Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • निर्दाेषलाई लागूऔषधमा फसाउने एसपी ऋषिराम कँडेल, एसपी र अध्यक्षको भूमिका 'शंकास्पद'
निर्दाेषलाई लागूऔषधमा फसाउने एसपी ऋषिराम कँडेल, एसपी र अध्यक्षको भूमिका 'शंकास्पद'
नेपालकागज
नेपालकागज बुधबार, साउन १८, २०७९

काठमाडौँ । निर्दाेषलाई लागूऔषधमा फसाउने एसपी ऋषिराम कँडेलमाथी भएको छानबिनले व्यक्तिगत प्रतिशोधमा दुई भारतीय युवालाई लागुऔषध मुद्दामा ‘फसाएको’ निष्कर्ष निकालेको छ ।

पश्चिम नवलपरासीमा एसपी ऋषिराम कँडेल र पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताको योजनामा सुनियोजित रूपमा दुई युवकसँग लागुऔषध बरामद भएको भनेर नक्कली मुद्दा चलाइएको नेपाल प्रहरीको आन्तरिक छनबिनमा देखिएको हो ।

कसरी आयो घटाना बाहिर ?

गत २२ असारमा पश्चिम नवलपरासी प्रहरीले कबाडीको व्यापार गर्ने भारतीय युवाहरुलाई लागूऔषध सहित पक्राउ गर्‍यो । 

सोही दिन जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई पक्राउ गरेको थियो । 

उनीहरूसँग दुई सय ७० सेट डाइजेपाम, नुर्फिन र फेनारगन लागुऔषध बरामद भएको प्रहरीले प्रेस रिलिजमा जनाएको थियो । 

तर,स्थानीय नागरिक अगुवा, ब्यबसायी लगायत परिवारले घटाना शंकास्पद भएको भन्दै प्रहरी प्रधान कार्यालयमा निबेदन दिएका थिए । प्रहरी प्रधान कार्यालयले सो घटनाको आन्तरिक अनुसन्धान सुरु गरेको थियो । त्यस्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालयले समेत अनुसन्धान गरिरहेको छ ।

यता प्रहरीकै आन्तरिक छानबिनले व्यक्तिगत रिसइबीको प्रतिशोधमा प्रहरीले दुई भारतीय युवालाई लागुऔषध मुद्दामा ‘फसाएको’ निष्कर्ष निकालेको छ । 

पश्चिम नवलपरासीमा प्रहरीले सुनियोजित रूपमा दुई युवकसँग लागुऔषध बरामद भएको भनेर नक्कली मुद्दा चलाएको छानबिनबाट खुलेको हो । छानबिनको क्रममा एसपी ऋषिराम कँडेल र पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताको भूमिका शंकास्पद देखिएको छ ।

अहिले आफै फस्ने वातावरण बनेपछि एसपी कँडेल घटनालाई सामसुम पार्न पत्रकार, नेता तथा हाकिमहरुसँग घटनामा आफू संलग्न नभएको भन्दै दाबी गरिरहेका छन । 

पक्राउ परेका दुवै युवक २७ दिनदेखि प्रहरी हिरासतमा छन् । निर्दाेषलाई फसाइएको भन्दै स्थानीयले संलग्न प्रहरी अधिकारीलाई कारबाहीको माग गरेका छन् । 


प्रहरीको आन्तरिक अनुसन्धानमा सुनियोजित रूपमा उनीहरूलाई लागुऔषध मुद्दामा फसाइएको देखिएको एसपीको भुमिका 'शंकास्पद' रहेको प्रहरी प्रधान कार्यालयका एक एसएसपीले नाम नखोल्ने शर्तमा नेपाल कागजलाई बताउनुभयो । 

यता पीडितका परिवारले नक्कली मुद्दामा फसाइएको भन्दै निष्पक्ष छानबिनका लागि विभिन्न निकायमा आग्रह गरेपछि यसमा पुनः छानबिन सुरु भएको छ । 

निर्दाेषलार्ई फसाइएको उजुरीपछि प्रहरी प्रधान कार्यालयले जिल्लामा विशेष टोली पठाएर छानबिन गरिरहेको छ । 

पक्राउ परेका भारतीय नागरिक गुप्ता कवाडीको व्यापारमा आबद्ध व्यक्ति हुन् जो नेपालमा बस्दै आएका छन । 

प्रहरीको आन्तरिक छनबिनमा भारतीय नागरिक गुप्ता र पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुबीच विगतमा व्यावसायिक सहकार्य रहेको देखिएको छ । 

पछिल्लो समय आफूसँग व्यापार नगरे फसाइदिने धम्की रामालाई दिँदै आएको भन्ने कुरा पनि खुल्न आएको छ । 

पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुले एसपी ऋषिराम कँडेललाई प्रभावमा पारेर योजनाबद्ध रूपमा प्रहरी प्रयोग गरी लागुऔषध मुद्दामा फसाएको छानबिनमा खुलेको छ । 

यसरी पक्राउ गरिएको थियो ? 

