्धाको सेवाका लागि पाँच जना कर्मचारी राखिएको बताउनुहुन्छ ।  वृद्धवृद्धाको खानपानमा मासिक रु ५० हजार खर्च भइरहेको छ । 

आफ्नै तीन बिघा जमिनबाट आउने अन्नपात र दाताको सहयोगबाट आश्रम चलिरहेको छ । केन्द्रमा ६० वर्ष उमेर पुगेका असहाय तथा परिवारविहीन ज्येष्ठ नागरिकलाई प्रक्रिया पुर्‍याएर आश्रममा आश्रय दिने गरिएको छ । 

धेरैजसोले आफैँ खाना खाने र सरसफाइ गर्नुहुन्छ । एक जना अशक्तले आफ्नो काम आफैँ गर्न सक्नुहुन्न । उहाँको स्याहार गर्नुपर्छ । पक्षघात भएका दुई र बाथका रोगी एक जना हुनुहुन्छ । 

घोराही उपमहानगरपालिकाले आश्रममा दैनिक स्वास्थ्यकर्मी पठाउने गरेको छ । सबै औषधि निःशुल्क दिने व्यवस्था पनि गरेको बताइएको छ । 

“जतिसुकै सुखसुविधा भए पनि जिन्दगी केही होइन रहेछ । जे आफुसँग छ, त्यसैमा सन्तोष हुनुपर्ने रहेछ । विलासिता भन्दा आवश्यकतामा जानुपर्ने रहेछ”, उहाँ भन्नुहुन्छ । 

उपमहानगरपालिकाले आश्रम सञ्चालनमा सहयोग गर्दै आएको पालिकाको महिला, बालबालिका तथा सामाजिक विकास अधिकृत मोतीकुमारी विश्वकर्मा बताउनुहुन्छ । 

उहाँका अनुसार, स्वास्थ्य शाखाले स्वास्थ्यमा सहयोग गरेको छ भने महिला, बालबालिका तथा सामाजिक विकास शाखाले न्यानो कपडा वितरण तथा खाद्यान्नमा सहयोग गर्दै आएको छ ।

पछिल्लो समयका मानिस एकल परिवारमा रमाउने संस्कारको विकासले वृद्धवृद्धा हेलामा पर्ने गरेको विश्वकर्माको भनाइ छ । दाङमा हाल घोराहीको तेरौटे, देउखुरीको सुनडवरी र तुलसीपुर गरी तीन स्थानमा वृद्धाश्रम खोलिएका छन् ।


प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  १५:१०
#समाजसेवा
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्