पछिल्लो समय एक युवकले कवाडीका सामान सस्तोमा दिने भन्दै रामालाई पटक–पटक फोन गरेका थिए । त्यसैका लागि उनी मोटरसाइकलमा रामग्राम नगरपालिकाको पिपरहिया पुगेका थिए । 

बेलुकाको समयमा लामो समय कुर्दा पनि नआएपछि उनीहरू फर्कँदै थिए, र फेरि बोलाइएको थियो । जहाँ भेट्न बोलाइएको थियो, त्यहाँ लागुऔषध राखेर तत्कालै प्रहरी बोलाएर पक्राउ गरिएको थियो । प्रहरीलाई पहिले नै तयारी अवस्थामा राखिएको थियो । 

गुप्तालाई भेट्न बोलाउने व्यक्ति रघुनाथ धोबी थिए । रघुनाथ धोबी पुर्व प्रहरी कर्मचारी हुन भने पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसादका हालका (दाहिने हात) सहयोगी हुन् । 

गाउँपालिकाका अध्यक्षले नै उनलाई त्यसरी त्यो काममा खटाएको र प्रहरीलाई आफ्नो प्रभावमा पारेको स्रोतको भनाइ छ । 

छानबिनमा आबद्ध एक प्रहरी अधिकारीका अनुसार गाउँपालिका अध्यक्ष गुप्ता र एसपी ऋषिराम कँडेलबीच विगतदेखि नै निकटतम सम्बन्ध रहेको छ । नाम नचाप्ने शर्तमा ती अधिकारीले भन्नुभयो, ‘उहाँ इन्स्पेक्टर हुँदा नवलपरासी बस्नुभएको रहेछ, त्यतिवेलादेखि नै दुईजनाबीच निकटता देखियो । त्यही सम्बन्धलाई दुरुपयोग गरी दुई युवकलाई लागुऔषध मुद्दामा फसाइएको छ ।

यता यो घटनामा एसपी ऋषिराम कँडेललाई बचाउन प्रहरीकै कनिष्ठ अधिकारी तथा सादा पोशाकका प्रहरेलाई बलिको बोका बनाउन सक्ने सम्भावना रहेको छ ।

एसपी बचाउन अन्यलाई कारबाही गर्ने तयारी रहेको स्रोतको आँकलन छ । 


त्यस्त एसपी, गाउँपालिका अध्यक्ष र पूर्वप्रहरी धोबीबीच पटक–पटक कुराकानीसमेत भएको अनुसन्धानमा खुलेको छ । साथै पक्राउ परेका व्यक्तिहरूको मोबाइल जाँचबाट समेत कवाडीका सामान लिन आउन आग्रह गर्दै धोबीले धेरैपटक फोन गरेकोसमेत पुष्टि भएको छ । 

गाउँपालिका अध्यक्ष र एसपी बचाउन हाल पूर्वप्रहरी धोबीलाई फरार बनाइएको स्रोत बताउँछ । 

हामीले एसपी कँडेलसँग प्रतिक्रिया माग्दा उहाँले भन्नुभयो "घटनाको विषय छनबिनको क्रममा रहेकाले म बोल्न मिल्दैन । मेरो नाम जोडिएर आएकोमा म आफै अचम्मित छु । कसैले ती ब्यक्तिहरुलाई फसाउन प्रहरीलाई प्रयोग गरेको होकी त्यो पनि त छनबिनको विषय हो । सम्पूर्ण कुरा छनबिन समितिको अनुसन्धानपछी छर्लङ्ग हुनेछ ।"

घटनाको विषयमा प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी नलप्रसाद उपाध्यायले नेपालकागजसँग भन्नुभयो, "प्रहरीको गल्ती प्रमाणित भएमा उनीहरूलाई पनि कारबाही हुन्छ । पहिला छनबिन हुन दिनुहोस । गल्ती गर्नेलाई बिभागीय कारबाही हुन्छ ।"


प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १६:३३
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्